गोरखा समाचारदाता
कार्तिक २६ गते । आज देखि हरेक सर्वसाधारणका घरमा मतदाता शिक्षा कार्यकर्ता जाँदैछन् । आसन्न प्रतिनिधी तथा प्रदेश सभालाई लक्षित गरेर शुक्रबारबाट शुरु भएको तालिम सकिएसँगै उनीहरु गाउँ हिडेका हुन् । पहिलो चरणको निर्वाचनमा र्शीष नेता रोचक चुनावी प्रतिस्पर्धा रहेका गोरखामा मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी रुप अगाडी बढाउने योजनाका साथ तालिम सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी नारायण प्रसाद सापकोटाले जानकारी दिए । ‘हामीले ढिलै भए पनि तालिम सम्प न्न गरेर उहाँहरुलाई फिल्डमा पठाएका छौ, अब उहाँहरु हरेक मतदाताको घरमा पुगेर भोट हाल्ने कुरा सिकाउनुहुन्छ’ उनले भने । भौगोलिक रुपमा विकट मानिन गोरखा जिल्लाका उत्तरी भेगका १८२ जनालाई शुक्रबार तालिम बिदाई गरिएको थियो भने बाँकी तल्लो भेगमा जाने मतदाता शिक्षा कार्यकतालाई पनि शनिवार कार्य क्षेत्रमा पठाईएको छ ।

२८२ मतदान केन्द्र रहेको गोरखाका सामाजिक परिचालक, सामुदायिक विद्यालयका शिक्षक र केही महिला स्वास्थ्य स्वम्सेविकाहरुबाट छनोट भएका २८२ जनालाई हरेक मतदान केन्द्रमा एक जनाका दरले खटाईएको छ । तालिममा मतदान किन गर्ने, मत संकेत कसरी गर्ने, के गर्दा मत बदर हुन्छ, मतदान गर्न कहिले र कहाँ जानुपर्छ, मतदान गर्ने दिन र समयका बारेमा मतदाता शिक्षा कार्यकताले हरेक मतदाताको घर÷घरमा पुगेर जानकारी गराउँनु पर्नेछ । त्यसको लागि आवश्यक पम्पेल्ट, नमूना मतपत्र लगायतका आवश्यक सामाग्री सहित पठाईने प्रशिक्षक मोहन बिष्टले बताए ‘उहाँहरुको मुख्य काम मतदान कसरी गर्ने भनेर आम मतदातालाई सिकाउनु हो त्यसको लागि आवश्यक सामाग्री सहित फिल्डमा पठाउँछौ’ उनले भने ‘त्यसले बढि भन्दा बढि मतदातालाई निर्वाचनमा सहभागी गराउन मद्दत पुगोस् भन्ने हाम्रो विश्वास हो ।’

गोरखाका मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले हरेक मतदाताका घरमा पुगेर आवश्यक सुचना र जानकारी दिन मतदाता शिक्षा कार्यकताहरुलाई निर्देशन दिएका छन् । ‘निर्वाचन आयोगले भने अनुसार उहाँहरुले जनतालाई जागरुक बनाउनु हुन्छ, जसले गर्छ मतदान उत्साह पुर्वक सम्पन्न हुनेछ’ उनले भने । भौगोलिक रुपमा विकट रहेको गोरखाका उत्तरी क्षेत्रमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न निकै चुनौति रहेको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले आफूले पाएको जिम्मेवारी पुुर्ण रुपमा बहन आग्रह गरे । शर्मा भन्छन् ‘भोट हाल्न नजानेकाहरु सिकाऊ उहाँहरुलाई हामी पठाउँदैछौ, गाउँमा गएर उहाँ सिकाउनु भयो भने नै मतदाता भोट हाल्न आउँछन् त्यसैले उहाँहरुले घरघरमा गएर मतदाताहरु शिक्षा दिनुहुन्छ ।’ उत्तरी गोरखामा भने मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुने सरोकारवालाको चिन्ता छ । भौगोलिक रुपमा पनि बिकट उक्त क्षेत्र मतदाता शिक्षा कार्यकता पुग्न झण्डै १ हप्ता लाग्छ । एउटा गाउँ अर्को गाउँ सम्म जान पनि घण्टौ लाग्ने गर्छ । अधिकाशं अशिक्षित मानिसहरुको बसोबास रहेको त्यहाँ मतदाता शिक्षा सबै भन्दा जरुरी छ ।


