कैलाबसावु श्रेष्ठ/गोरखा
कार्तिक २४ गते । गोरखा अस्पतालमा केही समय देखी उपचार गराई रहेकी एक वेवारीसे महिलाको मानव सेवा आश्रम गोरखाले उद्वार गरी थप उपचारको लागि चितवल लगीएको छ ।

मानसिक सन्तुलन गुमाएकी उक्त महिलाले आफु धादिङ्ग जिल्लाको भएको र आफ्नो नाम शान्ता गुरुङ्ग भएको बताएकी गोरखा आश्रकी र्सिजना ओलीले बताईन । ओलिका अनुसार उत्त महिला ३० बर्षको आसपासको रहेको उनलाई के भएको हो भन्ने कुरा चितवनमा थप उपचार पछि पत्ता लाग्ने बताईन ।

उत्त महिलाको उद्वारमा आश्रमका विभिन्न ब्यत्तीका साथै महिला तथा बालबालिका कार्यालयका प्रमुख सुशिला वाग्ले, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधीका साथै गोरखा अस्पताल कर्मचारीहरुको उपस्थिती रहेको थियो ।




