- निर्वाचनमय बन्य सामाजिक सञ्जाल
नरेन्द्र ढकाल/गोरखा
कार्तिक २४ गते । आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका प्रचारप्रसारका लागि उम्मेदवारहरुले विभिन्न शैली अपनाएका छन् । घरदैलो,चुनावी सभा देखि सञ्चार माध्यम र सामाजिक सञ्जालहरु उम्मेदवारहरुको प्रचारसामाग्रीले भरिउको छ । निर्वाचन आयोगले सार्वजानिक स्थलमा पर्चा पम्पेट टाँस्न, माइकिङ गर्ने जस्ता कार्यमा रोक लगाएपछि अधिकाशं उम्मेदवारहरुले सामाजिक सञ्जाललाई प्रचारप्रसारको माध्यम बनाएका छन् । पहिलो चरणको निर्वाचनमा सर्वाधिक चर्चामा रहेको गोरखा क्षेत्र नम्बर २ का प्रत्यासीहरु डाक्टर बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको चुनावी सभा संसारभरका नेपालीहरुले जहाँ भएपनि हेर्ने र सुन्ने अवसर पाएका छन् । उनीहरुको फेसबुक पेज मार्फत हरेक दिनका सबै कार्यक्रम लाइभ प्रसारण गरिरहेका छन । त्यसको अलवा युट्युवको पनि राम्रै प्रयोग भईरहेको छ । उनीहरुले आफ्ना चुनावी एजेण्डा र घोषणापत्र देखि प्रतिवद्धताहरु समेत आफ्नै आवाज श्रव्य दृष्य सामाग्री मार्फत मतदाता माझ पु¥याइरहेका छन् । सामाजिक सञ्जालका एक प्रयोगकर्ता सुजन देबकोटा भन्छन् ‘सामाजिक सञ्जालको सही सदुपयोग गर्नु त राम्रो हो नी, आफ्ना कुरा एकै पटक धेरै मतदाता मार्फत लैजान सकिन्छ ।’ चुनावी सभामा गरिएका भाषणहरु फेसबुक मार्फत लाईभ गरिदिँदा कार्यक्रममा सहभागी नभएका तर देश विदेशमा बस्नेहरुले पनि हेर्न र सुन्न पाउने उनको भनाई छ ।
गोरखा क्षेत्र नम्बर २ को तुलनामा १ का उम्मेदवारहरु चिनकाजी श्रेष्ठ र हरीराज अघिकारी भने सामाजिक सञ्जालको प्रयोगमा अलि पछाडी देखिन्छन् । तर उनीहरु सहभागी कार्यक्रमको तस्वीरहरु उम्मेदवारका आधिकारी वाल र शुभेक्षुकहरु मार्फत पोष्ट भएका छन् । २ वटा निर्वाचन क्षेत्र रहेको गोरखामा ४ वटा प्रदेश सभा क्षेत्र छन् । दुई गठबन्धन र अन्य केही साना दल गरी ३० जना भन्दा बढि उम्मेदवार रहेको यहाँ हरेक उम्मेदवारहरुलाई जिताउँ भन्दै फेसबुक पेजहरु निर्माण गरिएको छ । सँगै शुभेक्षुकहरुले पनि पेज बनाएर आफ्ना उम्मेदवारको जोडतोडले प्रचारप्रसार गरिरहेका छन् । विवेकशिल साझापार्टी त आफ्नो प्रचारप्रसार माध्यम नै सञ्चारमाध्यम सामाजिक सञ्जाल भएको दार्बीे गर्छ । विवेकशिल साझापार्टीका तर्फबाट प्रतिनिधिसभा १ उम्मेदवार अमृत पुडासैनी भन्छन् ‘हामी सबैभन्दा धेरै युवाहरु माझ लोकप्रिय छौ, आजकलका युवाहरु सबैको पहँुच सामाजिक सञ्जालमा छ, प्रचारप्रसार पनि त्यहीँ बढि हुने नै भयो ।’
प्रदेशसभा तर्फ भने बाम गठबन्धन भन्दा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुको चर्चा बढि सामाजिक सञ्जालमा देखिन्छ । क्षेत्र नम्बर १ को ‘क’ का प्रदेशसभा उम्मेदवार धिरन थापा, ‘ख’ का राजेन्द्र बजगाई, २ को ‘ख’ का प्रकाशचन्द्र दवाडीले सामाजिक सञ्जाललाई भरपुर प्रयोग गरिरहेका भेटिन्छन् । लोकतान्त्रिक गठबन्धन कै क्षेत्र नम्बर २ ‘क’ का हरिशरण आर्चाय, बाम गठबन्धनकी कमल नहर्की, क्षेत्र २ को ‘ख’ का अमर तमु, १ को ‘क’ का लेख बहादुर थापा र ‘ख’ का रामशरण बस्नेत पनि सामाजिक सञ्जालमा पछि ÷पछि नै देखिन्छन् । सामाजिक सञ्जालका अधिकाशं प्रयोगकर्ताहरु यसलाई सही सदुपयोग गर्न सके फाईदा पुग्ने बताउँछन् ।‘त्यो राम्रो काम होनी अहिलेको विज्ञान र प्रबिधि अनुसार नेताहरुले आफ्ना कुराहरु सामाजिक सञ्जाल मार्फत प्रयोगकर्ताहरु माझ ल्याउन सक्ने हो भने, को राम्रो र को नराम्रो भन्ने छुट्याउन पनि सजिलो हुन्छ ।’ सामाजिक सञ्जालका अर्का प्रयोगकर्ता सिरानचोक ५ का अशोक पोखरेलले भने । अधिकाशं उम्मेदवारले स्थानीय रेडियो पत्रपत्रिकामा पनि प्रचार सामाग्री प्रशारण र प्रकाशन गरेका छन् । उम्मेदवारले सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई प्रचारप्रसारको माध्यम बनाएपछि पक्ष ÷विपक्षका प्रतिक्रियाहरु आईरहेका छन् । यतिबेला सञ्चार माध्यम र सामाजिक सञ्जाल निर्वाचनमय भएका छन् । निर्वाचन आयोगले रेडियो, पत्रपत्रिका र टेलिभिजनमा प्रयोग गर्ने सामाग्रीका सम्बन्धमा आचारसहिता निर्माण गरेपनि सामाजिक सञ्जालको प्रयोगका बारेमा भने स्पष्ट रुपमा कडाई पाईदैन ।




















