×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

पेस्तोल काण्ड पराजित मानसिकताको उपज हो : लोकतान्त्रिक गठबन्धन

  •  
  • बिहिबार, कार्तिक २३, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    कार्तिक २३ गते । उम्मेदवारसँग पेस्तोल भेटिनु पराजित मानसिकताको उपज भएको लोकतान्त्रीक गठबन्धनले आरोप लगाएको छ । केही दिन यता वामगठबन्धनले श्रृंखलाबद्ध रुपमा आचारसंहिता विपरितका घटना गरेर निर्वाचन भाँड्ने प्रयास गरेको काँग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपानले बताए । उनले भने ‘निर्वाचन प्रचारका बेला पेस्तोल लिएर हिडेको अबस्थामा जुन पुसिलले बरामद ग¥यो, यो घटनाले जनतालाई आतंकित बनाएको छ, यो न्याय संगत छैन, गोरखाको निर्वाचन अपराधिक किमिसले अगाडी बढिरहेको छ ।’
    बुधवार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै लोकतान्त्रीक गठबन्धनमा आवद्ध दलहरुले गोली सहितको पेस्तोल लिएर माओवादीका नेता कार्यकताहरु खुलेयाम निर्वाचन प्रचारमा हिड्नुले जिल्लामा त्रास उत्पन्न भएको बताएको छ । उनीहरुकैको शब्दमा वाम गठबन्धनले निर्वाचन आचारसंहिताको धज्जी उठाएको विज्ञप्ती मार्फत भनिएको छ । ‘पार्टीको पिबिएम जस्तो नेता, जो आफै समानुपातिक उम्मेदवार छिन्, उनीले मोटरसाईकलमा लिफ्ट मागेको भनिनु आफैंले, आफैंलाई ठग्नु सिवाय अरु केही हुन सक्दैन’ नयाँ शक्तिका संयोजक रमेश पोखरेलले भने ।
    उक्त मोटरसाईकलमा सवार माओवादी केन्द्रबाट समानुपातीक उम्मेदवार समेत रहेकी शुसिला सिम्खडालाई माओवादी नेताकोे दबाबमा प्रशासनले छोडेको पोखरेलको आरोप छ । ‘फोनका भरमा प्रशासनले हतियारधारीलाई भगाएको छ, त्यहाँ रहेकी उम्मेदवार सिंखडालाई समेत सामान्य सोधपुछ गरेर छोडिएको छ’ पोखरेलले भने ‘यो चरम लापर्वाही र प्रशासनको निरिहता बाहेक अरु केही हुन सक्दैन ।’ लोकतन्त्रमा विश्वास राख्ने शक्तिहरु बुलेट भन्दा ब्यालेटमा बिश्वास गर्छन् भन्दै नेपाली काँग्रेसका सचिव न्यौपानेले हतियारधारीलाई यथाशिघ्र प्रकाउ गरी कानूनी कारवाही गर्न माग गरेका छन् । ‘यो घटनाका दोषीलाई पक्राउ नगर्ने, आलटाल गर्ने हो भने हामी गम्भिर कदम उठाउन बाध्य हुनेछौ’ उनले भने ‘यसको सम्र्पूण जिम्मा प्रहरी र प्रशासनको हुनेछ ।’
    नेपाली कांग्रेसका सचिव नन्दप्रसाद न्यौपाने, नयाँ शक्तिका जिल्ला संयोजक रमेश पोखरेल, राप्रपाकी जिल्ला सदस्य राममायाँ केसी, राप्रपा प्रजातान्त्रीकका जिल्ला उपाध्यक्ष भिषण अर्यालले बिज्ञप्तीमा हस्ताक्षर गरेका छन् । प्रहरीले मंगलवार भिमसेन गाउँपालिका ३ धावाबाट बा. ७३ प ३३८६ नम्बरको मोटरसाइक चालक सोही गाउँपालिका ४ का गुणप्रसाद खनालको साथबाट नौ एमएम को एक थान पेस्तोल र त्यहाँ प्रयोग हुने तीन राउण्ड गोली बरामद गरेको थियो । उक्त मोटरसाईकलमा माओवादी नेतृ एवं समानुपातीक उम्मेदवार शुसिला सिंखडा पनि सवार थिईन । प्रहरीले चेकजाँच गर्न लागेपछि खनाल झोला र मोटरसाईकल छाडेर भागेका थिए । उनी लामो समय देखि माओवादीमा आवद्ध छन् । उम्मेदवार सिंखडाले भने लिफ्ट मागेर आएकाले आफुलाई हतियार बारे थाहा नभएको प्रतिक्रिया दिएकी छन् । प्रहरीले खोजी जारी रहेको बताएपनि फरार खनाल अहिले सम्म पक्राउ परेका छैनन । पेस्तोल घटनाका दोषीलाई कारवाहीको माग गर्दै लोकतान्त्रीक गठबन्धनले मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेल र प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई ज्ञापनपत्र समेत बुझाएको छ ।

    तिन जना बिरुद्ध मुद्धा दर्ता
    केही दिन यता भएका २ घटनामा संग्लन भएको आरोपमा ३ जना विरुद्ध प्रहरीले मुद्धा दर्ता गरको छ । मंगलबार भिमसेन गाउँपालिकाको धावामा प्रहरी चेकजाँचका क्रममा पेस्तोल भेटिएपछि फरार भिमसेन गाउँपालिका वडा नम्बर ४ का गुणप्रसाद खनाललाई हात हतियार तथा खरखजना ऐन अन्र्तगत मुद्धा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । त्यस्तै भिमसेन गाउँपालिकाको केन्द्र सम्बन्धी विवादमा भएको झडप संलग्न भएको आरोपमा दुई युवाहरु विरुद्ध पनि प्रहरीले मुद्धा दर्ता भएको छ । भिमसेन गाउँपालिका ५ बगुवाका प्रचण्ड श्रेष्ठ र रामकुमार श्रेष्ठ बिरुद्ध पनि मुद्धा परेको हो । उनीहरु सबै फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, कार्तिक २३, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.