मोहसिन अलि मियाँ/गोरखा
कार्तिक २३ गते । गुनासो फारम भरेका गोरखाका भुकम्प पिडितको पुनःसर्वेक्षणमा कार्यरत इन्जिनियरहरुलाई फिर्ता बोलाइएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जिल्लामा खटिएका २८ जना इन्जिनियरलाई आकस्मिक रुपमा फिर्ता बोलाएको हो ।
साउन २८ गते देखि भुकम्प पिडितको लाभग्राहीको सुचीमा नाम छुटेको भन्दै गुनासो फारम भरेकाहरुको पुनःसर्वेक्षणमा उनिहरु खटिएका थिए । प्राधिकरणको केन्द्रिय कार्यालयले किन फिर्ता बोलायो भन्ने एकिन नभए पनि इन्जिनियरहरुको करार अवधी सकिएकोले फिर्ता बोलाइएको हुन सक्ने प्राधिकरण जिल्ला समन्वय समितीको सचिवालयले जनाएको छ । ‘एक्कासी हिजो केन्द्रबाट फोन आयो, जिल्लामा खटिएका इन्जिनियरलाई आजै फिर्ता बोलाउनु भन्ने आदेश आएपछि मैले सबैलाई हिजै खबर गरिसकेको छु’ सचिवालयका निमित्त प्रमुख शिवलाल पौडेलले भने ।
गुनासो भरेका सबैको पुनःसर्वेक्षण नसकिए पनि प्राधिकरणले इन्जिनियर फिर्ता बोलाउदा जिल्लामा पनःनिर्माणको काम थप प्रभावित बन्ने निश्चित बनेको छ । पुनःसर्वेक्षणमा खटिएका २८ जना इन्जिनियर मध्ये १२ जनाले यस अघि नै काम सम्पन्न गरि फर्किएका थिए । तर अन्य १६ जनाले भने अझै काम सकेका छैनन् । हालसम्म जिल्लामा छुट भएका ११ हजार ९ सय ६३ घरको सर्वेक्षण सम्पन्न भइसकेको छ । तर अझै करिब ३ हजार देखि ४ हजार घर सर्वेक्षण गर्न बाँकी रहेको कार्यालयका निमित्त प्रमुख पौडेलले बताएका छन् ।
पुनःसर्वेक्षणमा खटिने इन्जिनियरलाई युनोभेस नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाले पठाएको र हाल प्राधिकरण संगको सम्झौता सकिएकाले इन्जिनियलाई फिर्ता बोलाइएको हुन सक्ने भन्दै निमित्त प्रमुख पौडेलले केही कारण चुनाव पनि भएको बताएका छन् । ‘यनोभेससंगको सम्झौता सकियो, उहाँहरुले सम्झौता थप्न मानेनन भन्ने खबर छ, त्यसैले इन्जिनियर फिर्ता बोलाइएको हो’
सुरुमा २ महिनाको करार नियुक्ती दिएर पठाएको भएपनि काम नसकिएपछि पछिल्लो समय १५ र ७ दिन अवधी थप भइसकेको छ । चुनाव नजिकिदै गर्दा गाँउमा आएका नयाँ ब्यक्तिहरुले इन्जििनियरहरुलाई अनावस्यक तनाव दिएको खबर समेत आएकाले हाललाई पुनःसर्वेक्षणको काम रोक्नु परेको कार्यालयको भनाई छ । ‘धेरै ठाँउबाट चुनावमा आएका मान्ेछेले इन्जििनियरलाई दवाव दिएको, ट्याव खोसेको भन्ने रिपोटिङ केन्द्रमा पुगेछ, त्यसैले माथीबाट इन्जिनियरहरु जुन अवस्था र स्थानमा छन् सबैलाई फिर्ता पठाउनुस भन्ने छ’ पौडेलले भने ।
तर गाँउमा गएका इन्जिनियरहरु काम नसकी फर्किएको भन्दै भुकम्प पिडित भने आक्रोशित भएका छन् । कुनै गाँउमा इन्जिनियर नै नपुगी फिर्ता भएका छन् भने कुनैमा काम अधुरो छोडेका छन् । प्राधिकरणको यस्तो कार्यले भुकम्प पिडित झनै पिडामा पारेको गोरखा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष राम बहादुर खड्काले बताएका छन् । इन्जििनियर फिर्ता नपठाउन दवाव दिन भन्दै प्राधिकरणको जिल्ला समन्वय समितीको कार्यालयमा पुगेका खड्का भन्छन् ‘हामीलाई गाँउका मान्छेले तनाव दिए, बरु हामी पैसा उठाएर इन्जििनियरलाई तलब खुवाउछौ तर सर्वेक्षणको काम रोकिनु हुदैन’
गोरखा नगरपालिकाको वडा नम्बर १३, १४ लगायत पालुंटारका अधिकांश वडामा सवेक्षणको काम सुरु नै हुन सकेको छैन । जिल्लाका अन्य स्थानमा समेत सर्वेक्षणको काम बाँकी रहेको कार्यालयको भनाई छ । बाँकी रहेको स्थानमा चुनाव लगत्तै प्राधिकरणका इन्जिनियर लगायर सर्वेक्षण गरिने कार्यालयका निमित्त प्रमुख पौडेलले बताएका छन् ।
पुनःसर्वेक्षणमा रहेका इन्जिनियरलाई फिर्ता बोलाइयो, भुकम्पपिडित आक्रोशित
पुनःसर्वेक्षणमा रहेका इन्जिनियरलाई फिर्ता बोलाइयो, भुकम्पपिडित आक्रोशित
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















