×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

बारपाकबाट नारायणकाजीले भने- बाबुराम, साबुराम जो भए पनि जित्छु !

  •  
  • बुधबार, कार्तिक २२, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • ‘बाबुराम मौकावाद र व्यक्तिवादबाट ग्रसित बिचारबिनाका नेता’

    २२ कात्तिक, बारपाक (गोरखा) । माओवादी केन्द्रका नेता तथा गोरखा-२ का प्रतिनिधिसभा उम्मेदवार नारायणकाजी श्रेष्ठले आफ्ना प्रतिद्वन्द्वी डा. बाबुराम भट्टराईलाई बिचारबिनाका नेताको संज्ञा दिएका छन् । आफूले गोरखा २ बाट चुनाव जित्नेमा शंका नगर्न श्रेष्ठले पत्रकारहरुलाई आग्रह गरे ।

    श्रेष्ठले भट्टराईमाथि कटाक्ष गरे, ‘माओवादीमा हुँदा, त्यहाँबाट निस्केर नयाँशक्ति गठन गर्दा, नयाँशक्तिको शक्ति निर्माण गर्न नसकेर संघीय समाजवादी फोरमसँग पार्टी एकता गरौं भन्दा, फोरमले अस्थिर बिचार भएकासँग एकता गर्दैनौं भनेर पछाडि हटेपछि उसैको चुनाव चिन्ह मशाल लिएर स्थानीय तह निर्वाचनमा सामेल हुँदा, एकीकृत कम्युनिस्ट पार्टी बनाउन म पनि आउँछु भन्दा, चार दिनमै निस्केर जाँदा या त्यसको चार दिनपछि कांग्रेससँग पुग्दा । कतिबेलाको बिचारलाई मान्ने बाबुरामको ?’‘बाबुरामजीको कुनै बिचार र योजना छ र ?’ विनासकारी भूकम्पको केन्द्रविन्दु बारपाकमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘उहाँको कुन समयको बिचार र योजनालाई मान्ने ?’

    आफूले निर्वाचन जित्नेमा पत्रकारहरुले शंका गरिरहेको नारायणकाजीले प्रसंग कोट्याए । उनले भने, ‘बाबुरामजी प्रधानमन्त्री पनि हुनुभएको, नाम अलिकति चलेको पनि छ । ‘बाबुराम, साबुराम जोसुकै भए पनि जित्छु भनेर आएको हो म यहाँ । यसमा कुनै शंका गर्नुपर्दैन ।’

    आफूसँग प्रष्ट बिचार हुनु नै चुनाव जित्ने बलियो आधार भएको श्रेष्ठले बताए ।

    गोरखा-२ का कांग्रेस समर्थकहरुको पनि आफू नै प्रतिनिधिसभाको उम्मेदवार भएको श्रेष्ठको जिकिर थियो । ‘जसलाई कांग्रेसले समर्थन गरेको छ, उसले विकास निर्माणका निम्ति सरकार बनाउन सक्दैन । र, राजनीतिमा मौकापरस्त, अवसरवादी र व्यक्तिवादी प्रवृत्ति यति देखियो कि त्यसले लोकतन्त्रलाई सुदृढ पनि गर्दैन ।’

    श्रेष्ठले डा. भट्टराईलाई मौकावाद, अवसरवाद र व्यक्तिवादबाट ग्रसित नेताको संज्ञा दिए । ‘आज एउटा, भोलि अर्कै, पर्सि अर्कै कुरा गर्ने र त्यसको वरिपरि जनता आइदिन्छन् भनेर मतदातालाई भेडाबाख्रा ठान्ने मान्छेले लोकतन्त्रको रक्षा गर्दैन,’ उनले भने ।

    बारपाकको चुनावी सभामा भाग लिन जाँदा श्रेष्ठ लडेर सामान्य घाइते भएका छन् । उनको निधार र खुट्टामा चोट लागेको छ । यद्यपि खुट्टो खोच्याउँदै भए पनि उनले बुधबार दिउँसो बारपाकको चुनावी कार्यक्रमलाई सम्वोधन गरेका छन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, कार्तिक २२, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.