नरेन्द्र ढकाल/गोरखा
कार्तिक २२ गते । उत्तरी गोरखाको चुम्चेतमा शनिवार एक महिलाको हत्याका आरोपी सबैलाई जिल्ला सदरमुकाम ल्याएको छ । । चुननुब्री गाउँपालिका वडा नम्बर ६ चुम्चेतकी स्थानीय कुन्साङ्ग बिकी लामा (आप्पे) को हत्याका आरोपीहरु मुख्य योजनाकार छेताङ ग्याल्जिङ लामा मनाङको तालमनाङबाट प्रकाऊ गरी सोमबार साँझ गोरखा ल्याएको एसपी प्रकाश अधिकारीले जानकारी दिए ।
उक्त घटनामा सहयोगीको आरोपमा चुम्चेतका ४ स्थानीय पनि प्रकाउ परेका छन् । चुमनुब्री गाउँपालिका वडा नम्बर ६ चुम्चेत बस्ने वर्ष २४ का तेन्जिङ रिन्जिङ लामा, वर्ष २६ का छेराङ रिन्जिङ लामा, वर्ष १९ का सोनाम ग्याल्जिङ लामा र २२ वर्षका सोनाम ग्याल्जिङ लामा पनि मंगलबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमा राखेर जिल्ला प्रहरी कार्यालय गोरखा ल्याएको छ ।

मृतकको शव भने जिल्ला अस्पतालबाट गएको चिकित्सकको टोलीले पोष्टमार्टन गरी स्थानीयलाई बुझाएको प्रहरीको भनाई छ । घटनाको आरोप ५ जना प्रकाउ परेपनि थप अनुसन्धान जारी रहेकाले घटना किन भएको हो भन्ने बारेमा प्रहरीले तथ्य सार्वजानिक गरेको छैन् ।


