नरेन्द्र ढकाल/गोरखा
कार्तिक २२ गते । वाम गठबन्धन गोरखाले जिल्ला प्रशासन एक पक्षीय भएको आरोप लगाएको छ । जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै गठबन्धनले केही दिन यता खुलेयाम निर्वाचन विरोधी गतिविधि भईरहँदा जिल्लाका सुरक्षा निकायले आफूहरुलाई निशाना बनाउने प्रयास गरेको आरोप लगाएको छ ।‘यस्तै गरिरहे भने यीनको दादागिरी स्वीकार्य हुँदैन यो गोरखा हो, गोर्खाली जनता सचेत छन्’ बाम गठबन्धनका नेता चुडामणी खड्काले भने ‘गोर्खाली जनताले आवश्यकता पर्दा जुन स्टेप पनि चाल्छन्, त्यो २४ घण्टे पनि चाल्छन आवश्यकता प¥यो भने १२ घण्टे पनि चाल्छन् ।’
गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’ उम्मेदवार राजेन्द्र बजगाईले आचारसंहिता विपरित हेलिकप्टर चढी उत्तरी गोरखाको गएर जनतालाई पैसा बाँडेको प्रमाण पेश गर्दा समेत निर्वाचन आयोग र प्रशासन दुबै मौन बसेकोे गठबन्धनको आरोप छ । ‘हामीले स्पष्ट किटान गरेर उजुरी दर्ता गराएका छौ, उनीहरु अझै मौन हुनुहुन्छ, उहाँ प्रति हाम्रो ठुलो आशंका छ’ खड्काले भने ।

भिमसेन गाउँपालिकाको केन्द्र सार्ने विवाद पनि चुनाव बिथोल्ने षडयन्त्र भएको गठबन्धनको निष्र्कष छ । गाउँपालिका प्रमुखले झडप निम्त्याउने उदेश्यले उक्त निर्णय गरेको र त्यसबाट उत्पन्न परिस्थितीले निर्वाचनलाई प्रभावित बनाउन खोजिएको खड्काले बताए ‘खुँडा खुकुरी लिएर बैठकमा निर्णय गराईएको छ, यो सबै नियोजित षडयन्त्र हो ।’ लोकतान्त्रिक गठबन्धनको पराजय निश्चित भएपछि अनेक हर्कतहरु गर्न थालेको नेताहरुले बताएका छन् ।
‘उहाँहरुले हारलाई स्वीकार्न सक्नुभएको छैन्, र अनेक काम गर्न थाल्नुभएको छ’ खड्काले भने । निर्वाचनलाई स्वच्छ र धाँदलीरहित बनाउनुको बिकल्प नभएको भन्दै नेता खड्काले काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई बिचल्लित नहुन आग्रह गरे । ‘काँग्रेस निर्वाचन भाँड्न लागि परेको छ, प्रशासन उसलाई उत्तेजित गरिरहेको छ उक्त कार्यप्रति हाम्रो घोर आपत्ती छ ’उनले भने । निर्वाचनको वातावरणलाई धमिलो बनाएर चुनाव स्थगित बनाउन खोज्ने तत्वहरु सक्रिय रहेको भन्दै उक्त कुराको डटेर सामाना गर्न वाम गठबन्धन तयार रहेको नेताहरुले बताए । माओवादी केन्द्र इन्र्चाज चुणमणी खड्का, सह इन्र्जाज परशुराम रम्तेल, नेकपा एमालेमा उपाध्यक्ष यादव बहादुर बस्नेत लगायतको उपस्थितीमा भएको पत्रकार सम्मेलनमा वाम गठबन्धनको विजयी सुनिश्चित भएको दाबी नेताहरुले गरेका छन् ।




















