×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गोरखामा माओवादी उम्मेदवारसँग पेस्तोल भेटिनु गम्भीर अनिष्टको संकेत – भट्टराई

  •  
  • मङ्गलबार, कार्तिक २१, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं, कात्तिक २१ – मंसिर १० गते हुने प्रतिनिधिसभा चुनावमा माओवादी केन्द्रबाट समानुपातिक सूचिमा रहेकी नेतृ सुशिला सिंखडा चढेको मोटरसाइकलबाट प्रहरीले अवैध पेस्तोल बरामद गरेको छ ।

    अवैध पेस्तोल भेटिएको खबर सार्वजनिक भएसँगै नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले गम्भीर अनिष्टको संकेत भएको बताउनुभएको छ । उहाँले ट्वीटमार्फत भन्नुभएको छ, ‘आज गोरखाको धावामा माओवादी केन्द्रका जिम्मेवार नेता कार्यकर्ता हातहतियारसहित पक्राउ पर्नु गम्भीर अनिष्टको संकेत । सबै बेलैमा गम्भीर बनौं ।’

    आज गोरखाको धावामा माकेका जिम्मेवार नेता कार्यकर्ता हातहतियार सहित पक्राउ पर्नु गम्भीर अनिष्टको संकेत! सबै बेलैमा गम्भीर बनौं!

    — Baburam Bhattarai (@brb1954) November 7, 2017

    मंगलबार दिउँसो सुरक्षा जाँचका क्रममा भिमसेन गाउँपालिका वडा नम्बर ३ धावामा प्रहरीले ३ राउण्ड गोलीसहितको नाइन एमएम पेस्तोल बरामद गरेको हो । सिंखडा सवार बा ७३ प ३३८६ नम्बरको मोटरसाइकलका चालक गुणप्रसाद खनालको झोलामा हतियार फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले बताउनुभयो । चुनावलाई लक्षित गरेर जाँचमा खटिएका प्रहरीले मोटरसाइकल रोक्नासाथ खनाल झोला छोडेर भागेको उहाँले बताउनुभयो ।

    सुरक्षाजाँचमा एक प्रहरी जवानसहित दुईजना म्यादी प्रहरी मात्रै खटिएकाले उनलाई तत्काल पक्राउ गर्न नसकिएको उहाँको भनाई छ । खनालले मोटरसाइकलमा बाँधेर ल्याएको झोलामा पेस्तोल भेटिएको हो ।

    माओवादी नेतृ एवम् समानुपातिक उम्मेदवार सिंखडाले भने झोलामा हतियार रहेको बारे आफूलाई जानकारी नभएको बताएको एसपी अधिकारीले बताउनुभयो । ‘उहाँ आरुघाटबाट गोरखा सदरमुकाम आउँदै हुनुहुँदो रहेछ, बाटोमा लिफ्ट मागेर मोटरसाइकलमा आएको बताउनुभयो’ सिंखडालाई उद्धृत गर्दै एसपी अधिकारीले भन्नुभयो ।

    बरामद हतियार जिल्ला प्रहरी कार्यालयमा ल्याइने र फरार खनाललाई खोजी गरि कारवाही गरिने उहाँले बताउनुभयो । सुरक्षा जाँचका क्रममा हतियार फेला परेपछि चुनावलक्षित सुरक्षा योजनालाई अझै प्रभावकारी बनाउनु पर्ने देखिएको अधिकारीले बताउनुभयो । माओवादी केन्द्रले भने हतियार बोकेर हिँडेका खनाल आफ्नो पार्टीमा आवद्ध भए नभएको बारे सोधखोज भैरहेको जनाएको छ ।

    गएको आइतबार भिमसेन गाउँपालिकाको केन्द्र सार्ने विषयमा विवाद हुँदा तनाव बढेको थियो । गाउँसभाको बैठकले गाउँपालिकाको केन्द्र वगुवाबाट मसेलमा सार्ने निर्णय गरेपछि विवाद बढेको थियो । कार्यपालिकामा आवद्ध अन्य पार्टीका सहभागीलाई जानकारी नै नदिई केन्द्र सार्ने निर्णय गर्न खोजिएको नेकपा माओवादी केन्द्रले आरोप लगाएको थियो ।

    केन्द्र सार्ने विषयमा बैठकमै असन्तुष्टि बढेपछि माओवादी केन्द्रबाट निर्वाचित एक कार्यपालिका सदस्यले निर्णय पुस्तिकानै च्यातिदिएका थिए । त्यसपछि केन्द्र सार्नु पर्छ र सार्नु हुन्न भन्ने विषयमा कार्यपालिका सदस्यहरुबिचमै विवाद बढेको थियो । विवाद बढ्दै जाँदा केन्द्र सार्ने विषयको पक्ष र विपक्षमा रहेका सर्वसाधारणबिच झडप पनि भएको थियो । झडपका क्रममा एक स्थानीय युवामाथि धारिलो हतियार प्रहार भएको थियो । त्यसको दुई दिनपछि नै माओवादी समानुपातिक उम्मेदवार चढेको मोटरसाइकलमा अवैध पेस्तोल भेटिएको छ ।

    ujyaaloonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, कार्तिक २१, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.