- प्रहरी भन्छ : नचिनेको मान्छे संग उम्मेदवारले लिफ्ट् मागे
कैलासबावु श्रेष्ठ/गोरखा
कार्तिक २१ गते । माओबादी केन्द्रको तर्फबाट प्रतिनिधी सभा तर्फकी समानुपातिक उम्मेदवार रहेकी शुसिला शिंखडा चढेको मोटरसाईकल बाट चेक जाँचका क्रममा प्रहरीले पेस्तोल र सो मा लाग्ने ३ राउण्ड गोली बरामद गरेको जिल्ला जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार गोरखाको आरुघाट तर्फबाट गोरखा बजार आउदै गरेको बा.७३ प ३३८६ नम्बरमा सवार सिंखडा चढको मोटरसाईलले भिमसेन गाउँ पालिका ३ तान्द्राङको अमिलीचौरमा प्रहरीको चेकजाँच देख्ने बित्तिकै झोला फालेर मोटर साईकल र चालक फरार भएका थिए । सोही सवारी साधनमा यात्रा गरेकी सिंखडालाई भने प्रहरीले केही बेर नियन्त्रणमा लिएर छाडेको थियो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक भेषराज रिजालका अनुसार नचिनेको मानिस संग उम्मेदवारले लिंफ्ट् मागेर गोरखा बजार तर्फ आउदै गरेको जानकारी दिए । मोटर साईकलबाट फालिएको भनिएको झोला भित्रबाट पाकिस्तानमा बनेको पेस्तोल र गोली फेला परेको थियो ।
प्रहरीले स्पष्ट जानकारी दिन नचाहेको भएता पनि निर्वाचनको बेला कुनै पनि उम्मेदवार यसरी नचिनेको मानिस संग हिड्ने गर्दैनन । फरार भनिएको चालकको विवरण पनि प्रहरीले खुलाउन चाहेन । उनी भिमसेन गाउँ पालिका ४ का गुणप्रसाद खनाल भएको पुष्टी भएको छ ।
आसन्न निर्वाचनको सुरक्षालाई ध्यानमा राखी प्रहरीले जिल्लाको विभिन्न स्थानमा चेकजाँच गर्ने क्रम तिब्र पारेको छ ।




















