गोरखा समाचार
काँग्रेस र नयाँशक्तिका नेताहरुले पुरानो पार्टी भत्काएर नयाँबनाउने प्रस्ताव राखेका छन् । लोकतान्त्रिक गठबन्धनमा रहेका नेपाली काग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे र क्षेत्र नम्बर दुईका उम्मेदवार नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले काँग्रेस र नयाँशक्ति दुबैका पुराना सोच भत्काएर नयाँशक्ति बनाउन एक अर्कालाई प्रस्ताव राखे ।
दुईपार्टी युवाहरुको नेतृत्वमा रहेको युवा परिचालन समितिको अयोजनामा गोरखा नगरपालिका १० छेवेटारमा भएको चुनावी सभाबोल्दै नयाँशक्तिकी नेतृ एवअभिनेत्री करिष्मा मानन्धरले गोरखामा आएपछि नेपाली काँग्रेस प्रति विश्वास जागेको प्रशंग निस्किए पछि उक्त कुराले चर्चा पाएको हो । शीर्ष नेताहरुले अधिकाशं समय मतदाता रिझाउने खालका अभिव्यक्ति दिएका थिए ।
नेपाली काँग्रेसका कार्यकताहरुको भिडमा उनीहरु पुरानो पार्टी काँग्रेसका केही नराम्रो कुराहरु अन्त्य गरी नयाँ बनाउने हो र नयाँशक्तिले पनि अहिलेको बोकेका केही विचार छोडेर आउने हो एकै ठाउँमा बस्ने सक्ने सम्मको तर्क गरेर कार्यकतालाई हौस्याएका छन् । ‘हाम्रो यो गठबन्धन चुनाव सम्मका लागि मात्र होइन, लोकतन्त्र समृद्धिका लागि हाम्रो यात्रा लामो छ, धेरै समय हामी सँगै हुन्छन्’ नेपाली काँग्रेसका केन्द्रिय सदस्य पाण्डेले भने ।
गठबन्धन बन्नु अघि आफै निर्वाचनको तयारीमा होमिएका नेता पाण्डे काँग्रेसले उक्त क्षेत्र डाक्टर भट्टराइलाई दिए पछि उम्मेदवारको दौडबाट बाहिरहेका थिए । नेपालको राजनितिमा डाक्टर भट्टराईको आवश्यकपात्र रहेकाले आफूले उक्त क्षेत्र छोडेको भन्दै नेता पाण्डेले बिना हिच्किचावट आँखा चिन्हमा मतदान गरी बिजयी गराउन काँग्रेसका नेता कार्यकतालाई आग्रह गरे ।
कार्यक्रममा उम्मेदवार एवं नयाँशक्तिका संयोजक डाक्टर भट्टराईले नेपाली काँग्रेस लोकतन्त्र प्राप्तीका लागि सबै भन्दा धेरै योगदान गरेको पार्टी भएको भन्दै काँग्रेसका इमान्दार कार्यकताले फेरी लोकतन्त्रका पक्षमा उभिनुपर्ने बेला आएको बताए । ‘काँग्रेसले लोकतन्त्रका लागि धेरै लडाइँ लड्यो, अहिले लोकतन्त्र सस्थागत गर्दै बिकास समृद्धिको बाटोमा मुलकलाई हिडाउन काँग्रेसका शुभेक्षुकहरुले निर्णय गर्नुपर्ने भएको छ’ डाक्टर भट्टराईले भने ।
अभिनेत्रीमानन्धर सगै हाँस्यकलाकार सुबोध गौतम, लोकदोहोरी गायक रबिन लामिछाने लगायतको विभिन्न प्रस्तुतिहरुको माझ बोलेका नेताहरुले चुनाव पछि दुबै पार्टी भत्काए नयाँ पार्टी बनाउने बारेमा समेत कार्यकतालाई आश्वासन बाडेका छन् । ‘काँग्रेसलाई देशको नयाँशक्ति बनाउने कार्यमा डाक्टर भट्टराई म काँग्रेसमा स्वागतगर्न आत्तुर छु’ काँग्रेस नेता पाण्डेले भने । जवाफमा डाक्टर भट्टराई चुनाव अगाडी उक्त कुरा असम्भव भए पनि चुनाव पछाडी सोच्न सक्ने प्रतिक्रिया दिएका छन् । ‘म त पुरानो भत्काउ नयाँ बनाउन भन्ने कुरा मै जोड दिईरहेको छु ’ डाक्टर भट्टराईले भने ‘तपाइँहरु सक्नु हुन्छ भने पहल गर्नुस।’
युुवा परिचालन समितिका अध्यक्ष एवं तरुण दल गोरखाका अध्यक्ष यमबहादुर थापाको अध्यक्षमा भएको कार्याक्रममा समानुपातिक उम्मेदवार जिवनप्रेम श्रेष्ठ, क्षेत्र नम्बर २ को क का हरिसरण आर्चाय, जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त लगायतले मन्तव्य राखेका थिए ।
यसै बिच बाम गठबन्धनका उमेद्धवार गोरखा २ का नारायणकाजी श्रेष्ठले सुलिकोट क्षेत्रमा मतदाता भेटघाट गरिरहुन भएको छ । केहीदिन देखि त्यहाँ चुनावी कार्यक्रम सँग घरदैलो कार्यक्रममा उहाँ ब्यस्त रहनुभएको प्रचार प्रसार समितिले जनाएको छ । अन्य क्षेत्र र प्रदेशका उमेद्धवार पनि चुनावी प्रचार प्रसारका लागि गाउँमा खटिएका छन् ।




















