कैलासबावु श्रेष्ठ/गोरखा
नेपाल परिवार दलले चुनावि अभियान गोरखाबाट शुरु गरेको छ । सोमबार दलका अध्यक्ष एक नाथ ढकालले पत्रकार सम्मेलन गरी गोरखाबाट चुनावि अभियान शुरु भएको घोषणा गरेका हुन ।
नेकपा एमाले संग ३ बुदे लिखित सहमती पछि सुर्य चिन्ह लिएर ५ बर्षका लागि समनुपातिकमा आफ्नो उम्मेदवारी लेखाएका अध्यक्ष ढकालले ‘मुलुकमा स्थायित्व र शान्तिका लागि बहुमतको सरकार आवश्यक भएकोले संयुक्त बाम प्रगती शिल गठबन्धनमा सामेल भएको’ भन्दै ‘बाम गठबन्धनले नेपालमा कहिल्यै पनि कम्न्यूष्ट शासन नआउने दावी’ समेत गरे । ‘यो गठवन्धनले लोकतन्त्रका लागि कहिल्यै खतरा नहुने’ ठोकुवा गर्दै अध्यक्ष ढकालले ‘यो गठबन्धन कुनै पनि पार्टीका बिरुद्व नभएको’ स्पष्ट पारे ।
चुनावी अभियानका क्रममा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको जवाफ दिदै अध्यक्ष ढकालले ‘हाम्रो पार्टी लोकतन्त्रमा विश्वास गर्छ तर पनि सरकारमा गएर लोकतन्त्र जोगाउनकै लागि समानुपातिक सुचिमा आफुले नाम दर्ता गराउन बाम गठबन्धनमा सामेल भएको’ भन्दै ‘एमाले संग पार्टी एकताको कुनै संभावना नै नरहेको र ५ बर्ष पछि नेपाल परिवार दलले आफ्नो स्वरुप देखाउने’ बताए ।

अध्यक्ष ढकाललाई एमालेले समानुपातिक सुचिमा राख्नु पूर्व परिवार दलको नेपाल भरीबाट कती भोट आउछ भन्ने कुरामा अध्ययन गरेको थियो । १ लाख भन्दा माथि भोट आउने भए पछि नेपाल परिवार दललाई एमालेले १ समानुपातिक सिट सहित गठबन्धनमा सामेल गराएको थियो ।


