कैलासबावु श्रेष्ठ/गोरखा
कार्तिक २० गते । गोरखा सदरमुकाममा रहेको श्रीशक्ति माविका ६ जना बिद्यार्थीहरुलाई छात्रबृत्ती वितरण गरीएको छ । पूर्व प्रअका माता पिताको स्मृतीमा खडा गरीएको कोष र उनका सहयोगीहरुले इग्ल्याण्ड बाट प्रदान गरेको छात्रबृत्ती एक कार्यक्रम बिच स्कुलमा अध्ययनरत बिद्यार्थीहरुलाई बितरण गरीएको हो ।

पूर्व प्रधानाध्यापक तथा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका आचार्यले सोमबार स्कुलमा नै पुगेर आफ्ना स्वर्गिय माता पिता ‘पित जगन उपकार कोष’बाट कक्षा ९ र १० मा अध्ययन गर्ने २ जनालाई जनही २ हजार उपलब्ध गराएका थिए भने कक्षा ११ मा बिज्ञान बिषय लिएर अध्ययन गर्दै आएका ४ जना छात्राहरुलाई जनही १२ हजारका दरले छात्र बृत्ती रकम वितरण गरीएको स्कुलका प्रधानाध्यापक निरज भट्टराईले बताए ।

आचार्यले दिएको जानकारी अनुसार इग्ल्याण्डमा रहेका खुल्ला विश्व बिद्यालयका डाइरेक्टर सि पर्सनले उपलब्ध गराएको २४ हजार र बिकु मार्फत प्राप्त २४ हजार कक्षा ११ मा अध्ययनरत छात्राहरुलाई स्कुलको सिफारीस बमोजिम बितरण गरीएको थियो ।

छात्रबृत्ती पाउने छात्राहरुले राम्रो अंक ल्याएर पास गरेको खण्डमा आउने बर्ष पनि त्यस्ता कार्यक्रम थप गर्न सकिने रामचन्द्र आचार्यले बताए । कार्यक्रममा सहयोग उपलब्ध गराउने र सहयोग ल्याउन मद्र्वत गर्ने सबैलाई प्रधानाध्यापक भट्टराईले धन्यबाद दिएका थिए ।





















