- हत्याराको ब्यापक खोजी
कैलासबावु श्रेष्ठ/गोरखा
कार्तिक २० गते । उत्तरी गोरखाको चुमनुब्री गाउँ पालिका अन्तरर्गत रहेको चुम्चेतमा घरमा बसी रहेकी महिलाको धारीलो हतियार प्रयोग गरी हत्या गरीएको छ । महिलाको हत्या गरी हत्यारा फरार भएकोले हत्याराको खोजी तिब्र पारीएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
आईतबार भएको उत्त घटनामा परी चुमनुब्री गाउँ पालिका ६ चुम्चेतका आप्पे लामाको हत्या भएको थियो । श्रीमान जंगल गएरको बेला लामाको हत्या भएको थियो । घटना कसले र किन घटायो भन्ने कुरा प्रहरीले अनुसन्धान थालनी गरेको छ ।




















