कैलासबावु श्रेष्ठ/गोरखा
कार्तिक १९ गते । आसन्त प्रतिनिधी तथा प्रदेश सभामा बाम गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने गरी गोरखा जिल्लामा बाम बुद्विजिवीहरुको जिल्ला समिति निर्माण भएको छ । समितिको संयोजकमा पूर्व शिक्षक बावुराम अर्याल संयोजक रहेको छ ।
समितिले हालललाई भने प्राध्यापम ऋषी खनाल र वकिल यादव शर्मा सहित ३ सदस्यीय संयोजन समिति बनाएको छ । सचिवालय स्तरी हुने यो समितिमा अन्य २ जना थप गर्ने र मंसिर १ गते बाट फिल्डमा नै उत्रियर उम्मेदवारलाई सहयोग पुग्ने गरी काम गर्ने छ ।

आईबार गोरखा सदरमुकाममा शिक्षक, प्राध्यापक, वकिल तथा सरकारी कर्मचारी र नेपाली सेना तथा नेपाल प्रहरीका भूपु कर्मचारीहरुको भेलाले अर्यालको संयोजकत्वमा ७५ सदस्य जिल्ला समिति निर्माण गरेको संयोज अर्यालले बताए ।

समिति गठन र यसको उद्वेश्यका बिषयमा जानकारी दिने उद्वेश्यका साथ पत्रकार सम्मेलनमा संयोजक अर्यालले बदलिदो राजनैतिक परिबेश बिच दुई बाम बिचको गठबन्धनले देशमा दुरगामी तथा ऐतिहासिक प्रभाव पार्ने भन्दै आगामी मंसिर १० गते हुने निर्वाचनमा बाम उम्मेदवारलाई बिजयी गराउन समिति गठन भएको समेत जानकारी गराईएको थियो ।


