- गठनबन्ध पद संग साटीएको आरोप
कैलासबावु श्रेष्ठ/गोरखा
कार्तिक १९ गते । गोरखा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेस र नयाँशक्ति बिच राजनैतिक गठबन्धन पछि त्यस क्षेत्रमा रहेका असुन्तष्ठ काँग्रेस कार्यकर्ताहरुले दुवै पार्टी बिच गठबन्धन राजनैतिक चरित्रबाटै भएको भएता पनि गठबन्धन पद संग साटीएको भन्दै आपत्ती जनाएका छन ।
असन्तुष्ठहरुको नेतृत्व गर्दै पूर्व जिल्ला बिकास समितिका सभापति चन्द्रराज न्यौपानको समूहले गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै गठबन्धन पद संग साटीएको आरोप लगाएको हो ।

काँग्रेस र नयाँशक्ति बिचको गठबन्धन लगत्तै उत्त क्षेत्रका नेपाली काँग्रेस समर्थित कार्यकर्ताहरु अन्यौललमा परेको र कार्यकर्ताहरु बिच नै सदभाव खलबलीएको पत्रकार सम्मेलनमा न्यौपानेले बताए । ‘ब्यक्ति ब्यक्ति बिच पदका लागि गरीएको यो गठबन्धनका कारण कार्यकर्ताको मनमा चोट लागेको’ भन्दै तत्कालै नेतृत्वले ध्यान दिन समेत आग्रह गरीएको थियो ।
नेतृत्व प्रति निकै आक्रोशित देखीएका पूर्व सभापति न्यौपाने ‘आफुहरु शेर बहादुर र रामचन्द्र पौडेलको दास वा नोकर नभएको’ भन्दै सबै कार्यकर्ताहरुलाई ‘शहिदको भावना र काँग्रेसको बिऊ जोगीने गरी मत सुरक्षित राखेर मतदान गर्न आग्रह’ गरे ।

पत्रकारहरुको प्रश्नको जवाफ दिदै न्यौपानेले ‘हामी र हाम्रा कार्यकर्ता बिचलित भएका छैनन । यो असन्तुष्टी काँग्रेस बिरुद्व वा पार्टी लाईन बिरुद्व नभएर गठबन्धनका बिरुद्व भएको’ समेत स्पष्ट पारे ।
‘हामी गठबन्धनको अन्ध भक्त होइनौ’ माओबादी द्वन्द पिडित एवं प्राध्यापम रामचन्द्र दुवाडीले पत्रकार सम्मेलनमा भने । ‘तर यती भन्दैमा हामी हाम्रो मत नखसाल्ने वा हाम्रा कार्यकर्ताहरुलाई मत नखसाल्न भन्दैनौै’ दवाडीले पत्रकार सम्मेलनमा भने । दवाडीले पनि गठबन्धनका बिषयमा बोल्दै नेतृत्वले चाढो भन्दा चाढो समस्याको समाधान गर्न तर्फ ध्यान दिन आग्रह गरेका थिए ।

असन्तुष्ठहरुले सनिबार दिन भरी सदरमुकाममा छलफल गरी आईतबार बिहानै बिज्ञप्ती समेत जारी गरेको हो । छलफलका क्रममा नेतृत्वकर्ताहरुले गल्ती स्विकार गर्न तथा गठबन्धन गर्नुको कारण कार्यकर्ताहरुलाई सुझाउन नसके पछि असन्तुष्ठहरुले आज बिहान सदरमुकाममा पत्रकार सम्मेलन गरी आफ्नो मत सबैलाई सुरक्षित राख्न भनेको थियो ।
पत्रकार सम्मेलनमा बावुरामलाई हराउन वा नारायणकाजीलाई हराउन यो अभियान नचालिएको जानकारी दिदै मतदान गर्दा भने रुख र मुख हेरर मात्र मतदान गर्न कार्यकर्ताहरुलाई अपिल गरीएको थियो ।

पत्रकार सम्मेलनको मुख्य धेय भने क्षेत्र नम्बर २ मा रहेका नेपाली काँग्रेस समर्थितहरुले समानुपातिकमा मात्र मत हाल्न सन्देश दिने गरी आयोजना गरीएको सहभागी मध्ये एक जनाले बताए ।




















