×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

बाबुराम र नारायणकाजी मात्र उम्मेदार होइन्

  •  
  • आइतबार, कार्तिक १९, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    कार्तिक १९ गते । बिवेकशिल साझा पार्टीका तर्फ बाट गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार नबराज थापाले सञ्चार माध्यम आफूलाई बेवस्ता गरेको आरोप लगाएका छन् । जिल्ला सदरमुकाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले जिल्लाका सञ्चार माध्यममा डाक्टर भट्टराई र नेता श्रेष्ठलाई मात्र प्राथामिकता दिएको भन्दै आक्रोश व्यक्त गरे । ‘बाबुराम र नारायणकाजी मात्र उम्मेदवार हुन ?, म गोरखाली होइन ? म उम्मेदवार हैन, मिडियाका साथीहरुसँग मेरो यो असन्तुष्टि छ ।’ थापाले भने ।
    हाल सम्म कुनै औपचारिक कार्यक्रम नगरेको उक्त पार्टीले प्रचारप्रसारका कार्यक्रम पनि त्यती नगरेकोले गतिबिधि कम हुँदा अरु उम्मेदवारको जस्तो चर्चा नभएको सञ्चारकर्मीहरुले बताए पछि उनले भने ‘यत्रो सामाजिक अभियान्ता जनता सामु आईरहेको छ, तपाइँहरुले मेरा कुरा जनतालाई सुनाई दिनुपर्दैन् ।’ डाक्टर भट्टराई बाघ भए आफू डमरु भएको भन्दै उनको अबको ५ वर्षमा देखाईदिने दावी गरे । ‘उनीहरु बाघ हुन भने म डमरु हुँ पाँच वर्षमा डमरु पनि बाघ बन्छ’ थापाले भने ।
    उद्यमशिलता विवेकशिल साझा पार्टी मुख्य एजेण्डा भएको भन्दै थापाले आफूले गोरखाको विकासका लागि पर्यटन सँग जोडेर फाईदा लिन सक्ने खालको योजना बनाएर काम गर्ने बताए । थापा पर्यटन व्यवसायी समेत हुन् ।
    सोही पार्टीका तर्फबाट गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार अमृत पुडासैनीले कसैलाई हराउन र जिताउन नभई आफु जित्न उठेको दाबी गरेका छन् । नियम परिर्वतन नभई नियति परिर्वतन गर्नका लागि पुराना नेताको बिरुद्ध आफूहरुले उम्मेदवारी भन्दै पडासैनीले आफूले जित्ने दाबी गरे । ‘हामी जित्छौ भनेर आएका छौ, थोरै मतले पराजित भए पनि मुल्य र मान्यताको जित हुन्छ’ पुडासैनीले भने ‘हामी हारेर पनि जित्न चाहान्छौ, जनताको ठुलो अपेक्षा हामीमा छ ।’
    पहिलो पटक चुनावी मैदानमा आएको साझा पार्टीले गोरखाको अमुल्य मतका आधारमा राष्टिूय दल बन्ने समेत दाबी गरेको छ । ‘अरु पार्टीले बाहिर बाट भाडामा मानिस ल्याएर चुनाव प्रचार घरका छन्, हाम्रो घरघरमा संगठन छ’ १ का उम्मेदवार पुडासैनी भने । समाजमा रहेको भष्टूाचार राजनितिक गुण्डागर्दि अन्त्य गर्दै समुन्नत सामाज निर्माणका लागि बिबेकशिल साझा पार्टीले उम्मेदवारी दिएको भन्दै पुडासैनीले धेरै युवाहरुको साथ आफूहरुलाई रहेको बताए । ‘हामी सँग योजना छ, भिजन छ, युवा साथीहरुको साथ सहयोग छ, पक्कै हाम्रो मिसन सफल हुन्छ ’ उनले भने । भर्खरै खुलेको नयाँ पार्टीले चुनाव जित्ने आधार के ? भन्ने पत्रकारहरुको जिज्ञासामा दुबै उम्मेदवारहरुले सामाजिक सञ्जालका प्रयोगकर्ता, विद्यार्थी, पेसाकर्मी र समाजिक अभियान्तहरु नै उक्त पार्टीको मतदाता रहेको दाबी गरे । ‘अरु पार्टीको संगठन गाउँमा मात्र होला हाम्रो त घरघरै सदस्य छन’ उनीहरुले भने । अहिले सदरमुकाममा सम्र्पक कार्यलय खोलेर बसेका उनीहरुले केहि दिनमा चुनावको माहोल बनाउन गाँउ छिर्ने बताएका छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, कार्तिक १९, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.