मोहसिन अलि मियाँ/गोरखा
कार्तिक १९ गते । पहिलो चरणमा मंसिर १० गते हुने प्रतिनिधी र प्रदेशसभाको निर्वाचनका सन्दर्भमा गोरखाले सबैको ध्यान केन्द्रित गरेको छ । बिशेष गरेर गोरखामा ‘हेवी वेट’ उम्मेदवारहरु हुनु र कुनै बेलाका सहयात्री एउटै क्षेत्रबाट चुनावी भिडन्तमा उत्रनुले पनि गोरखाको चुनावी माहोल तातेको हो । कुनै समय थियो, माओवादीमा दुवै उपाध्यक्ष पदमा रहेका डाक्टर बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ अहिले एकले अर्कालाई सिध्याउन लागिपरेका छन् । आफ्नो अस्तित्वको लडाईमा रहेका बाबुराम र नारायणकाजी दुवै आफैले जित्ने दावी गरिरहेका छन् । बाम गठबन्धनबाट गोरखा २ नपाउने एकिने भएपछि काँग्रेससँग मिलेर उम्मेदवार बनेका भट्टराई पुरानो आफ्नो साख जोगाउन दिनरात कार्यकर्तामाझ पुगिरहेका छन् । नारायणकाजी कै कारण बाम गठबन्धनबाट ‘आउट’ भएका भट्टराई काँग्रेसको सहयोगमा चुनाव जित्ने दाउमा छन् । बाम गठबन्धनबाट पहिलो पटक गोरखामा चुनावी मैदानमा उत्रेका नारायणकाजी अहिले लोकतान्त्रिक गठबन्धन बाट उम्मेदवार बनेका डा. भट्टराईको टाउको दुखाई बनेका छन् ।
माओवादी छाडेर नयाँ शक्ति गठन गरेका बाबुराम पछिल्लो समय आफ्ना निकटतम सहयोगीहरु समेत पार्टीमा टिकाउन नसकेपछि उनको यात्रा निक्कै चुनौतीपूर्ण आलोचकहरु बताउँछ । यस्ता छन् बाबुरामका चार चुनौती :
१) नारायणकाजीको उम्मेदवारी :
बाम गठबनधनबाट माओवादी भित्र शिर्ष नेतामा पर्ने नारायणकाजीको उम्मेदवारी बाबुरामका लागि मुख्य चुनौती हो । गठबन्धनका साझा उम्मेदवार बनेका श्रेष्ठको गोरखामा ब्यक्तिगत प्रभाव खासै नभए पनि माओवादी र एमालेको बलियो संगठनका कारण बाबुरामलाई बिजयी हुन हम्मेहम्मे पर्ने बिश्लेषकको बताउछन् । माओवादीहरुकै भाषामा ‘लाल किल्ला’ का रुपमा परिचित गोरखा २ मा बाबुरामको दल र चुनाव चिन्ह नयाँ हुनु पनि उनलाई सहज छैन्, नयाँ चुनाव चिन्ह आँखा जनतामा परिचित नभएकाले दुरदराजका अशिक्षित मतदाताले बाबुरामको आँखा चिन्हलाई हालेको भोट हसिया हतौडा चिन्हमा जान सक्ने धेरै खतरा रहेको नयाँ शक्तिका नेताहरुकै स्वीकारयुक्ति छ । बाबुरामको दल नयाँ शक्ति राष्ट्रिय पार्टी सम्म बन्ने की नबन्ने भन्ने आशंकाको फाईदा नारायणकाजीले उठाईरहेका छन् । बाम गठबन्धनका सुत्रधार मध्येका एक मानिने नारायणजीले बाबुरामले जिते एउटा सांसदको नाताले केही पनि गर्न नसक्ने भन्दै भोट मागिरहेका छन् । उक्त कुरा चिर्न नसक्ने हो भने अलमलमा रहेका धेरै कार्यकताको भोट बाम गठबन्धन तिर जाने खतरा पनि उत्तिकै छ ।
२) नेता/कार्यकर्ता टिकाउन नसक्नु :
माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ को प्रमुख योजनाकार समेत रहेका डाक्टर भट्टराइले पार्टी त्याग गरी नयाँ शक्ति नेपाल खोल्दा पार्टी भित्र र बाहिरका गरी जनताले पत्याएको जमात थियो । तर कालान्तरमा बाबुरामले उनीहरुलाई पार्टीमा टिकाउन नसक्दा उनी एक्लै जस्तो देखिएका छन् । उक्त कुरा बाबुरामको सबैभन्दा ठूलो कमजोरी देखिएको हो । पछिल्लो समय केन्द्रिय नेता देखि आगामी निर्वाचनमा बाबुरामले उम्मेदवार बनाएकाहरुले नै नयाँ शक्ति परित्याग गरिदिदाँ बाबुरामलाई मुख्य चुनौती बनेको छ ।
३) ढुलमुले स्वभाव :
बाम गठबन्धनमा गएको एक साता नबित्दै बाहिरिएका भट्टराई त्यस लगत्तै काँग्रेससँगको तालमेलमा लागेका थिए । बाम गठबन्धमा गएकै दिन ‘लालसलाम’ गर्दै अभिवादन गरेका बाबराम काँग्रेससँग तालमेल हुने बित्तिकै ‘जय नेपाल’ भन्दै हिडेका थिए । उनको पछिल्लो यो ब्यवहारले धेरै इमान्दार कार्यकता रुष्टिएको स्रोत बताउछ । कहिले बाम तिर त कहिले काँग्रेस तिर मिल्दा भट्टराईलाई पदका लागि स्वार्थको राजनिती गरेको आरोप छ । उक्त कुरा उनको लागि निक्कै ठूलो चुनौतीको बिषय रहेको निकटतम कार्यकर्ता बताउछन् ।
४) कमजोर संगठन र का“ग्रेसका भर :
एक बर्ष अघि मात्र नयाँ शक्ति पार्टी स्थापना गरेका बाबुरामको संगठन कमजोर रहेकाले पूर्णतया अरुको भर पर्नुपरेको छ । सोही क्षेत्रबाट २०६४ सालको निर्वाचनमा सर्वाधिक मत ल्याएका भट्टराई एक दश पछि काँग्रेसको आडमा चुनाव लड्नु पर्ने परिस्थिती सृजना हुनु अर्को उनका लागि मुख्य चुनौती हो । नयाँ शक्तिको पकड मानिएको पालुंटार नगरपालिकामा समेत गएको स्थानीय तहको निर्वाचनमा नयाँ शक्तिलाई काँग्रेसले हराएको थियो । अहिले काँग्रेसको सहयोगमा उम्मेदवार बनेका भट्टराईले गोरखा काँग्रेसका इमान्दार कार्यकताको भोट पाउन निकै कठिन छ । भट्टराई आफैले समेत सञ्चालन गरेको शसस्त्र संघर्षका क्रममा सबै भन्दा धेरै काँग्रेसका गाउँ तहका नेता कार्यकता मारिएका थिए । उनीहरुका आफन्तले अहिले आँखा चिम्लेर भट्टराइलाई भोट हाल्लान् भन्न निकै कठिन छ । उनले आफ्नो राजनितिक इतिहासमा सधै काँग्रेसलाई चिड्याउने अभिव्यक्ति मात्र दिएको स्ेतको भनाई छ । आफैले भनेको प्रमुख राजनितिक दुश्मनले उनलाई कस्तो साथ देलान् त्यो त समयले बताउला ।


