कैलासबावु श्रेष्ठ/गोरखा
कार्तिक १८ गते । गोरखा जिल्ला भित्र रहेका मध्ये करिब २ सय बिद्यालयमा शौचालय र खानेपानीको अभाव देखीएको छ । सबै बिद्यालयमा शौचालय र खानेपानी पानी अनिवार्य भएता पनि यती ठुलो संख्यामा हरेको बिद्यालयमा शौचालय र खानेपानीको अभाव देखीएको हो ।
बिनाशकारी भूकम्प संगै बिद्यालयमा रहेको सबै शौचालय भत्कीएका कारण पनि अभाव देखीएको जिल्ला शिक्षा कार्यालय गोरखाले जानकारी दिएको हो । जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीका अनुसार जिल्लामा ४ सय ४३ बिद्यालय रहेकोमा १ सय ९१ बिद्यालयमा शौचालय र खानेपानीको अभाव देखीउको हो । सुवेदीका अनुसार भूकम्प पछि जिल्ला भित्रीएको संघ संस्थाले बिद्यालय भवन बनाई दिएको भएता पनि शौचालय र खानेपानीको लागि काम नगरिदिदाँ समस्या देखीएको बताए ।
जिल्लामा धेरै जसो संघ संस्थाले भवन संगै शौचालय र खानेपानीको ब्यवस्था मिलाई दिएको भएता पनि केही संघ संस्थाले यता ध्यान नदिदाँ यस्तो समस्या देखीएको कार्यालयको दावी छ । कार्यालयको रेकर्ड अनुसार केही महिना भित्रै अभाव देखीएका बिद्यालय मध्ये १ सय २० बिद्यालयमा शौचालय बन्ने छ ।


