कैलासबावु श्रेष्ठ/गोरखा
कार्तिक १८ गते । गोरखा सदरमुकामको खोलखोले क्षेत्रमा रहेको एक दि मुनलाईट यूथ क्लबले तिहारको बेला खेलीएको देउसी भैलोबाट उठको रकमबाट मानव सेवा आश्रमलाई सहयोग सामाग्री प्रदान गरेको छ ।

यूवाहरुको सोचमा परिवर्तन ल्याउने गरी क्लबले आश्रमलाई २०/२० थान ज्याकेट, पञ्जा, ट्रयाकसुट, ट्राउजर, टोपी, मोजा दिएको छ भने ६ थान पंखा समेत दिएको क्लबले जानकारी दिएको छ ।

क्लबले आश्रममा नै एक कार्यक्रम गरी उत्त सामाग्रीहरु हस्तान्तरण गरेको मानव सेवा आश्रम गोरखाकी र्सिजन ओलीले जानकारी दिईन । क्लबले साना साना नानी बावुहरुको लागि आवश्यक सामाग्री प्राप्त गर्दा खुशी लागेको भन्दै सहयोग गर्ने क्लबलाई धन्यबाद दिईन ।

तस्बिर र्सिजना ओली




















