कैलासबावु श्रेष्ठ/गोरखा
कार्तिक १८ गते । शुक्रबार साँझपख गोरखाको सिरानचोक गाउँपालिकाको फिनामटारमा ट्याक्टर दुरघटना हुदाँ २ जनाको मृत्यु भएको छ । दुरघटनामा परी १ जनाको घटना स्थलमा र अर्को १ जनाको गोरखा अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
शुक्रबार ४ः४५ बजे भच्चेक बजार देखी दरौदी नदीमा बालुवा लिन आउदै गर्दा ग.१ त ४५४३ नम्बरको ट्याक्टर दुरघटना हुदाँ गोरखा जिल्ला सिरानचोक गाउँ पालिका ५ बस्ने १३ बर्षको अमोल बि.क.को घटना स्थलमा नै मृत्यु भएको थियो भने दुरघटनामा परी गंभिर घाईते भएका सिरानचोक गा.पा.४ का ४५ बर्षिय सुक बहादुर तामाङ्गको गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक भेषराज रिजालले बताए ।
दुरघटनामा परी घाईते भएका अजिरकोट गाउँ पालिका ३ का ३५ बर्षिय गोरे गुरुङ्गलाई भने थप उपचारको लागि चितवन छ । ओरोलो झने क्रममा अनियन्त्रीत भै दुरघटना भएको उत्त ट्याक्टर कच्ची सडक देखी २ सय मिटर तल खसेको छ । दुरघटना के कारणले भयो भन्ने बिषयमा अनुसन्धान भै रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी गराएको छ ।




















