मोहसिन अलि मियाँ/गोरखा
कार्तिक १७ गते । गोरखा क्षेत्र नम्बर २ को निर्वाचनलाई लिएर देश विदेशमा बिभिन्न खाले टिकाटिप्पणी भइरहेका छ । बिभिन्न ब्यक्तिले आफ्नै प्रकारको तर्क र अड्कल समेत गरिरहेका छन । आखिर गोरखा २ को चुनाव कसको पोल्टामा पर्ला ?
सबैको चासो र चर्चाको बिषय बनेको त्यस क्षेत्रमा माओवादी केन्द्रका दुई पूर्व उपाध्यक्षहरु एक आपसमा चुनावी मैदानमा आउनुले पनि प्रतिस्प्रर्धा रोचक बनेको हो । गोरखा २ बाट चुनावमा उठ्नैका लागि बाम गठबन्धन छोडेर काँग्रेस, राप्रपा लगायतका दलको समर्थनमा उम्मेदवार बनेका डाक्टर बाबुराम भट्टराई अहिले बाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठको ठाउको दुखाई बनेको माओवादी केन्द्रका नेताहरु नै बताउँछन् । आफुभन्दा बलिया उम्मेदवार भट्टराईसँग चुनाव लड्नु र आफ्नै पार्टी भित्रबाटै पनि असहयोगको संकेत आउनुले नारायणकाजीले दिन प्रतिदिन चुनौती महाशुस गर्दै गइरहेको उनी निकटका एक नेताले नाम नबताउने शर्तमा गोरखा समाचारसँग भने । यस्ता छन् श्रेष्ठका चार चुनौतीहरु ।
१) बाबुरामको उम्मेदवारी
सोही क्षेत्रबाट यस अघि नै चुनाब जितिसकेका डाक्टर भट्टराई काँग्रेस लगायतका दलबाट साझा उम्मेदवार बनेपछि श्रेष्ठका लागि यो मुख्य चुनौती बनेको छ । भट्टराई आफै गोरखाका लागि ‘ब्राण्ड’ बनिसकेका छन् । भट्टराईको गोर्खाली जनतासँग प्रत्यक्ष रुपमा चिनजान र नजिकमा छन् । अर्थमन्त्री र प्रधानमन्त्री भएका बेला पनि भट्टराईले जिल्लामा गरेको विकासे काम जनताले भुलेका छैनन । मन्त्री र सांसद भइरहँदा पनि कम्तिमा महिनाको एक पटक जिल्ला आएर कार्यकर्ता र जनता भेट्ने र उनीहरुकै घरमा बास बस्ने भट्टराईको कार्यले लोकप्रियता कायम राखेको छ । काँग्रेससँग गठबन्धन गर्नु अघि तालमेल बिनै चुनाव जित्ने दाबी गरेका भट्टराईले गोरखामा बलियो शक्ति काँग्रेसको समेतको साथ पाएपछि उनको जित सुनिश्चत भएको भट्टराई निकट एक नेता दावी गरे ।
ठिक बिपरित,नारायणकाजी श्रेष्ठ गोरखार्ली जनताबाटै टाढा देखिन्छन् । जिल्लाका अधिकाशं घटनाक्रमबाट टाढै रहेका उनी स्थानीय स्तरमा राजनिति गरेका नेता पनि होइनन् । यस अघि मकवानपुरबाट चुनाव लडेका उनलाई धेरै मतदाताले चिनेकै छैनन् । आफुलाई मतदाताले नचिन्नु नै श्रेष्ठको मुख्य चुनौती बनेको छ । उनको तागत भनेको माओवादीको संगठन मात्र हो । गोरखा २ मा गठबन्धनको अर्को घटक एमाले पनि तुलनात्मक रुपमा कमजोर नै देखिन्छ ।
२) माओवादीसँग पुरानो दुश्मनी
माओवादीले २०५२ बाट राज्यसत्ता बिरुद्ध जनयुद्ध चर्काइरहँदा नारायणकाजी भने बिभिन्न आलोचना गर्दै बस्थे भन्ने आरोप उनी माथि लागिरहन्छ । माओवादीले भनेको शहिदको बलिदानलाई ‘महिलाहरुको रजश्वलाको रगत’ भन्दै श्रेष्ठ पत्रपत्रिकामा आलेखहरु लेख्ने गर्थे । त्यहि पुरानो दुश्मनी माओवादीका सच्चा कार्यकताका लागि नाराणयकाजीसँग बदला लिने कारक बन्न सक्ने कतिपयको तर्क छ । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भने भुमिका खेलेका श्रेष्ठ शान्ति प्रक्रिया पछि मात्र माओवादीको सक्रिया राजनितिमा देखिएका थिए । अध्यक्ष पुष्पकमल दाहालसँगको साम्पियताले शिर्ष ३ भित्र अटाएका उनलाई काखि च्यापिएको माओवादी धेरै जसो नेता कार्यकताले सहज रुपमा पचाउन सकेका छैनन् ।
३) ‘जनयुद्ध’ प्रति बाबुरामको ‘लोयल्टी’
रोचक पक्ष त के छ भने, डाक्टर बाबुराम भट्टराईले कम्युनिष्ट पार्टी र माओवादी त्यागेको भए पनि माओवादी जनयुद्ध प्रति सम्मान दर्साउने गरेका छन् । ‘जनयुद्ध त्यतिबेलाको आवश्यकता थियो’ भन्ने उनको अभिब्यक्तिले जिल्ला माओवादी कार्यकताको आत्मसम्मानमा कुनै चोट पुगेको देखिदैन् । माओवादी छाडेर नयाँ शक्ति खोलेको भएपनि स्थानीय स्तरका माओवादी कार्यकर्तासँग बाबुराम अझैपनि उत्तिकै घुलमिल र नजिक देखिन्छन् । यो नै नारायणकाजीका लागि चुनौतीको बिषय बनेको बिश्लेषकहरुको भनाई छ ।
४) पार्टी भित्र आन्तरिक असहयोग
हाल माओवादी भित्र प्रचण्ड पछिको नेता को भन्ने विवाद र प्रतिष्पर्धा भईरहेन तथ्य बेला बखत बाहिरिने गरेको छ । नेता बर्षमान पुन यो खेलमा चलाख र माहिर मिनिन्छन् । नारायणकाजीलाई अगाडीको बाटो ब्लक गर्न उनले अनेक उपाय लगाउदैछन् ।यता कृष्ण बहादुर महरा, जनार्दन शर्मा पनि नारायणकाजी अगाडी बढेको हेर्न नचाहने माओवादीका जिल्ला तहका एक शीर्ष नेताले दाबी गरे । उक्त टोलीले यो निर्वाचनमा एक तिरबाट दुई चरा मार्ने दाउमा लिएको माओवादी स्रोत बताउँछ । यसकारण पार्टी भित्रैबाट असहयोग हुनु नारायणकाजीका लागि चुनौत बनेको छ ।


