×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

मतदाताको घर घरमा उम्मेदवार

  •  
  • शुक्रबार, कार्तिक १७, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    कार्तिक १७ गते । संयुक्त बाम गठबन्न्धन गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार हरिराज अधिकारीले स्थायित्वका लागि बहुमत आवश्यक रहेको बताएका छन । निर्वाचन प्रचार प्रसार एवं मतदाता भेटघाटका लागि गोरखाको धार्चे गाउँपालिका पुगेका माओवादी केन्द्रका ४ नम्बर प्रदेश संयोजक समेत रहेका अधिकारीले आसन्न निर्वाचनमा बाम गठबन्धनलाई बिजयी गराउन मतदाताहरुसँग आग्रह गरेका छन् ।

    मतदाता भेटघाट कार्यक्रममा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रामशरण बस्नेतले बामपन्थीहरुको एकताले जनतामा उत्साह छाएको भन्दै निर्वाचनपछि नयाँ नेपालको शुरुवात हुने दाबी गरेका छन् । यता प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ अन्र्तगत प्रदेश सभा १ का उम्मेदवार तथा नेकपा माओबादीका नेता लेख बहादुर थापा मगर मतदाता भेटघाटका लािग दर्बुङ्ग पुगेका छन् । उम्मेदवार थापा नेतृत्वको टोलीले आजै गण्डकी गाउँपालिकाको फुजेल र दर्वुङमा वडा कार्यालय स्थापना गरेको अखिल क्रान्तिकारीका जिल्ला सचिव राजन आलेले जानकारी दिए । यता क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार नारायणकाजी श्रेष्ठले सिरानचोक गाउँपालिका विभिन्न स्थानका मतदातासँग भेटघाट गरेको उनका सहयोगीहरुले बताएका छन् ।

    उता लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार बाबुराम भट्टराई र प्रदेश २ को ख का उम्मेदवार प्रकाशचन्द्र दवाडी भुकम्पको केन्द्रबिन्दु बारपाक पुगेका छन । बुधबार सिरानचोक गाउँपालिकाको जौवारीमा कार्यक्रम गरेर बारपाक पुगेका उनीहरुले त्यहाँ घर दैलो तथा चुनाबी सभा गरेर अबको आर्थिक बिकास समृद्धीका लागि लोकतान्त्रिक गठबन्धनलाई जिताउन आग्रह गरेका छन् । काँग्रेस नयाँ शक्ति बिचको तालमेल एतिहासिक भएको भन्दै नयाँशक्ति पार्टीका संयोजक समेत रहेका नेता डाक्टर भट्टराई गोरखाली जनताले आफूलाई विश्वास गर्ने बिश्वस्त रहेको दाबी गरेका छन् ।

    बारपाक पुरानो ऐतिहासिक एवं बिरताले प्रसिद्ध पर्यटकिय गाउँ भएको भन्दै भुकम्पपछिको पुर्ननिर्माण तिब्रता दिएर त्यस क्षेत्रको बिकास निर्माण निर्माणमा जोड दिने प्रतिवद्धता व्यक्त गरेका छन् । पहिले काँग्रेस नेतृत्वको सरकारले काम सुरु गरेका सडकहरु शान्ति स्थापना पछि डाक्टर भट्टराई अर्थमन्त्री र प्रधानमन्त्री हुँदा कार्यन्यवन गरेपछि जिल्लाको बिकास निर्माणले गति लिएको भन्दै उक्त काम पुरा गर्नका लागि लोकतान्त्रिक गठबन्धनले जित्नुपर्ने उनीहरुको तर्क छ ।

    त्यसैगरी काँग्रेस तर्फबाट गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार चिनकाजी श्रेष्ठ,प्रदेश सभा ‘क’ का धिरन थापा र ‘ख’ का राजेन्द्र बजगाइँले पनि आफ्नो क्षेत्रमा चुनावी अभियानलाई तिब्रता दिएका छन् । बजगाइँ भिमसेन गाउँपालिकको घर दैलोमा छन् भने थापाले शहिद लखनका मतदातालाई भेटघाट गर्नुका साथै चुनावी सभालाई तिब्रता दिएको नेबिसंघका जिल्ला सदस्य मिलन सिं बस्नेतले जानकारी दिए ।

    लोकतान्त्रिक गठबन्धन तर्फबाट क्षेत्र नम्बर २ को ‘क’ नयाँ शक्तिका उम्मेदवार हरिशरण आर्चाय र बाम गठबन्धकी कमला नहर्कीले घरदैलो र चुनावी प्रचार गरिरहको बताएका छन् । बिबेकशिल साझा पार्टी, देशभक्त जनतान्त्रिक मुक्ति लगायतका दलका उम्मेदवारहरु पनि आ–आफ्नो किसिमले कार्यक्रम गर्दै भोट मागिरहेका छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, कार्तिक १७, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.