नरेन्द्र ढकाल/गोरखा
कार्तिक १७ गते । राष्ट्रपतीले शिलन्यासद्धारा शिलन्यास भएको बारपाकको बहु–चर्चित गोपाल बिकको घरले तेश्रो किस्ता रकम पाएको छैन् । निर्माण सम्पन्न भएको लामो समय भईसक्दा समेत तेश्रो किस्ताको रकम नपाएको गोरखा समाचारसँग कुराकानी गर्दै बिकले गुनासो गरे ‘घर जसोतसो ठड्याए तर तेश्रो किस्ता पाएको छैन् ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले शिलन्यास गरेको उनको घर नै सरकारी डिजाइन बिपरित बनेपछि तेश्रो किस्ता दिन ढिलाई भएको हो । साबिकको बारपाक ४ का बिकले सरकारले सार्वजानिक गरेको डिजाईन बाहिर रहेर घर बनाएका छन् ।‘मलाई कोही इन्जिनियरले नक्सा देखाएको पनि छैन, जो जाने त्यहीँ गरेँ’ बिकले भने । फलामको व्यवसाय गर्दै आएका बिकले छिमेकी नर बहादुर घले सँग मिलेर घरको नक्सा तयार गरेका थिए । उनले बनाएको २ तले घरमा फलामका पाईप राखिएको छ ।‘सुरुमा फलामको फ्रेम बनाए अनि गाह्रो लगाएको हो, विचमा राख्नु पर्ने बन्धनहरु सबै बाँधेको छु’ बिकले भने ।
ट्रष्ट हालेर घर बनाएका बिकले पहिले अनुदान सम्झौता गर्न जाँदा नै आफ्नो योजना सुनाएका थिए ।‘मैले सम्झौता गर्न जाँदा नै मिल्छ भने ट्रष्ट हालेर घर बनाउछु पास नहुने भए किन बनाउने भनेर सोधेको थिएँ’ उनले भने ‘म सँग पिलर हालेर घर बनाउन सक्ने हैसियत पनि थिएन ।’ घर बनाउँदै गर्दा पनि इन्जिनियर प्राविधिकको सहयोग नभएको बताउँदै बिकले आफूले जानेको ज्ञान सिप प्रयोग गरेर बलियो घर बनाएको दाबी गरेका छन् ।
गत २०७३ बैशाख १२ गते भूकम्प स्मृति कार्यक्रममा सहभागि हुने बारपाक पुगेकी राष्ट्रपति बिद्यादेवी भण्डारीले उनको घर शिलन्यास गरेकी थिइन् । जग खनिएको पनि ९ महिना पछि घर बनाउन सुरु बिकले अहिले नयाँ घर ठड्याएका छन् । ‘उहाँले शिलन्यास गर्नुभएको पनि २ वर्ष पछि बल्लतल्ल घर बनाए’ बिकले भने । राष्ट्रपति बाट शिलन्यास हुने भए पछि गएको बैशाख १२ गत विहान हतार हतार जग घनेर सुरु गरिएको घर बर्खाको समय र पैसाको अभावका कारण ढिलो निर्माणमा ढिलाई भएको हो ।
यता घरको मापदण्ड पुगे नपुगेको अनुगमन गर्ने निकाय शहरी बिकास तथा भवन डिभिजनले उक्त घर सार्वजानिक भएको डिजाइन विपरित बने पनि आवश्यक मापदण्ड भने पुरा भएको दाबी गरेको छ । अहिले सरकारले सार्वजानिक गरेको १७ वटा डिजाईन विपरित बनेका घरहरुको पनि अगल÷अलग अध्ययन गरी तेस्रो किस्ताको लागि सिफारिस गर्नुपर्ने भएकाले ढिलाई भएको भवन डिभिजनको तर्क छ । राष्ट्रिय पुर्ननिमार्ण प्राधिकरण जिल्ला समन्यव समितिको सचिवालयका निमिक्त प्रमुख शिव पौडेलले बिकको घरलाई तेश्रो किस्ता दिने बारेमा यस अघि नै छलफल भईसकेको बताएका छन् ।
बिकले घर बनाउँदा दश लाख भन्दा बढि रकम खर्च गरेका बताए । ‘ऋण धन गरेँ, पहिलो दोश्रो किस्ता लिए, घर बनाउन भनी केही रकम जोहो पनि गरेको थिए’ बिकले भने । सरकारले पैसा देला र घर बनाउँला भनेर अरुको मुख ताकेर बसेकाहरुको काम प्रति उनलाई चित्त बुझेको छैन् । समय मै सुरक्षित घर बनाएर बस्न उनले भुकम्प पिडितहरुलाई आग्रह गरको छन् ।


