नरेन्द्र ढकाल/गोरखा
कात्र्तिक १४ गते । आसन्न प्रदेश र प्रतिनिधी सभा निर्वाचनको तयारी तिब्र रुपले अगाडी बढेको छ । उम्मेदवारहरु प्रचासप्रसारमा हिडेसँगै सरोकारवाला निकाय पनि आफ्नो तयारीमा जुटेका छन् । मतदाता शिक्षाका लागि आवश्यक कर्मचारी व्यव स्थापन, मतदान स्थल एवं केन्द्रको अनुगमन, निर्वाचनका लागि आवश्यक सामाग्री लगायतको व्यवस्थापनमा जिल्ला निर्वाचन कार्यालयले प्राथमिकताका साथ काम गरिरहेको जिल्ला निर्वाचन अधिकारी नारायण प्रसाद सापकोटाले जानकारी दिए । ‘हाम्रो सबै ध्यान निर्वाचनका तयारीमा छ, आवश्यक प्रबन्ध गर्न हामी सबै जुटिरहेका छौ’ उनले भने । सोही अनुरुप सोमबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, प्रहरी प्रमुख एसपी प्रकाश अधिकारी लगायत जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले शहिद लखन र गण्डकी गाउँपालिकाका मतदान केन्द्रहरुको अनुगन गरेको छ । उक्त टोलीले स्थलगत रुपमा ती केन्द्रको वस्तोस्थिती, मतदातालाई पायक पर्ने÷नपर्ने, सुरक्षा व्यवस्थापन लगायतका कुरामा जानकारी लिनुका साथै, स्थानीयसँग समेत रायपरामर्श लिएको छ । २८२ मतदान केन्द्र रहेको यहाँ २१३ मतदान स्थल छन्, मतदाताको संख्या र भुगोलका आधारमा एउटै स्थल भित्र दुई वा तिन वटा सम्म मतदान केन्द्रहरु राखिएका छन् । अन्य मतदान स्थलहरुको पनि केही दिन भित्रै अनुमन गरेर सुरक्षा व्यवस्थापनका काम गर्ने प्रशासनको तयारी छ । शीर्ष (भिआईपी) नेतृत्वले चुनाव लड्ने भएपछि अधिकाशं मदतान केन्द्रहरु अतिसंबेदनशिल र संबेदनशिल राखिएको यहाँ सुरक्षा व्यवस्था कडा बनाउन पनि अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।
निर्वाचनको मिति नजिकिदै गर्दा मतदाता शिक्षा कार्यक्रमलाई सुरु गर्ने अन्तिम तयारीमा कार्यालय पुगेको छ । सबै मतदान केन्द्रहरुमा १÷ १ जना मतदाता शिक्षा कार्यकता खटाउने तयारी गरिएको छ । सोका लागि आवश्यक व्यक्ति छनोट भईसकेको छ । यही १५ र १६ गते अभिमुकरण तालिम दिएर उनीहरुलाई कार्यक्षेत्रमा पठाउने निर्वाचनको तयारी छ । ‘मतदाता शिक्षा कार्यक्रम लिएर साथीहरु अब गाउँ÷ गाउँ जाँदै हुन्छ, हामी त्यसको तयारीमा पनि जुटिरहेको छौ’ निर्वाचन अधिकारी सापकोटाले भने । निर्वाचनका लागि आबश्यक म्यादी प्रहरी समेत छनोट गरिएको छ । १८५८ जना म्यादी प्रहरी छनोट गरी उनीहरुलाई तालिम दिन थालिएको प्रहरीले जनाएको छ । तालिम सके लगतै उनीहरुलाई नेपाल प्रहरीसँगै स्थानिय स्तर सम्म घटाउने प्रहरीको तयारी छ । निर्वाचनका सम्पन्न बनाउन आवश्यक कर्मचारी व्यवस्पनका लागि पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले काम लगत संकलन थालिसकेको छ ।
पूर्व प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा उच्च नेतृत्वले चुनावी प्रतिस्पर्धा गर्ने भएपछि सोको अनुगमनका लागि परिवेक्षक सस्थाहरुले समेत तयारी थालेका छन् ।
निर्वाचनको तयारी तिब्र सरोकारवालालाई भ्याई नभ्याई
निर्वाचनको तयारी तिब्र सरोकारवालालाई भ्याई नभ्याई
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


