मोहसिन अलि मियाँ/गोरखा
कात्र्तिक १४ गते । शहिद लखन गाँउपालिका वडा नम्बर ७ र ८ मा खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अक्सफाम र तुलसी मेयर युनेस्को क्लबको आर्थिक एवम प्रविधिक सहयोगमा आयोजना निर्माण भएको हो । साविकको बुंकोट गाविसका बासिन्दा उक्त खानेपानी आयोजनाबाट लाभान्वित हुने तुलसी मेयर युनेस्को क्लबका जिल्ला कार्यक्रम संयोजक हेमराज ढकालले बताएका छन् । ‘पहिलेको बुंकोट गाविसभरका जनता यो आयोजनाबाट लाभान्वित हुने हो, त्यस्तै ८÷९ भन्दा बढि घरधुरीले आयोजनाको पानी उपभोग गर्छन् भन्ने हाम्रो अनुमान छ’
बुंकोट–कोटकाली–बहिखोला–गल्छी खानेपानी आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । करिब साडे ५ करोड रकम लागतमा निर्माण भइरहेको उक्त खानेपानी आयोजनाबाट १ हजार भन्दा बढि घरधुरी लाभान्बित हुने आयोजना निर्माण समितीका अध्यक्ष गुप्त बहादुर केसीले बताएका छन् । आयोजनामा २ लाख जिविस तथा २ करोड खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र ३ करोड ५९ लाख रकम अक्सफाम र तुलसी मेयरको लगानी रहेको बताइएको छ । ‘यो आयोजना बन्न सुरु गरेको त धेरै बर्ष भैसक्यो, धेरै बर्ष पहिला जिविसले दिएको २ लाखले सर्भे गरेका थियौ, त्यसपछि खानेपानी अफिसको २ करोडले काम सुरु गरेका हौ, अनि बजेट अभावले बिचमै काम रोकिए पछि यो संस्थाले ३ करोड ५९ लाखमा सम्झौता गरेर काम सम्पन्न हुने चरणमा छ’ आयोजनाका अध्यक्ष केसीले भने ।
हाल बुंकोटको घरघरमा धारा बनिसकेको बताउदै शहिद लखन गाँउपालिका ७ का वडा अध्यक्ष शरण श्रेष्ठले अब केही दिनमा सबैको घरमा पानी पुग्ने बताउछन् । ‘लगभग काम सक्किसकेको छ, अब बिजुलीको केही काम बाँकी छ, हामी ले विद्युत प्राधिकरणलाई भनिरहेका छौ, त्यो सक्किने बित्तिकै केही दिनमै घरघरमा पानी झर्ने तयारीमा छ’
गाँउमा आयोजना सम्पन्न गर्न सरकारी कार्यालय, अक्सफाम र तुलसी मेयरसंगै रातदिन खटेका गाँउका बुढापाका देखि महिला सबैको प्रयासले सम्भव भएको वडा अध्यक्ष श्रेष्ठको भनाई छ ।
यस अघि खानेपानीको निक्कै समस्या भोगिरहेका बुंकोटवासी घरघरमा पानी आउनेभए पछि निक्कै खुसी भएका छन् । एक गाग्री पानी लिन घण्टौ हिड्नु पर्ने बाध्यता अब नहुने भन्दै स्थानीय निक्कै खुसी भएका छन् । आयोजनाको पानी गाँउमा ल्याउन श्रमदान समेत गरेका उनिहरु धेरै बर्षको सपना पुरा हुने क्रममा रहेको बताउछन । ‘यो आयोजना बनाउन धेरैसंग हारगुहार ग¥यौ, धेरैले आश्वासन पनि दिए, धेरै बर्ष बिचमै काम अलपत्र प¥यो, भुकम्पपछि अक्सफाम र तुलसी मेयरले हाम्रो सपना साकार बनायो’ एक स्थानीयले भने ।
हाल गाँउमा प्रत्येक घरमा धारा निर्माण संगै मिटर समेत जडान भइसकेको परियोजनाका सामाजिक परिचालक राजेश श्रेष्ठ बताउछन् । गाँउमा पानी ल्याउन ५ वटा ट्यांकी निर्माण भएको उनको भनाई छ । बुंकोटको कोटकालीमा निर्माण भएको १ लाख २५ हजार घनमिटरको मुख्य ट्यांकी मार्फत सबैको घरघरमा पानी वितरण हुनेछ ।
बुंकोट खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा
बुंकोट खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















