दिपक जलन/गोरखा
कात्तिक ११ गते । गोरखा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ “क” को बामगठबन्धनको संयुक्त अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । नेकपा माओबादी केन्द्रको पार्टी कार्यलय पाटेचौरमा भएको प्रशिक्षण कार्यक्रममा दुवै पार्टीका नेताहरुले कार्यकर्तालाई निर्वाचनमा होमिन निर्देशन दिएका छन् । प्रशिक्षण कार्यक्रममा बोल्दै माओबादी केन्द्रका सचिवालय सदस्य एवं गोरखा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उमेद्वार हरिराज अधिकारीले गोरखा जिल्लामा गठबन्धनको जित निश्चित रहेको बताउनु भयो । उहाँले माओबादी र एमाले बिचको गठबन्धन निर्वाचनका लागि मात्र नभएर पार्टी एकताका लागि भएको बताउनु भयो ।
प्रशिक्षण कार्यक्रममा बोल्दै बामगठन्धनका नेता, नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य एवं निर्वाचन क्षेत्र नम्बर १ अन्र्तगत प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ का उमेद्वार रामशरण बस्नेतले गठबन्धन नेपाली जनताको आबश्यकता र चाहाना अनुसार बनेको बताउनु भयो । उहाँले अबको निर्वाचनमा एमाले र माओबादी नभनी संगसगै निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिनुभयो । केन्द्रिय सदस्य बस्नेतले गोरखा जिल्लामा स्थानियतहको निर्वाचनमा बामपन्थी गठबन्धनले प्राप्त गरेकोे मत मात्रै सुरिक्षत गरे पनि निर्वाचन सजिलै जित्न सकिने भन्दै सचेत रहन कार्यकर्तालाई निर्देशन दिनुभयो ।
अहिले बनेको काग्रेस देखि राप्रपा र राजाबादी सम्मको गठबन्धनले चुनावमा बामगठबन्धनलाई कुनै असर गर्न नसक्ने भन्दै नव धनाड्यहरु चुनावी मैदानमा रहेकाले पैसाले मत किन्न सक्ने भएकाले सचेत रहन समेत कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । प्रशिक्षण कार्यक्रममा नेकपा माआबोदी केन्द्रका नेता परशुराम रम्तेल, नेतृ सुसिला सिंखडा, एमालेका प्रदेश कार्यालय सदस्य सम्झना देबकोटा लगायतले सम्बोधन गरेका थिए । कार्यक्रम बामगठबन्धन गोरखा क्षेत्र नम्बर १ का निर्वाचन परिचालन समितिका संयोजक एवं माओबादीका पोलिटव्युरो सदस्य कृष्ण धितालको अध्यक्षतामा सम्पन्न भएको हो ।
गोरखा जिल्लामा बामगठबन्धनको जितलाई कसैले रोक्न सक्दैन : श्रेष्ठ
नेकपा माओबादी केन्द्का बरिष्ठ नेता तथा गोरखा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उमेद्वार नारायणकाजी श्रेष्ठ “प्रकाश”ले गोरखा जिल्लामा बामगठबन्धनको जितलाई कसैले रोक्न नसक्ने बताउनु भएको छ । शुक्रबार गोरखा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को १२ किलोबजारमा कार्यालय उद्घाटन तथा संयुक्त बामगठबन्धनको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
नेता श्रेष्ठले गोरखा बामपन्थीहरुको किल्ला भएकाले त्यहाँ जित्ने मात्र भन्दा पनि अत्याधिक मतले बिजयी हासिल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो “अब गोरखा जिल्लामा कम्युनिष्टहरुलाई हार्ने छुट छैन तपाईहरु सवै सक्रिय भएर जनताको घरघरमा पुग्नुहोस ।” संयुक्त प्रशिक्षण कार्यक्रममा उहाँले अहिले माओबादी र एमाले भनेर निर्वाचनमा जाने नभई सिंगो कम्युनिष्ट पार्टी भनेर निर्वाचनमा होमिनु पर्नेमा जोड दिनुभयो ।
नेता श्रेष्ठले माओबादी केन्द्र र एमाले बिचको अहिले गठबन्धन चुनावी तालमेलका लागि मात्र नभएर पार्टी एकताका लागि भएको दावी गर्नुभयो । श्रेष्ठले भन्नुभयो “ नेकपा माओबादी केन्द्र र एमाले बिच अहिले बनेको गठबन्धन चुनावी तालमेलका लागि मात्र होइन यो पार्टी एकताका लागि हो, हामीले यो कुरालाई सवै कार्यकर्ता सम्म पुरयाउनु पर्छ ।” बरिष्ठ नेता श्रेष्ठले गोरखा जिल्लामा गठबन्धनको मजुबत संगठन रहेको भन्दै यथास्थितीबादीहरु परास्त हुने जिकिर गर्नुभयो ।




















