×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

बदर मत घटाउन गोरखामा मतदाता शिक्षा प्रभावकारी बनाइने

  •  
  • शनिबार, कार्तिक ११, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा
    कात्तिक ११ गते । जिल्ला निर्वाचन कार्यालय गोरखाले आसन्न प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनमा मतदाता शिक्षालाई प्रभावकारी रुपमा अघि बढाउने भएको छ । जस अनुसार कार्यालयले जिल्लाभर निर्वाचन शिक्षा कार्यकर्ता खटाउने तयारी गरेको छ । जिल्लाभर रहेका २ सय ८३ मतदान केन्द्रमा एक÷एक जनाको दरले कार्यकर्ता खटिदैछन् । ‘जिल्लाका सबै २ सय ८३ नै मतदान केन्द्रमा मतदाता शिक्षा स्वयम्सेवक खटाउने तयारी अन्तिम चरणमा पुगिसकेको छ, अब केही दिनमा उहाँहरुलाई जिम्मेवारी दिएर पठाउछौ’ जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले भने ।
    जिल्लाभर खटिने निर्वाचन शिक्षा कार्यकर्तालाई आगामी १५ र १६ गते प्रशिक्षण दिने कार्यालयले तयारी गरेको छ । प्रत्येक मतदान केन्द्रमा खटिने शिक्षा कार्यकर्ताको संख्या धेरै भएकाले ६ देखि ८ समुहमा बिभाजन गरेर कार्यालयले एक दिने प्रशिक्षण दिन लागेको जनाएको छ । ‘१५ र १६ गते उहाँहरुलाई प्रशिक्षयण गराएर, त्यै दिनबाट फिल्डमा खटाउछौ’ कार्यालयका सापकोटाले भने ।
    स्थानीय तहको निर्वाचनमा पनि मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाइएको दाबी गरिए पनि धेरै मत बदर भएको भन्दै आलोचना भएको थियो । तर आगामी निर्वाचनमा भने सके सम्म कम मत बदर हुने गरी मतदाता शिक्षालाई अझै प्रभावकारी बनाउन लागिएको सापकोटाको भनाई छ । ‘अघिल्लो चुनावमा केही बढि नै मत बदर भएको हो, यसपाली चाहीँ त्यस्तो हुन नदिन कार्यालयले बिशेष अनुगमन गरी कडाईका साथ मतदाता शिक्षालाई अघि बढाउदै छौ’
    अघिल्लो स्थानीय तहको निर्वाचनमा एउटै मतपत्रमा ७ ठाँउमा मतदान गर्नुपर्ने भएकाले पनि मतदाता भुक्किएको उनको भनाई छ । तर यो निर्वाचनमा भने दुइ वटा मतपत्र हुने र बढिमा ४ जनालाई मात्र मतदान गर्नुपर्ने भएकाले मतदातालाई अन्यौल नहुने कार्यालयका सापकोटा दावी गर्छन् ।
    कार्यालयले जिल्ला समन्वय समिती अन्तरगत स्थानीय तहमा खटिएका सामाजिक परिचालकहरु, स्वास्थ्य स्वयम्सेविका तथा सामुदायिक विद्यालयका शिक्षकहरुलाई मतदाता शिक्षा स्वयम सेवकका रुपमा खटाउन लागेको छ । एक महिनाको अवधी तोकेर उनिहरुलाई कार्यक्षेत्रमा खटाइने कार्यालयको भनाई छ । कम्तिमा एसएलसी पास गरेका र ४५ बर्ष ननाघेकाहरु स्वयमसेवकमा योग्य हुने बताइएको कार्यालयका सापकोटा बताउछन् । ‘पहिलो प्राथकिता जिसस अन्तरगतका सामाजिक परिचालक, त्यसपछि महिला स्वास्थ्य स्वयम्सेबिका त्यसले पुगेन भने बिद्यालयका शिक्षकहरुलाई खटाउने तयारीमा छौ, तर कम्तिमा एसएलसी र ४५ बर्ष ननाघेको हुनुपर्छ भनेका छौ’
    जिल्लामा भएका २ सय ८३ मतदान केन्द्र मध्ये सबैभन्दा कम मतदाता भएको ७१ र बढि १ हजार ६४ जना रहेका छन् । जसअनुसार एक जना शिक्षा कार्यकर्ताले कम्तिमा ७१ जनादेखि १ हजार ६४ जनासम्मलाई मतदाता शिक्षा दिनुपर्ने र प्रत्येक मतदाताको सम्पर्क नम्बर र मतदाता शिक्षा पाएको हस्ताक्षर अनिबार्य गरिएकाले यो पटक मतदाता शिक्षा निक्कै प्रभावकारी हुने कार्यालयको दावी छ ।
    निर्वाचनमा सदर मत प्रतिशत बढाउन तथा बदर मत संख्या घटाउन आयोगले आमसञ्चार माध्यम मार्फत समेत मतदाता शिक्षालाई प्रशारण एवम प्रकाशन गर्ने तयारीमा रहेको जनाएको छ । बदर मत घटाउने कार्यमा स्थानीय तहका जननिर्वाचित साथै राजनीतिक दल र अन्य सरोकार पक्षलाई समेत मतदाता शिक्षामा सहयोग गर्न कार्यालयले आग्रह गरेको छ । १ लाख ८९ हजार ४ सय ४८ मतदाता भएको गोरखामा २ सय १३ मतदान स्थल र २ सय ८३ मतदान केनद्र रहेका छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, कार्तिक ११, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.