×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

बाबुराम र नारायणकाजीभन्दा कम छैनन् प्रदेशका यी उम्मेदवार

  •  
  • बुधबार, कार्तिक ०८, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • केन्द्रमा जस्तै गोरखाको प्रदेशमा पनि रोचक प्रतिस्पर्धा
    विकास मरहट्टा

    प्रतिनिधिसभामा ‘ठूला’ उम्मेदवारहरुबीचको प्रतिस्पर्धा रोचक बनिरहँदा गोरखाका चार प्रदेशमा दुई गठबन्धनको उम्मेदवारको प्रतिस्पर्धा पनि कम्ता पेचिलो छैन । कांग्रेस र नयाँशक्ति सम्मिलत लोकतान्त्रिक गठबन्धनमा कांग्रेसले क्षेत्र नम्बर १ को ‘क’ र ‘ख’ तथा २ को ‘ख’ मा उम्मेदवारी दिएको छ भने २ को ‘क’ मा नयाँ शक्तिका उम्मेदवार छन् ।८ कात्तिक, गोरखा । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सबैको ध्यान अहिले गोरखामा छ । डाक्टर बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीचको प्रतिस्पर्धा बहुप्रतिक्षित छ भने क्षेत्र नम्बर १ मा पनि हरि अधिकारी र चीनकाजी श्रेष्ठबीचको चुनावी भिडन्त दर्शनीय हुने नै छ ।

    त्यस्तै माओवादी केन्द्र र एमाले सम्मिलित वाम गठबन्धनबाट माओवादीले क्षेत्र नम्बर १ को ‘क’ तथा क्षेत्र नम्बर २ को ‘क’ र ‘ख’ मा उम्मेदवारी दिएको छ । एमालेले क्षेत्र नम्बर १ को ‘ख’ मा उम्मेदवारी दिएको छ ।

    वाम र लोकतान्त्रिक गठबन्धनबाट गोरखाका चार प्रदेश क्षेत्रका ८ जना उम्मेदवारलाई यसरी चिन्नुहोस्

    धिरन थापा, नेपाली कांग्रेस
    क्षेत्र नम्बर १, प्रदेश ‘क’

    नेपाली कांग्रेसका महासमिति सदस्य धिरन थापा विद्यार्थी राजनीतिबाट आएका हुन् । ४९ वर्षीय थापा ०६७ सालयता साविकको गोरखा निर्वाचन क्षेत्र नम्बर १ को सभापति छन् ।

    गोरखा नगरपालिका वडा नम्बर ३ नारेश्वरका स्थायी बासिन्दा थापा ०४३ सालदेखि राजनीतिमा लागेका थिए । गोरखा क्याम्पसमा पढ्दादेखि कांग्रेसको राजनीति थालेका थापा ०५७ देखि ०६६ सालसम्म तरुण दल जिल्ला अध्यक्षको भूमिकामा थिए ।

    लेखबहादुर थापा, माओवादी केन्द्र
    क्षेत्र नम्बर १, प्रदेश ‘क’

    लेखबहादुर थापा नेकपा माओवादी केन्द्रका गोरखा जिल्ला अध्यक्ष हुन् । जिल्ला अध्यक्ष पदमा उनी ०६० सालदेखि नै छन् । माओवादीका पोलिटब्यूरो सदस्य थापा बिद्यार्थी तथा जनजाति आन्दोलनबाट उदाएका नेता हुन् ।

    जिल्लाका ‘हेवी वेट’ नेता मानिने ४२ वर्षीय थापा ०५२ सालमा बिद्यार्थी राजनीति सुरु गरेका थिए । तत्कालिन नेकपा माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीको केन्द्री सदस्यता लिएर ०५३ सालदेखि पूर्णकालीन सदस्य रहे ।

    जनयुद्धकालमा ०५४ देखि ०५७ सम्म चार वर्ष जेल जीवन बिताएका उनी माओवादी सेनाको बटालियन कमिसारसम्म बने ।

    राजेन्द्र बजगाईं, कांग्रेस
    क्षेत्र नम्बर १, प्रदेश ‘ख’

    नेपाली कांग्रेसका महासमिति सदस्य राजेन्द्र बजगाईं पनि बिद्यार्थी राजनीतिबाटै आएका नेता हुन् । भीमसेन गाउँपालिकाका स्थानीय बासिन्दा ४५ वर्षीय बजगाईं ८ कक्षा पढ्दाताका नै नेपाल बिद्यार्थी संघको सदस्यता लिएर राजनीति सुरु गरेका थिए ।

    त्यसो त बजगाईंलाई राजनीतिज्ञभन्दा बढी ब्यापारी हुन् । काठमाडौंको सांगि्रला क्यासिनोका सञ्चालक बजगाईं पर्यटन व्यवसायी हुन् ।

    उनी ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल टानका पूर्वमहासचिव हुन् । ठमेलमा उनले गोरखा इन्काउन्टर नामको ट्रेकिङ अफिस छ ।

    माओवादीे आफ्नो लाल किल्ला मान्ने गोरखामा माओवादीलाई चुनौति दिने उम्मेदवारको रुपमा राजेन्द्रलाई लिइएको छ ।

    रामशरण बस्नेत, नेकपा एमाले
    क्षेत्र नम्बर १, प्रदेश ‘ख’

    गोरखाली राजनीतिमा रामशरण बस्नेत अभागी नेताका रुपमा चिनिन्छन् । संगठन कमजोर रहेको गोरखामा एमालेबाट राजनीति गरेर बस्नेत २ वटा चुनावमा पराजित भएका थिए ।

    ०५६ सालको आम निर्वाचन र ०७० सालको संविधानसभा निर्वाचनमा उनी साविकको क्षेत्र नम्बर १ बाट पराजित भएका थिए ।

    गोरखा नगरपालिका ३ घलाङका ५६ वर्षीय बस्नेत पनि बिद्यार्थी राजनीतिबाटै उदाएका हुन् ।

    नेकपा एमालेको बैकल्पिक केन्द्रीय सदस्य रहेका बस्नेत ०३९ सालमा नेपाल राष्ट्रिय स्वतन्त्र होटल मजदूर युनियनको अध्यक्ष बनेपछि भूमिगत बनेका उनी ०४२ सालमा पिपल्स कलेजको अनेरास्ववियू सहसचिवमा चुनिए ।

    ०४६ सालको आन्दोलनमा सक्रिय भूमिका खेलेका बस्नेत घाइते समेत भएका थिए । त्यसयता गोरखाको साविकको नारेश्वर गाविसको अध्यक्ष हुँदै ०५२ सालमा नेकपा एमालेको जिल्ला कमिटी सचिवालय सदस्य भए र निर्वाचन क्षेत्र नम्वर १ को संयोजक पनि बने ।

    जिल्ला कमिटीको उपसचिव, सल्लाहरकार समितिको अध्यक्ष हुँदै दुई पटक जिल्ला कमिटी अध्यक्ष भए ।

    कमला नहर्की, माओवादी केन्द्र
    क्षेत्र नम्वर २, प्रदेश ‘क’

    २०५७ सालमा गोरखा जिल्ला कारगारबाट भागेर चर्चामा आएका १२ माओवादी लडाकूमध्येकी एक हुन् कमला नहर्की । गोरखा नगरपालिका वडा नम्बर १४ देउरालीकी नहर्की ८ कक्षा पढ्दादेखि नै अखिल क्रान्तिकारीबाट बिद्यार्थी राजनीति सुरु गरिन् ।

    १६ वर्षको उमेरमै २०५४ सालमा माओवादीको महिला संगठनमा आबद्ध भएकी उनी २०५५ सालदेखि पार्टीको पूर्णकालीन सदस्य बनिन् ।

    पार्टीको एरिया सदस्य हुँदै, जिल्ला सदस्य, उपब्युरो सदस्य र व्युरो सदस्य भइन् । अहिले उनी पार्टीको पोलिटव्यूरो सदस्य छिन् ।

    नहर्कीले जनमुक्ति सेनामा इञ्चार्ज हुँदै बटालियन कमिसार र बिग्रेड कमाण्डरको रुपमा पनि काम गरिन् ।

    हरिशरण आचार्य, नयाँ शक्ति
    क्षेत्र नम्बर २, प्रदेश ‘क’

    ०७२ सालमा डाक्टर बाबुराम भट्टराईसँगै एमाओवादी छाडेर नयाँ शक्तिमा लागेका हरिशरण आचार्य बिद्यार्थी नेता हुन् । ११ वर्षको उमेरमै ०४६ सालदेखि कम्युनिष्ट राजनीति सुरु गरेका आचार्य ०५४ सालमा माओवादीको पूर्णकालीन सदस्य भए ।

    ०५४ साल पक्राउ परेर सात दिन प्रहरी हिरासतमा रहेका उनी पुन ०५५ सालमा गिरप्तार परेर चार महिना जेलमा बसे । ०६१ सालमा कास्की जिल्लामा नेपाली सेनाले गिरप्तार गरेर आचार्यलाइ १२ दिनसम्म वेपत्ता बनायो ।

    अनेरास्ववियू क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य हुँदै गण्डक क्षेत्रीय संयोजक भएका उनी काठमाडौंलाई कार्यक्षेत्र बनाएर दश बर्ष तमुवान-काठमाडौं सम्पर्क मन्चको अध्यक्ष भएर काम गरे । बाबुरामले नयाँ शक्ति पार्टी बनाएपछि उनी गोरखा क्षेत्र नम्बर २ को इञ्चार्जका रुपमा कार्यरत छन् ।

    अमर तमु, माओवादी केन्द्र
    क्षेत्र नम्बर २, प्रदेश ‘ख’

    ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा गोरखाको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका अमर तमु गोरखाको जनजाति राजनीतिमा सादगी नेताका रुपमा चिनिन्छन् ।

    शहिद लखन गाउँपालिका-९ नाम्जुङमा जन्मिएका तमुले नौ कक्षा पढ्दै गर्दा मोटो मसालसम्वद्ध बिद्यार्थी संगठन अखिलको स्कुल इकाइ सचिव भएर राजनीतिक यात्रा शुरु गरेका थिए । ०४७ सालमा युवालीग गाउँ कमिटी सचिव हुदै उनी होटल मजदुर संगठनको जिल्ला उपाध्यक्षसमेत भए ।

    ०५१ सालमा काठमाडौ-गोरखा सम्पर्क समितिको जिल्ला सदस्य बनेका तमु पार्टीको संगठित सदस्य हुँदै ०५३ सालमा पूर्णकालीन कार्यकर्ता भएर जनयुद्धमा लागे ।

    त्यसयता पार्टीको जिल्ला सदस्य हुँदै जनसरकार प्रमुख, क्षेत्रीय व्युरो सदस्य र तमु राष्ट्रिय मुक्ति मोर्चाको केन्ऽीय अध्यक्षसमेत भए । ०७० सालमा जिल्ला इञ्चार्ज बनेका तमु अहिले माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य हुन् ।

    प्रकाशचन्द्र दवाडी, कांग्रेस
    क्षेत्र नम्बर २, प्रदेश ‘ख’

    नेपाली कांग्रेसका महासमिति सदस्य प्रकाशचन्द्र दवाडी पनि विद्यार्थी जीवनदेखि नै राजनीतिमा प्रवेश गरेका हुन् ।

    अजिरकोट गाउँपालिका ४ सिम्जुङका स्थायी बासिन्दा ४२ वर्षीय दवाडीले ७ कक्षा पढ्दादेखि नै नेपाल बिद्यार्थी संघको सदस्यता लिएका थिए । त्यसयता जिल्लामा रहेर उनी कांग्रेसको राजनीतिमा सक्रिय छन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, कार्तिक ०८, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.