नरेन्द्र ढकाल/गोरखा
कार्तिक ८ गते । भुकम्पको केन्द्रबिन्दु गोरखा बारपाकको अलगाउँ पुरै अन्यौलमा छ । पुर्ननिमार्ण प्राधिकरणले समय सिमा निर्धारण गरेर असार मसान्त सम्म घर बनाउन भने पनि त्यहाँका भुकम्प पडितले घर बनाउन थालेका छैनन् । पहिले करिब २० घर रहेको सुलिकोट गाउँपालिका २ अलगाउँमा भुकम्प पछि छिमेकी गाउँ कोंजेका झण्डै घर शरण माग्न पुगें । ‘हाम्रो पुरानो गाउँ कोँजे भन्ने थियो तल, भुकम्पले पुरै चिराफार भएर बस्न नमिल्ने भएपछि भुकम्प गएकै दिन बैशाख १२ गते देखि यही आएर बसेका छौ’ स्थानीय धनिराम घलेले भने । अरुको जमिनमा अस्थायी टहरा बनाएर बसेका पिडितहरुले पहिलो किस्ताको रकम बुझे पनि घर बनाउने ठाउँ पाएका छैनन् ।
‘हाम्लाई नी भुकम्प प्रतिरोधी घर बनाएर बस्न मन छ, सरकारले दिएको पैसा पनि लिएका छौ, तर घर कहाँ बनाउने घडेरी छैन्’ घलेले भने । बारपाकका स्थानीय ६ जनाको जमिनमा कोँजेका मात्र ३३ घर स्थानीय अहिले अस्थायी रुपले बसिरहेका छन् । उनीहरु सबैको जस्ताले बारेको घर छ । अर्काको जमिनमा बसेकाले सबैले जो सकेको भाडा तिर्छन् । ‘घर नबनाउने भनेर घर नबनाएको होइन मापदण्ड अनुसार कै सुरक्षित घर बनाउछौ तर घडेरी पाईन्’ घलेले दुखेसो पोखें ।

उनीहरुको पुरानो गाउँ कोँजे, अहिले बसेको अलगाउँबाट झण्डै एक घण्टा पैदल दुरीमा पर्छ । जंगलको बीचमा डाडाँको फेदीमा रहेको उक्त गाउँको अधिकाशं जमिन भाँसिएको छ । माथि डाँडा बाट ढुङ्गा झरिरहन्छ । अब त्यहाँ फर्केर जाने मन कसैको छैन्, नजाम बस्ने ठाउँ छैन् । त्यसैले अहिले केहीले जग्गा किनेर अलगाउँमै बस्ने निधो गरेका छन् । आर्थिक अबस्था कमजोर भएकाहरु भने पुनः कोँजे नै फर्कने पनि थालिसकेका छन् ।‘मर्न भन्दा बौलाउन निको भनेर, तल मर्न जानु भन्दा त ऋण गरेर ४÷४ आना जग्गा किनेर यहीँ बस्नुपर्ला भन्ने बिचार गरेका छौ’ घलेले थपे ।
कोँजेको बसाई जोखिमयुक्त हुने भएपछि अहिले बसिरहेको ठाउँमै जग्गा किन्ने बारेमा स्थानीयले छलफल थालेका छन् । तर बारपाकमा बाबु बाजेको पैत्रिक सम्पती बेच्नु हुन्न भन्ने परम्परागत मान्यता र भाउ महंगो भएका कारण जग्गा किन्न समस्या भएको छ ।‘रोपनी ८ लाख भन्छ, ४ आना किनेर भए पनि घर बनाउनै प¥यो कोँजेमा फर्कन मन छैन’ घलेले भने । स्थानीयको पटक÷पटकको आग्रह र छलफल पछि जग्गाधनीहरुले रोपनीको ८ लाखमा उनीहरुलाई जग्गा दिन मौखिक सहमती जनाएका छन् ।
स्थानीयले बस्ती स्थान्तरणका लागि पहल पनि नगरेका होइनन् । तत्कालिन प्रधानमन्त्री केपी शर्मा वली र त्यसपछिका प्रधामन्त्री पुष्पकमल दाहाललाई लिखित रुपमा बस्ती स्थान्तरणको माग गरेका थिए । कोँजेका स्थानीयको उक्त निवेदन कहाँ प्रधानमन्त्रीको कार्यालयमा पुग्यो पुगेन उनीहरुलाई थाहा छैन् । ‘प्रधानमन्त्रीहरु आउँदा हामी सबैले एउटा निवदेन बुझाएको हो, उहाँहरुले केही पहल गर्नुभएन’ घलेले भने । झण्डै ३१ महिना अघि कोँजेबाट अलगाउँ आएका स्थानीय भुकम्प पिडितहरुले पुरानो गाउँको अबस्था बारे चेक जाँच भुगर्भविद्को माग गरेपनि अहिले समम उक्त स्थानमा कुनै पनि भुगर्भविद् पुगेका छैन् ।
यता पुर्ननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका निमिक्त प्रमुख शिवलाल पौडेलले पनि आफूलाई बारपाकको कोँजे गाउँको बारेमा केही थाहा नभएको प्रतिक्रिया दिएको छन । ‘त्यहाँको बस्तीका बारेमा कार्यालयमा केही जानकारी र सुचना छैन, म अध्ययन गरेर समन्वय गर्ने प्रयत्न गर्छ’ पौडेलले भने । काँेजेका बारपाकको मुख्य बस्तीबाट तल दरौदी नदिको किनारमा रहेको बस्ती हो । भुकम्प पछि यो बस्ती पुरै बिस्तापित भएको छ । कोँजे सहित गोरखाका १ दर्जन भन्दा बढि बिस्तापित बस्तीहरुको अबस्था अहिले पनि उस्तै छ ।


