×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

टीकापुर घटना सम्बन्धमा संसदीय समितिमा चर्काचर्की

  •  
  • बुधबार, असोज १२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गृहमन्त्री भन्छन्, ‘दोषी उम्कँदैन, निर्दोष फस्नु हुँदैन’

    – जगदीश्वर पाण्डे, काठमाडौं
    फाईल तस्बिर : कान्तिपुर ।
    ‘झापा विद्रोह गुलेलीले भएको थियो कि बन्दुकले’ मन्सुरले प्रश्न गर्दै भने, ‘माओवादीको दस वर्षे सशस्त्र संघर्षमा १७ हजार मान्छे मरे तर प्रचण्ड प्रधानमन्त्री हुनुहुन्छ । त्यसबेला बालक मरेका थिएनन् ?’

    आश्विन १२, २०७३- सांसदहरुबीच कैलाली टीकापुर घटनालाई लिएर संसदीय समितिमा चर्काचर्की परेको छ ।

    बुधबारको राज्य व्यवस्था समिति बैठकमा सत्तापक्ष नेपाली कांग्रेस, प्रमुख प्रतिपक्षी नेकपा एमाले र मधेस केन्द्रित दलका सांसदहरुबीच आरोप–प्रत्यारोप चलेको हो । समिति बैठकमा एमाले सांसदहरु टीकापुर घटनाका दोषी उम्कन नहुने पक्षमा उभिए भने मधेस केन्द्रित दलका सांसदहरुले राजनीतिक समस्या भएकाले सोहीबमोजिम समाधान गर्नुपर्ने बताएका थिए ।

    एमाले सांसद रामेश्वर फुयालले राज्यविरुद्धको घटनालाई राजनीतिक आडमा माफी दिन नहुने बताए । उनले भने, ‘प्रहरीलाई जलाउने र बालक मार्नेको मुद्दा फिर्ता लिन हुँदैन ।’

    तर, सत्तापक्ष नेपाली कांग्रेस सांसद फरमुल्लाह मन्सुरले कैलाली घटना राजनीतिक भएकाले त्यसैअनुसार समाधान गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘कम्युनिष्टहरु एमाले, माओवादीको सशस्त्र संघर्ष होस् या २००७ सालको जनक्रान्ति किन नहोस् सबै घटना राजनीतिक नै हो, राजनीतिक रुपमै हल गर्नुपर्छ ।’

    ‘झापा विद्रोह गुलेलीले भएको थियो कि बन्दुकले’ मन्सुरले प्रश्न गर्दै भने, ‘माओवादीको दस वर्षे सशस्त्र संघर्षमा १७ हजार मान्छे मरे तर प्रचण्ड प्रधानमन्त्री हुनुहुन्छ । त्यसबेला बालक मरेका थिएनन् ?’

    मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) सांसद रामजनम चौधरीले एमालेले दोहोरो चरित्र देखाएको आरोप लगाए । उनले भने, ‘टीकापुर घटनाका मुद्दा फिर्ताको सम्बन्धमा ओली नेतृत्वको सरकारले प्रक्रिया अगाडि बढाउने भने तर सरकारबाट बाहिरिनेबित्तिकै कुरा फेर्ने, यो दोहोरो चरित्र भएन र !’

    कैलाली र कञ्चनपुरका जनता आफ्नो हकहितका लागि लडेको दाबी गर्दै सांसद चौधरीले राज्यपक्षले एक इन्च पनि पछि हट्दैन भनेपछि टीकापुर घटना भएको उल्लेख गरे ।

    ‘पहाडमा कुरा उठ्नेबित्तिकै पूरा हुने तर तराई/कैलालीका जनताको माग सम्बोधन गर्न राज्यलाई किन यत्रो अप्ठ्यारो’ उनले आक्रोश पोखे ।

    टीकापुर घटनाका बेला थारुहरुको घर गृहप्रशासनको आडमा जलाएको आरोप लगाउादै सांसद चौधरीले भने, ‘गृहमन्त्री वा प्रहरीमाथि कसलाई कारबाही गर्ने ?’

    समिति बैठकमा उपस्थित गृहमन्त्री विमलेन्द्र निधिले भने सरकार र आन्दोलनरत पक्षबीच छलफल र घटनाका विषयमा अनुसन्धान भइरहेकोले उपयुक्त निष्कर्ष निकालिले बताए । पीडितलाई न्याय दिन र पीडकलाई दण्ड दिन सरकार प्रतिबद्ध रहेको भन्दै मन्त्री निधिले भने, ‘टीकापुर घटनाका दोषी उम्कँदैन, निर्दोष फस्नु हुँदैन’

    गत वर्ष भदौ ७ गते भएको टीकापुर घटनामा ८ सुरक्षाकर्मी र १ बालकको ज्यान गएको थियो ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.