×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

‘मृत्युदण्ड’ लाई जितेर फर्कंदै उत्तम

  •  
  • बुधबार, असोज १२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पीडित पक्षले माफी दिएपछि मृत्युदण्डको फैसला कार्यान्वयन भएन

    होम कार्की
    साउदीको राजधानी रियादस्थित धिरामा मृत्युदण्डको सजाय कार्यान्वयन गर्ने सार्बजनिक स्थल । यहाँ साउदीको अदालतले अन्तिम फैसाला सुनाइसकेपछि सार्बजनिक रुपमा मृत्युदण्ड दिइने गरिन्छ ।तस्बिर : होम कार्की/कान्तिपुर

    आश्विन १२, २०७३- साउदी अरबलाई कडा कानुन भएको देशको रूपमा चिनिन्छ । त्यही देशमा एउटा लचिलो व्यवस्था भइदिँदा अदालतबाटै मृत्युदण्डको सजाय पाएका एक नेपाली युवाले माफी पाएका छन् ।

    यसरी ‘जीवनदान’ पाएका छन् पाङराङ ७, पर्वतका उत्तम कुँवरले । उत्तमलाई साउदीको अदालतले आफ्नै सहकर्मीको हत्या गरेको भन्दै मृत्युदण्डको फैसला सुनाएको थियो । कुँवरले ३० सेप्टेम्बर २००९ मा कम्पनीको बासस्थानमा आफ्नै सहकर्मी बलीचौर ७, बागलुङका विष्णुप्रसाद घिमिरेको हत्या गरेका थिए । आफूले फ्रिजमा राखेको एक बोत्तल वियर घिमिरे खाइदिएको निहुँमा भएको झगडा बढदै जाँदा कुँवरले उनको हत्या गरेका थिए ।

    अदालतले सार्वजनिक कानुनअनुसार कुँवरलाई मृत्युदण्डको फैसला सुनाएको थियो । अदालतले ब्यक्तिगत कानुनअन्तर्गत पीडित पक्षको धारणा मागेको थियो । यसमा पीडित घिमिरेको परिवारले कुँवरलाई माफी दिएको थियो । कुँवरले ब्लडमनि बापत घिमिरेको परिवारलाई ११ लाख ७५ हजार रुपैयाँ बुझाएका थिए ।

    पीडित पक्षले माफी दिएको भन्ने व्यहोरा पाएपछि नेपाली दूतावासले अदालतमा गएर कुँवरलाई माफी दिन अनुरोध गरेको थियो । दूतावासको अनुरोधपछि अदालतले उनको मृत्युदण्डको फैसलालाई माफीमा परिणत गरिदिएको हो ।

    ‘कुँवरले साउदीमै बसेर काम गर्न भने पाउने छैनन्,’ कार्यवाहक राजदूत आनन्दप्रसाद शर्माले भने, ‘उनी अब छिट्टै स्वदेश फिर्न पाउने छन् । त्यसका लागि प्रक्रिया अगाडि बढिसकेको छ ।’

    साउदीको राक भन्ने स्थानमा रहेको कम्पनीमा कुँवर खाना बनाउने काम गर्थे भने घिमिरे सोही कम्पनीमा इलेक्ट्रिसियन थिए । कुँवरलाई हाल ताबुकस्थित जेलमा राखिएको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.