×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

‘आन्तरिक मामलामा भारतीय हस्तक्षेप’

  •  
  • बुधबार, असोज ०५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    केपी शर्मा अाेली
    बालकुमार नेपाल
    काठमाडौंः प्रमुख विपक्षी एमालेले सरकारले नेपालको आन्तरिक मामलामा भारतीय हस्तक्षेप निम्त्याएको निष्कर्ष निकालेको छ । मंगलबार बसेको एमाले स्थायी समिति बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले हालै गरेको भारत भ्रमणपछि यस्तो स्थिति आएको ठहर गरेको छ ।
    ‘नेपालले छिमेकीलगायत सबै मित्रराष्ट्रसँग विगतदेखि नै संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलका सिद्धान्त र असंलग्न परराष्ट्र नीतिका आधारमा सम्बन्ध विकसित गर्दै आएको छ ।
    तर वर्तमान सरकारले कूटनीतिमा अन्यथा अर्थ लाग्ने गरी विशेष दूतहरू खटाउने, प्रधानमन्त्रीको भारत भ्रमणका अवसरमा कतिपय मर्यादा-असंगत भेटघाट तथा अभिव्यक्ति दिने जस्ता विषय र भ्रमणका सन्दर्भमा जारी संयुक्त वक्तव्यका कतिपय प्रावधानले नेपालको उपरोक्त नीति र परम्परामाथि आँच पुर्‍याएको विश्लेषण बैठकले गरेको छ’, एमालेको निर्णयमा उल्लेख छ ।
    निर्णयमा भनिएको छ, ‘खासगरी संविधानसँग सम्बन्धित विषयलाई भारतसँग द्विपक्षीय छलफल र संयुक्त वक्तव्यको विषय बनाएर नेपालको आन्तरिक मामिलामा अनावश्यक बाह्य चासो निम्त्याइएको र सबै अन्तर्राष्ट्रिय संघसंस्था एवम् मञ्चमा भारतसँग निकट समन्वय गर्ने एवं प्रमुख अन्तर्राष्ट्रिय मामलामा भारतसँग समान धारणा राख्ने भन्ने प्रावधान उल्लेख गरी नेपालको स्वतन्त्र विदेश नीतिलाई सीमित परा िश्रत गराइएको विषयप्रति एमाले गम्भीर असहमति प्रकट गर्दछ ।’
    बैठकले नेपाल-भारत दुईपक्षीय परियोजनामा अनुगमन नेपाल सरकार र भारतीय दुतावास गर्ने भनि उल्लेख भएकोमा पनि एमाले असहमति जनाएको छ । बैठकले मंगलबार काठमाडौंका दुईवटा विद्यालयमा भएको बम विस्फोट र अन्य विभिन्न स्थानमा विस्फोट गराउने हिसाबले विस्फोटक पदार्थ राखिएको घटनाको निन्दा गरेको छ ।
    बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न विषय समेटेर राजनीतिक प्रतिवेदन पेस गरेका छन् । प्रतिवेदनमाथि बुधबारदेखि बस्ने पार्टी केन्द्रीय समिति बैठकमा छलफल हुनेछ ।
    ‘चीनसँग पारवहन सझौता भएपछि सरकारविरुद्ध षड्यन्त्र’
    आफ्नो नेतृत्वको सरकारले चीनसँग पारवाहन सम्झौता गरेपछि त्यसका विरोधीले षड्यन्त्र सुरु गरेको ओलीले स्थायी समितिको बैठकमा प्रतिवेदन पेस गर्दै भनेका छन्, ‘चीनसँग सम्झौता भएपछि सरकारविरुद्ध षड्यन्त्र सुरु भयो । सरकार बनेदेखि नै कांग्रेस, माओवादी र बाह्य पक्षबीच लगातार सम्पर्क भइरह्यो । चीनसँग पारवहन सम्झौता भइसकेपछि सरकार विस्थापन गर्ने प्रयासले तीव्रता पायो । चैत मध्यदेखि सरकारविरुद्धका गतिविधिमा तीव्रता आयो ।’
    चीनसँगको सम्झौतापछि भारतीय मिडियामा ‘अब नेपाल आफ्नो पकडबाट बाहिर गएको’ र भविष्यमा ‘नाकाबन्दी लगाएर पनि त्यसलाई तह लगाउन नसकिने’ खालका उत्तेजनात्मक प्रचारबाजी भएका पनि ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
    ‘एकातिर कांग्रेसले संसद्मा सशक्त प्रतिपक्ष आवश्यक पर्ने र संसद्का दुई ठूला दल एकैसाथ सरकारमा बस्न नहुने ‘सिद्धान्त’ निर्माण गर्दै राष्ट्रिय सहमतिको सरकारका सबै सम्भावनाको ढोका बन्द गरिसकेको अवस्था थियो । कांग्रेसले त्यो नीति परिवर्तन नगरुन्जेल सहमति सरकारको कुनै सम्भावना थिएन ।
    तर राष्ट्रिय सहमतिको सरकारको एकोहोरो रटान गर्दै सरकारलाई अस्थिर बनाउने प्रयास जारी रह्यो । यद्यपि त्यतिन्जेलसम्म नेपाली कांग्रेस र माओवादी नेतृत्वमा सरकार बनाउन तयार भइसकेको थिएन । माओवादी पनि कांग्रेसको नेतृत्व स्वीकार गरेर अगाडि बढ्न तयार थिएन’, अध्यक्ष ओलीको प्रतिवेदनमा उल्लेख छ ।
    ‘कांग्रेस नेतृत्वमा सरकार बनाउने सोचमा प्रचण्ड सहमत नभएका कारण योजना सफल भएको थिएन । तर बिस्तारै प्रचण्डको नेतृत्व स्वीकारेर भए पनि सरकार बदल्न नेपाली कांग्रेस राजी भयो, उसलाई राजी बनाइयो’ ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
    आफ्नो नेतृत्वको सरकार पार्टीका कमजोरीका कारण नभई बाह्य शक्तिको इसारामा ढलेको ठहर ओलीको छ ।
    भुसालको फरक राजनीतिक प्रतिवेदन
    केन्द्रीय कमिटीमा छलफलका लागि भन्दै उपमहासचिव घनश्याम भुसालले अलगै राजनीतिक प्रतिवेदन दर्ता गराएका छन् । तर बुधबारदेखि नै केन्द्रीय समिति बैठक सुरु हुने भएकाले अर्को स्थायी समिति बैठकमा छलफल गर्ने सहमति भएको छ ।
    पार्टीमा गुटबन्दी अन्त्य गर्न र सक्षम पार्टी निर्माण गर्नका लागि शीर्षक दिएको भुसालको राजनीतिक प्रतिवेदनमा पार्टीलाई गुटका आधारमा सञ्चालन गरिएको, पार्टीका महत्वपूर्ण निर्णयमा स्थायी समिति, सचिवालय केन्द्रीय कमिटीलगायतलाई बाइपास गएिको आरोप उल्लेख छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.