×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

दाहाललाई भारतप्रति उत्साहित नबन्न सुझाव

  •  
  • बुधबार, असोज ०५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाइल तस्बिर
    रेवती सापकोटा
    काठमाडौः नेकपा माओवादी केन्द्रका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतप्रति धेरै उत्साहित नहुन सुझाव दिएका छन् । भारतको चारदिने राजकीय भ्रमण पूरा गरी स्वदेश फर्किंदा निकै उत्साहित देखिएका प्रधानमन्त्री दाहाललाई उनको पार्टीका वरिष्ठ नेताहरूले नेपाल मामिलामा भारतीय रणनीति परिवर्तन नभएको भन्दै उत्साहित नबन्न सुझाव दिएका हुन् ।
    केन्द्रीय कार्यालयको मंगलबारको बैठकमा बोल्ने नेताहरूले भारतसँग सम्बन्ध सुधार गर्ने प्रयासमा जोड दिए पनि प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा प्राविधिक त्रुटिहरू औंल्याएका थिए ।
    वैदेशिक मुद्दामा भारतसँग सहकार्य गर्ने सहमतिले अन्तर्राष्ट्रिय समुदायलाई चिढ्याएको, भारतीय परियोजनाको अनुगमन दूतावास र सरकारले गर्ने भनेर भारतीय हस्तक्षेप निम्त्याइएको र संविधान निर्माणको विषयलाई वक्तव्यमा राखेर भारतलाई आन्तरिक राजनीतिमा भित्र्याएको आरोप नेताहरूले लगाएका थिए ।
    ‘भारत जुन ठाउँमा थियो, त्यही ठाउँमा छ । रणनीतिक रूपमा भारतले आफ्नो नीतिमा कुनै परिवर्तन गरेको छैन । भारतले नेपाललाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याएको ठान्नु सत्य हुँदैन-, नेता नारायणकाजी श्रेष्ठलाई उद्धृत गर्दै एक नेताले अन्नपूर्णसँग भने, ‘संविधान निर्माणमा भारतले स्वागत गरेको छैन । तर पनि हामीले भारतसँग राम्रो सम्बन्ध बनाउन प्रयत्न गरिराख्नुपर्छ ।’
    बैठकमा नेताहरू टोपबहादुर रायमाझी, अग्नि सापकोटालगायतले भारतले गर्ने व्यवहार नहेरीकन उत्साहित हुनुको अर्थ नरहेको बताएका थिए । ‘अहिले धेरै उत्साहित हुनुभन्दा व्यवहारलाई हेर्नुपर्छ । व्यवहारमा अभिव्यक्त भएमा राम्रो हुन्छ । कार्यान्वयनमा गएपछि उत्साहित भए हुन्छ तर अहिले नै उत्साहित हुनु आवश्यक छैन-, नेताहरूले प्रधानमन्त्रीलाई दिएको सुझाव उधृत गर्दै हरिबोल गजुरेलले भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्दा पनि हामी निकै उत्साहित थियौं, परिणाम नाकाबन्दी भोग्नुपयो । त्यसैले अहिले प्रधानमन्त्री धेरै उत्साहित बन्न जरुरी छैन । भारतले जे भन्छ त्यो मान्नुपर्छ भन्ने छैन ।’
    भारतसँग संयुक्त वक्तव्यमा जारी गर्ने क्रममा प्राविधिक शब्दमा ख्याल नगरेको भन्दै नेताहरूले प्रधानमन्त्री दाहालको आलोचना गरेका थिए । आफ्नो भारत भ्रमण सफल भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले बैठकमा आफूप्रति शंका नगर्न नेताहरूको ध्यानाकर्षण गराएका थिए । ‘संयुक्त वक्तव्य राष्ट्रहितमा छ । राष्ट्रहितविरुद्धमा छैन । धेरै आशंका गरिराख्नु पर्दैन-, प्रधानमन्त्री दाहालले भनेका थिए ।
    नेता श्रेष्ठले अन्नपूर्णसँग भने, ‘हाम्रो पार्टीले प्रधानमन्त्रीको भारत भ्रमण सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ । पार्टीका आन्तरिक विषयमा थप बोल्न मिल्दैन ।-
    बैठकमा दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीसँग आफ्नो कुराकानी भएको जानकारी गराएका थिए । ‘लोकमानसँग मेरो कुरा भयो । आशंकाहरू दुर भएका छन् । एमालेले जालझेल, षड्यन्त्र गर्न थालेको पाइयो । एमालेले अख्तियारमार्फत अप्ठ्यारो पार्न खोजेको बुझियो-, दाहाललाई उद्धृत गर्दै गजुरेलले भने ।
    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क भ्रमण गर्ने कार्यक्रम स्थगित गर्नुको कारण प्रस्ट्याउँदै बैठकमा दाहालले भनेका थिए, ‘भारतबाट फर्कंदै गर्दा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नजाने कि भन्ने मानसिकता बनाउँदै आएको थिए । यहाँ आएपछि पनि मधेसी मोर्चालगायत सबैको नेपालमै रहनु उपयुक्त हुने सुझाव आयो त्यही भएर त्यो भ्रमणलाई स्थगित गरिएको हो ।’

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.