×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

अष्ट्रेलियाको प्रतिष्ठित पुरस्कार नेपाली युवालाई

  •  
  • बुधबार, भदौ २९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भाद्र २९, २०७३- अष्ट्रेलियाको शिक्षा क्षेत्रमा प्रदान गरिने यस बर्षको प्रतिष्ठित पुरस्कार नेपाली युवाले पाएका छन् ।  मंगलबार अष्ट्रेलियाली सरकारको शिक्षा विभागले पुरस्कारको घोषणा गरेको हो ।

    विभागले गरेको घोषणा अनुसार रसुवा घर भई क्विन्सल्याण्डको सनसाईनकोष्टमा अध्यापन गराइरहेका रत्न पौड्यालले यस पुरस्कार पाउने भएका हुन् । सम्मानसँगै उनले १० हजार डलर करिब ९ लाख रुपैयाँ बराबरको पुरस्कार समेत पाउनेछन् । विभिन्न विश्वबिद्यालयमा अध्यापन गराईरहेका केही प्राध्यापकहरुलाई प्रदान गरिएको यो पुरस्कार पाउने उनी एक्लो नेपाली हुन् ।

    प्रत्येक बर्ष अष्ट्रेलियाभरी रहेका विश्वविद्यालयमा अध्यापन गराइरहेका प्राध्यापकहरुलाई प्रदान गरिने यो शिक्षा क्षेत्रमा दिई्ने विशेष सम्मान हो । ‘अष्ट्रेलियन अवार्ड फर युनिभर्सिटी टिचिङ’ नाम दिइएको यो पुरस्कार पाउने पौड्याल पहिलो नेपाली बनेका छन् । विभागले प्रत्येक बर्ष विश्वबिद्यालयहरुमा अध्यापन गराउने प्राध्यापकहरुले शिक्षाको माध्यमबाट पुर्‍याएको बिशेष योगदानलाई मुल्यांकन गर्दै यो पुरस्कार वितरण गर्ने गरेको हो ।

    पौड्याललाई शिक्षाको माध्यमबाट बिद्यार्थीहरुलाई आत्मनिर्भर बनाउन मद्दत पुर्‍याएको, शिक्षा पश्चात रोजगारका लागि सहयोग पुरयाएको, बिद्यार्थी केन्द्रित शिक्षा प्रदान गरेको भन्दै उनलाई यो पुरस्कार दिइएको उल्लेख गरिएको छ ।

    रसुवाको सामान्य परिवारमा जन्मिएर करिब ९ बर्षअघि विद्यार्थी भिषामा अष्ट्रेलिया आएका पौड्यालले ६ बर्षअघिदेखि अध्यापन सुरु गरेका थिए । युनिभर्सिटी अफ वेष्र्टन सिड्नी र युनिभर्सिटी अफ साउदर्न क्विन्सल्याण्डमा अध्यापन गराइसकेका उनी अहिले युनिभर्सिटी अफ द सनसाईनकोष्टमा एकाउन्टिङ बिषयका प्राध्यापक हुन् । रसुवाको स्थानीय सरकारी बिद्यालय कालिका माविमा अध्ययन गरेका उनले आफूले पाएको अवार्डले यहाँ रहेका नेपाली र समग्र नेपाललाई चिनाउन थप मद्दत पुर्‍याएको बताए ।

    ‘एक नेपाली भएर यो किसिमको राष्ट्रिय पुरस्कार पाउनु भनेको सामान्य कुरा हैनजस्तो लाग्छ,’ पुरस्कार घोषणा भएपछि कान्तिपुरसँग कुरा गर्दै पौड्यालले भने, ‘यसको श्रेय म मेरो देश, मेरा गुरुहरु, बाआमा, साथीभाइ र सबै विद्यार्थीहरुलाई दिन चाहन्छु ।’ उनले आफुले विशेषत: रसुवा जिल्लाको शिक्षा सुधारको लागि गर्नसक्ने सबै कार्यहरु गर्ने बताए ।

    नेपाली भाषा प्रमुख भाषा भएको व्यक्ति अष्ट्रेलियाजस्तो देशमा आएर शिक्षा क्षेत्रको सम्मानित पुरस्कार पाउँदा आफूलाई अझ धेरै गर्न प्रेरणा र हौसला मिलेको उनले सुनाए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, भदौ २९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.