चालक दल र १६० यात्रु सबै सकुशल
दिल्लीबाट काठमाडौंका लागि उडेको नेपाल वायुसेवा निगमको विमान आकस्मिक अवतरण गरिएको छ ।
१६० यात्रु लिएर राति ८ बजे काठमाडौंका लागि उडेको आरए २१८ विमानमा समस्या आएको थियो ।
उडान भरेको ३२ मिनेटमै विमानमा समस्या आएपछि विमानलाई आकस्मिक रूपमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरिएको थियो।
विमानको पखेटा नखुलेको बताइएको छ। यसैबीच अवतरण गर्ने क्रममा विमानको टायरसमेत पडि्कएको वायु सेवा निगम स्रोतले जनाएको छ।
विमानमा सवार सबै चालक दल र यात्रुहरु सकुशल रहेको जनाइएको छ।
setopati




















