×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित

  •  
  • बुधबार, भदौ २२, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सन्तोष घिमिरे

    काठमाडौ: अर्को महिना हुने भनिएको चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल यात्रा स्थगित भएको छ । त्यो आशयको निर्णय हालै चिनियाँ राजदूत ऊ चुन्ताईले तीन दिनपहिले नेपालका उच्च नेतृत्वलार्इ अवगत गराएको स्रोतले उल्लेख गरेको छ ।
    चीनले नेपालका तर्फबाट भ्रमणसम्बन्धमा आवश्यक तयारी नगरिएको र चीनसँग नजिकिँदै गएको नेपालसम्बन्धप्रति नयाँ सरकारको प्रतिबद्धता नदेखिएको उसको बुझाइसमेत अवगत गराएको छ । अब चिनियाँ राष्ट्रपति सी सन् २०१६ (२०७३ पुसमध्य) भित्र नेपाल आउने सम्भावना टरेको छ ।
    ‘चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको अनौपचारिक जानकारी आएको छ’, एक उच्च सरकारी अधिकारीले मंगलबार अन्नपूर्णसँग भने ।
    प्रधानमन्त्री पुष्पकमल दाहाल निकट स्रोतले चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको सम्बन्धमा अनौपचारिक जानकारी आएको पुष्टि गरेको छ ।
    यद्यपि परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको सम्बन्धमा कुनै जानकारी नआएको अन्नपूर्णलाई प्रतिक्रिया दिए । ‘चिनियाँ राष्ट्रपतिको भ्रमण असोजमा हुन्छ भन्नेमा सरकार विश्वस्त छ’, उनले भने ।
    बेइजिङ्ले राष्ट्रपति सीको सम्भावित नेपाल भ्रमण निश्चित गर्ने÷नगर्ने विषयमा सूक्ष्म रूपमा अध्ययन गरिरहेको थियो ।
    तीन कारणः
    –पर्याप्त तयारी अभाव
    –वन बेल्ट वन रोडमा नेपालको प्रतिबद्धता कमजोर
    –केपी ओलीसँग भएका सम्झौता कार्यान्वयनमा गृहकार्य अभाव
    चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका लागि तीनवटा सम्भावित मितिहरूमा कूटनीतिक र राजनीतिक तहमा कुराकानी चलिरहेको थियो ।
    असोज २९ र ३० (अक्टोबर १५ र १६) मा भारतको गोवामा हुने ब्रिक्स सदस्य देशहरूको शिखर सम्मेलनमा जानु एक वा दुई दिनअघि नेपाल भ्रमण गर्ने वा शिखर सम्मेलन सकेर फर्किने क्रममा नेपाल भ्रमण गर्ने सम्भावना थियो ।
    छलफलका क्रममा चिनियाँ पक्षले असोज २२, २३ या २४ गते (अक्टोबर ८, ९ या १०) मध्ये कुनै एक दिन राष्ट्रपति नेपाल भ्रमणमा आउन सक्ने अर्को सम्भावित मिति प्रस्ताव गरेको थियो ।
    डिसेम्बर दोस्रो साता राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने गरी चिनियाँ पक्षले आन्तरिक गृहकार्य समेत गरेको भए पनि हालका लागि तयारी रोकिएको बेइजिङस्थित स्रोतले बतायो । ‘तर यी तीनवटै प्रस्तावित मितिमा राष्ट्रपतिको भ्रमण हुनेछैन’, स्रोतले भन्यो ।
    राष्ट्रपति सीको नेपाल भ्रमणको तयारीअन्तर्गत एक महिना पहिले नेपाल आएको चीनको स्टेट काउन्सिल मातहतको प्रभावशाली ‘थिंक ट्यांक’ चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्स (सिआइसिआइआर) का अध्यक्ष जी चिए नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्रपति सीको भ्रमण असोजमा हुने प्रधानमन्त्री दाहाललगायत उच्च राजनीतिक तहमा जानकारी गराएको थियो ।
    सिआइसिआइआरका अध्यक्ष जीले राष्ट्रपति सीको भ्रमण सफलताका लागि नेपालका तर्फबाट पर्याप्त गृहकार्य गर्नुपर्ने तथा चिनियाँ सम्बन्धित मन्त्रालयसँग सघन सम्पर्कमा रहनुपर्ने सञ्चारकर्मीसँग बताएका थिए ।
    चीन अध्ययन केन्द्रले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष जीले राष्ट्रपति असोजमा नेपाल आउन चाहेको बताएका थिए ।
    प्रधानमन्त्री दाहालको विशेषदूतका रूपमा बेइजिङ गएका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको चीन भ्रमणका क्रममा भएका भेटमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र विदेशमन्त्री वाङ यीले सन् २०१६ भित्र उच्चस्तरीय नेपाल भ्रमण हुनसक्ने बताए पनि राष्ट्रपति सीको नै भ्रमण हुनसक्ने स्पष्ट बताएका थिएनन् ।
    भेटहरूमा चिनियाँ राष्ट्रपतिको भ्रमण सफल पार्न चिनियाँ विदेशमन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालयले निकट रही गृहकार्य गर्ने सहमति बनेको थियो ।
    नेपाल फर्केपछि मन्त्री महराले चिनियाँ राष्ट्रपतिको भ्रमण सुनिश्चित भएको दाबी गरेका थिए । महराले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको ठोस मिति चाँडै तय हुने बताएका थिए ।
    विशेषतः चीनले आफूले अघि सारेको ‘वान बेल्ट वान रोड’ अवधारणामा नेपालको सक्रिय सहभागिता खोजेको छ । यसका लागि चीनले नेपालसँग ‘वान बेल्ट वान रोड’ मा बृहत्तर समझदारी पत्र (एमओयु) गर्न चाहेको कूटनीतिक च्यानलमार्फत बताइसकेको छ ।
    ‘चिनियाँ राष्ट्रपतिको भ्रमण भएको भए उक्त एमओयुमा हस्ताक्षरको विषय प्रमुख हुनसक्ने थियो’, एक उच्च सरकारी अधिकारीले भने । यसअन्र्तगत नेपालले रेल, सडक र पूर्वाधार विकासका लागि ठूलो राशिको चिनियाँ अनुदान सहयोग पाउने निश्चित थियो । नेपालले ‘वान बेल्ट वान रोड’ अवधारणाअन्र्तगतको ‘सिल्क रोड इकोनोमिक बेल्ट’ परियोजनामा सहभागी हुन प्रारम्भिक स्तरको एमओयुमा भने सन् २०१४ डिसेम्बरमा हस्ताक्षर गरिसकेको छ ।
    पूर्वप्रधानमन्त्री ओलीको भ्रमणमा जारी संयुक्त वक्तव्यमा नेपाल र चीनबीचका द्विपक्षीय परियोजनाहरू वान बेल्ट वान रोड अवधारणाअन्र्तगत रही अघि बढाउन सहमति भएको उल्लेख छ ।
    भ्रमणमा पारवहन लगायत ऐतिहासिक सम्झौता चीनसँग सम्पन्न भए पनि नेपालले अझै पनि सम्झौताको कार्यान्वयनका लागि ‘प्रोटोकल’ हरूमा हस्ताक्षरका लागि पर्याप्त गृहकार्य गर्न सकेको छैन । ओलीको भ्रमण भएका सम्झौता कार्यान्वयनका लागि सरकारले आश्वस्त गर्न नसक्नु पनि चिनियाँ राष्ट्रपति भ्रमण स्थगित हुनुको कारण रहेको बताइएको छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, भदौ २२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.