भाद्र २१, २०७३- बुटवलकी ३५ वर्षीय रमा गुरुङको हृदयघात भई सोमबार बिहान कुवेतमा मृत्यु भएको छ । उनी ७ वर्षदेखि कुवेतमा कार्यरत थिइन् ।
कुवेतमा कार्यतर सिन्धुपाल्चोकका हरिकृष्णा न्यौपानेका अनुसार उनको आफ्नै कोठामा मुत्यु भएको हो । उनी कुवेतको जिलिपस्थित नासेर स्पोर्टस् कम्पनीमा सेल्स गल्र्सको रुपमा काम गर्दै आएकी थिइन् ।
आइतबार राति ड्यूटी सकेर फर्किने बेला कोठानजिकै पानी पिउने क्रममा उनी ढलेकी थिइन् । उनलाई त्यहाँबाट एक साथीले बोकेर कोठासम्म पुर्याएका थिए । केही समयमा अरु साथीहरु पुग्दा मृत अवस्थामा फेला परेको थियो ।
उनको शवलाई स्थानीय अस्पतालमा राखिएको छ ।
उनीसँगै बस्ने पूर्णिमा गुरुङका अनुसार रमा दमकी रोगी थिइन् ।
ekantipur




















