×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

अमेरिकामा जारी आइयुसिएनको विश्व सम्मेलनमा अफ्रिकी मुलुकले गरे नेपालको प्रशंसा

  •  
  • मङ्गलबार, भदौ २१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बिसिएनले नवलपरासीमा खाेलेकाे जटायु रेष्टुरेन्टमा अाहरा खाँदै गिद्ध ।तस्बिर स्राेत : बिसिएन नेपाल

    अब्दुल्लाह मियाँ, हवाई (अमेरिका)

    नेपालले गरेका गिद्ध संरक्षणको अनुभवबाट सिक्ने

    भाद्र २१, २०७३- सरकारी अधिकारी र संरक्षण सहयोगी संस्थाका अधिकारी त्यतिबेला हर्षित भए, जब अफ्रिकी मुलुकहरुले गिद्ध संरक्षणमा नेपालको सफलताबारे मुक्तकण्ठले गुणगान गाए ।

    पाँच दिनदेखि पर्यटकीय सहर हवाईको होनोलुलुस्थित् हवाई कन्भेन्सन सेन्टरमा चलिरहेको अन्तर्राष्ट्रिय प्रकृती संरक्षण संघ (आइयुसिएन) को विश्व सम्मेलनमा अफ्रिकी मुलुकहरुले गिद्ध संरक्षणमा नेपालले प्राप्त गरेको सफलताबारे चासो राख्दै त्यसैको सिको (फलो) गर्ने पनि घोषणा गरे ।

    ‘आफूले गरेको काममा विश्वलेसमेत चासो देखाउँदा साँच्चिकै खुसी लाग्दो रहेछ,’ सम्मेलनका दौरान गिद्ध संरक्षणबारे नेपालको सिकाइबारे प्रस्तुति दिएका राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक डा. महेश्वर ढकालले सोमबार नेपाली पत्रकारहरुसित भने, ‘यसले साँच्चिकै हाम्रो संरक्षण सही दिशातिर गइरहेको रहेछ भन्ने सन्देश र थप हौसला पनि मिलेको छ ।’

    एसियाली मुलुकहरुमै गिद्ध संकटमा परिरहेका बेला नेपालले सन् २००६ देखि गिद्ध संरक्षणबारे अभियान सुरु गरेको हो । सरकारले त्यतिबेला नै गिद्ध संरक्षणका लागि सरोकारवाला निकायहरुसँगको सहकार्यमा कार्ययोजना बनाएर अघि बढ्न थालेको हो ।

    ‘नेपालले १० वर्ष अघि नै प्रतिबन्ध लगाएको डाइक्लोफेनेकको प्रयोगलाई विश्वभर बन्देज गर्ने मुद्दा बल्ल आएर आईयुसिएन सम्मेलनमा एउटा प्रस्तावका रुपमा आएको छ । यसले पनि हामी गिद्ध संरक्षणमा अग्रणी छौं भन्ने पुष्टि हुन्छ,’ निकुञ्ज विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले भने ।

    सरकारले २०६३ जेठ २३ देखि डाइक्लोफेनेकको आयातमै रोक लगाएको थियो र त्यो बेच्ने, उत्पादन गर्ने र भण्डारण गर्नेलाई ५ हजार रुपैया“ जरिवानासमेत तोकेको छ । ‘त्यसको सट्टामा त्यतिबेलैदेखि ‘मेलोक्सिक्याम’को आविष्कार गरी प्रवद्र्धन गरिएको छ ।

    त्यसले गिद्धलगायत चराचुरुङ्गीलाई कुनै असर नगर्ने भएकाले संरक्षणमा मात्र सहयोग गरेन संख्या बढाउन पनि मद्दत पुग्यो,’ सम्मेलनका दौरान डा. ढकालले अफ्रिकी अधिकारीलाई सुनाए ।

    उपमहानिर्देशक डा. ढकालका अनुसार नेपालले सन् २००६ पछि स्थानीय समुदायको पहल र सक्रियतामा सरोकारवाला  सरकारी निकाय, गैरसरकारी संस्था र संरक्षणकर्मीको सहकार्यमा विभिन्न जिल्लामा गिद्ध सुरक्षित क्षेत्र (भल्चर सेभ जोन) कार्यक्रम सञ्चालन गरिरहेको  छ ।
    ‘स्थानिय समुदायसँग मिलेर गरिएका तिनै कामले गर्दा गिद्ध संरक्षणमा हामीले अन्तर्राष्ट्रिय सफलता हात पार्न सफल भयौं,’ डा.ढकालले थपे, ‘हाम्रो सिकाईमा अफ्रिकी मुलुकहरुले चासो देखाउनु गर्वको कुरा हो ।’

    गिद्ध संरक्षणबारे डा. ढकालसहित गिद्धलगायत चरा संरक्षणमा काम गरिरहेको पन्क्षी संरक्षण संघ (बीसीएन) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. नरेन्द्रमानबाबु प्रधानले प्रस्तुती दिएका हुन् ।

    ‘स्थानीयस्तरमा समुदायसँग मिलेर काम गर्न थालेपछि गिद्धको संख्या पनि बढ्दै गयो,’ अफ्रिकी करिब २० देशका अधिकारी र संरक्षणकर्मी तथा सरोकारवाला सहभागी कार्यक्रममा ढकालले भने, ‘हाम्रो सफलताको कडी त्यही हो, त्यसमा सरकारले पनि  सहयोग र सहकार्यका लागि कत्ति पनि कन्जुस्याई गरेन ।’ त्यो प्रस्तुती सुनेका अफ्रिकी मुलुकका प्रतिनिधीहरुले तत्कालै नेपाली सिकाइको अनुशरण गर्ने घोषणा गरे ।

    सन् १९९० को मध्येदेखि नेपाल, भारत र पाकिस्तानमा गिद्धको संख्या घट्नुको मुख्य कारण घरपालुवा पशुको उपचारमा प्रयोग हुने ‘डाइक्लोफेनेक’ भएको सन् २००४ मा पुष्टि भएको थियो । पेरिग्राईन कोषले भारतका जंगलमा मरेका २ सय १९ वटा गिद्धको अनुसन्धान गर्दा ८५ प्रतिशत गिद्धको भित्री अंगमा युरिक एसिडका पत्थर जम्मा भएको थाहा भयो र मृगौलाले काम गर्न नसकेपछि गिद्ध भकाभक मरेको पुष्टि भयो ।

    मृगौला परिक्षण गर्दा डाईक्लोफेनेकको अवशेष पाईएपछि त्यो घातक प्रमाणित भएको हो । ३० मिलिलिटर डाईक्लोफेनेक प्रयोग भएको पशुको सिनो खा“दा ३५० देखि ८ सय गिद्ध मरेको अध्ययनले देखाएको थियो ।

    ‘लोपोन्मुख गिद्धलाई डाईक्लोफेनेकरहित शुद्ध आहार उपलव्ध गराई संरक्षण गर्ने उद्देश्यले शुद्ध आहार खुवाउन आहार केन्द्र खोलियो,’ डा.प्रधानले अफ्रिकी अधिकारीलाई सुनाए, ‘त्यसले मृत्युदर घट्यो र संख्या पनि बढ्यो ।’

    सन् २००६ देखि सामुदायिक वन उपभोक्ताको सक्रियतामा बिसिएनले नवलपरासीमा जटायु रेष्टुरेन्ट खोल्यो भने अहिले रुपन्देहीको गैडहवा, दाङको लालमटिया, कञ्चनपुर, कास्कीलगायतका जिल्लामा पनि त्यस्तै रेस्टुरेन्ट खोलिएको छ । ती रेस्टुरेन्टमा मान्छेका लागि नभई गिद्धको आहार राखिन्छ । वृद्ध र असक्त पशु संकलन गरिन्छ र ती मरेपछि वा मर्नुअघि काटेर गिद्धको आहारमा प्रयोग गरिन्छ ।

    नेपाल दक्षिण एसियाली मुलुकमध्येमा पनि गिद्ध संरक्षणमा अग्र स्थानमा छ । भारत, पाकिस्तानभन्दा पनि पहिला नेपालले गिद्ध संरक्षणमा सफलता हात पारेको हो । त्यसैले अहिले गिद्ध संरक्षणसम्वन्धि क्षेत्रीयस्तरको समितिको नेपालले नेतृत्व (अध्यक्षता) गरिरहेको छ ।

    बीसीएनका कार्यकारी अधिकृत प्रधानले सन् २००२ देखि २०१५ सम्मको ‘राजमार्ग ट्रान्सेक्ट सर्भे’बाट डंगर गिद्ध ९९.७, सानो खैरोगिद्धको मृत्यु दर ९८ प्रतिशतले घटेको बताए । आईयुसिएनले नेपालमा पाईने सानो खैरो, डंगर, लामो ठू“डे र सुन गिद्धलाई अति संकटापन्न र सेतो गिद्धलाई संकटापन्न सूचीमा सूचीकृत गरिएको छ ।

    ‘हामीले गरिरहेको गिद्ध संरक्षण कार्यक्रम विश्वकै लागि अनुकरणीय, चासो र अनुसन्धानको विषय हो भन्ने हवाईमा पुष्टि भयो,’ डा.प्रधानले भने ।

    गिद्धको संख्या बढाउने उद्देश्यले सहयोगी संस्थाहरुसंग मिलेर सरकारले चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा सन् २००८ मा ‘गिद्ध प्रजनन केन्द्र’ (कृत्रिम बच्चा कोरल्ने स्थान) स्थापना गरेको थियो । त्यसबारे पनि अफ्रिकीहरुलाई नेपाली अधिकारीले जानकारी गराए ।

    ‘केन्द्रमा हुर्काइएका दोस्रो पुस्ताका गिद्धलाई सुरक्षित प्राकृतिक वातावरणमा छाडिन्छ,’ प्रस्तुतीका क्रममा प्रधानले थपे, ‘त्यसले पनि हामीकहाँ गिद्धको संख्या बढ्न सहयोग मिल्यो ।’

    संसारमा २३ प्रजातिका गिद्ध पाईन्छन् । दक्षिण एशियामा नौ प्रजातिका छन् । नेपालमा हाडफोर, सेतो, डंगर, लामो ठू“डे, सानो खैरो, हिमाली, खैरो, राज र सुन गिद्ध गरी ९ प्रजातीका गिद्ध पाइन्छन् ।

    नौ मध्ये डंगर गिद्ध, सानो खैरो गिद्ध, सेतो गिद्ध, हिमाली गिद्ध र हाडफोर गिद्धले नेपालमै गु“ड बनाई बच्चा कोरल्छन् । राजगिद्ध हिउ“दे आगन्तुक हो । खैरो गिद्ध बटुवाको रुपमा आउ“छ  भने लामो ठू“डे गिद्ध कहिलेका“ही भौंतारिएर आउ“छ । यीनीहरु सबै अग्ला र ठूला रुख तथा चट्टानी पहराहरुमा ग“ुड बनाएर बस्छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, भदौ २१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.