×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

युवतीले नेपाल घुम्न बोलाएर अपहरण गरेपछि…

  •  
  • आइतबार, भदौ १९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाइल तस्बिर
    केशवशरण लामिछाने
    पोखरा: भारतीय सीमा सहर सुनौली जुगौलीका खुर्सिद अहमदलाई आफ्नो ठेगाना भन्न निकै सजिलो थियो । कसैले घर कहाँ भनेर सोध्दा उनी भन्न सक्थे, ‘जुगौलीको सबैभन्दा अग्लो र राम्रो घर जुन हो, त्यही मेरो हो ।’ सबैको आँखामा बसेको घरकै कारण आफ्नै छिमेकीको आँखी भएको छु भन्ने उनलाई कहिल्यै हेक्का भएन ।
    त्यो घर जहाँ उनी मस्तको निद्रा निदाउँथे र आरामको जिन्दगी बाँचिरहेका थिए । यस वर्ष त्यसैको कारण झन्डै उनको ज्यान गएन । उनको धनदौलत देखेर आरिस गर्ने छिमेकीको योजनामा बुनिएको प्रेमको नाटकमा परी अपहृत अहमद मुस्किलले बाँचेका छन् । भैरहवाकी एक युवतीसँग फोनैफोनमा चिनजान भएर उनी यसै साता घुम्न पोखरा आएका थिए । त्यतिखेर मात्रै उनी छाँगाबाट खसे जब उनलाई युवतीले आफ्नो घर हो भनेर लगेको ठाउँमै थुनिनुपर्‌यो ।
    भदौ १२ गते उनी लेखनाथ नगरपालिका-८ सिसुवामा अशोक अधिकारीको घरको एक कोठामा बन्धक बने । झ्यालबाट झरेर निस्कँदा चोरको बात लाग्यो र प्रहरीकहाँ पुर्‌याइए । प्रहरीले तलासी लिएपछि बल्ल खुल्यो, उनी त अपहरणमा परेका रहेछन् । यता उनी कोठामा थुनिएका थिए, उता उनका दाजुसँग एक करोड रुपैयाँ माग्दै फोन पुगिसकेको थियो । ‘नदिए मार्ने धम्की दिएका रहेछन्’, कास्की प्रहरी प्रवक्ता डीएसपी गजुसिद्धि बज्राचार्यले अन्नपूर्णसँग भने ।
    स्रोतका अनुसार भैरहवाबाट फोन गर्ने नेपाली युवतीले भेटघाट र घुमघामको बहानामा उनलाई पोखरा बोलाइन् । उनी पनि युवती भेट्ने लालसाले आए । ती युवतीलाई परिचालन गरेका उनकै छिमेकी र मधेसी मूलका नेपालीले लेखनाथमा अशोक अधिकारीको घरमा डेरा लिइसकेका थिए ।
    मार्बलको काम गर्ने भनेर परिचय दिएका उनीहरूले घरबेटीलाई पहिल्यै बैना पनि बुझाएका थिए । बैना बुझाएको भोलिपल्टै त्यो डेरामा लगेर अहमदलाई थुनिएको थियो । कास्की प्रहरीले अहमद अपहरणका योजनाकार उनका छिमेकी र नेपाली अरू युवालाई समातिसकेको छैन । अहमदलाई पोखरासम्म डाक्न प्रयोग भएको गाडीका चालक भने कास्की प्रहरीको फन्दामा परिसकेका छन् ।
    अपहरणमा संलग्न आरोपमा प्रहरीले भारतीय नागरिक साहाबुद्धिन कुसेरीलाई पक्रेको हो । उनको साथबाट प्रहरीले एक थान पेस्तोल पनि बरामद गरेको छ । खोजतलास गर्दा प्रहरीले त्यो डेराबाट मेड इन युएसए उल्लिखित पेस्तोल फेला पारेको हो ।
    डीएसपी बज्राचार्यका अनुसार स्थानीय अशोक अधिकारीको घरमा नेपालको मधेसी मूलका एक र अर्का भारतीय नागरिकले शुक्रबार डेरा लिएका थिए । ‘शुक्रबार डेरा लिए, शनिबार गएर बैना दिए, आइतबार मान्छे अपहरण गरेर लगी बन्धक बनाए’, डीएसपी बज्राचार्यले भने, ‘मार्बलको काम गर्ने मान्छे हौं भनेर डेरा लिएका रहेछन् ।’
    डीएसपी बज्राचार्यका अनुसार अपहरणकारीले एक महिनाअघिदेखि योजना बनाएका थिए । सोहीअनुसार अहमदलाई उनीहरुले पोखरा घुम्न र यतै कुराकानी गर्न बोलाएर अपहरण गरेको बज्राचार्यले बताए । भदौ ११ गते पोखरा आएका अहमद भोलिपल्टै बन्धक बनाइएका थिए र पर्सिपल्ट मुक्त भएका थिए ।
    प्रहरीले साहाबुद्धिन कुसेरीलाई थप अनुसन्धानका लागि थुनामा राख्न कास्की जिल्ला अदालतबाट १७ गते अनुमति लिइसकेको छ । उक्त घटनामा संलग्न नवलपरासी कावासोती-११ बस्ने वर्ष २१ का अरुण घलेलाई रूपन्देहीबाट पक्राउ गरी कास्की प्रहरीमा ल्याइसकिएको छ । अहपरणका मुख्य योजनाकारको खोजी गरिरहेको जानकारी पनि डीएसपी बज्राचार्यले दिए ।
    दुई वर्षअघि पनि पोखरामा घुम्न बोलाएर अपरहण गर्ने भारतीय नागरिक पक्राउ परेका थिए । भैरहवानजिकको भारतीय सीमा सहर नौतनहवाका अमृतपाल सिंह र गुरुदीपपाल सिंहलाई लेकसाइडको होटलमा बन्धक बनाएर अपरहणकारीले ५० लाख रुपैयाँ फिरौती मागेका थिए । अंग्रेजी नयाँ वर्षको मौकामा पोखरा घुम्न आएका उनीहरूलाई नौतनहवाकै राजेन्द्र कसोधन, महाजन गुप्ता र राजेश कसोधनले नेपाली युवाहरूसमेत अपहरण गरेका हुन् । त्यतिबेला होटललाई चारैतिरबाट घेरा हाली प्रहरीले अपहृतको उद्धारसँगै पीडकलाई पक्रेको थियो ।
    पोखरामा नयाँ वर्ष मनाएर गोरखाको मनकामना मन्दिर पुगेका सिंह दाजुभाइसहित ६ जनालाई रोहित सुनार, कमल पुनमगर र सुरज सेनको सहयोगमा अन्य भारतीयले अपहरण गरी सोही दिन साँझ पोखरा ल्याएका थिए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ १९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.