×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

त्यसपछि हामी ४ जना नेपालीलाई निर्घात पिट्यो…

  •  
  • शनिबार, भदौ १८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भाद्र १७, २०७३- तीन महिना गाडीको इन्जिन बिग्रिएको घटनालाई लिएर साउदी अरबमा गाडी मालिक र प्रहरी मिलेर चार जना नेपालीलाई निर्घात कुटपिट गरेका छन् ।

    साउदी अरबको दमामस्थित ‘हमाद जे अल अजमी जेनरल कन्ट्रयाक्टिङ’मा कार्यरत ती ड्राइभरहरुलाई मालिकले आफ्नो घर नजिकै प्रहरी बोलाई कुटपिट गरेका हुन् ।

    मालिकले नै उनीहरुलाई खाना समेत नदिई बन्धक बनाएर राखेका छन् । पीडितले आफूहरुलाई उद्धार गर्न नेपाली दूतावासलाई अनुरोध गरिसकेका छन् । पीडितको तर्फबाट परराष्ट्र मन्त्रालयमा समेत उद्धारको लागि निवेदन दिइएको छ ।

    पीडित मध्ये बुटवलका ४० वर्षीय हस्तलाल केसीले आफूहरुमाथि भएको अन्याय यसरी सुनाए ।

    ‘म साउदी अरबमा आएको २९ महिना हुँदैछ । हामी हाल १८ जना नेपाली कार्यरत छौं । कम्पनीले ड्राइभर र गाडी सहित विभिन्न कम्पनीमा सप्लाईमा पठाउने गरेको थियो । हामी दमामको मदिना भन्ने ठाँउमा काम गर्थ्यौं । बाँकी साथीहरु रियाद,  जिजान (यमनको बोर्डर)मा काम गर्छन् ।

    तीन महिनाको अघिको कुरा हो । इदको बेला गाडी पार्किङ गरेर क्याम्पमा आएका थियौं । हामीले पार्किङ गर्ने ठाँउमा डेढसय भन्दा बढी गाडी पार्किङ गरेर राख्ने गर्छौं । त्यहाँबाट ५०० सय मिटरको दुरीमा हामी बस्छौ । जहाँ ५ सयभन्दा बढी कामदार बस्ने गरेका थियौं । त्यस बेला सहकर्मी जयलाल यादवले चलाउने गाडीको इन्जिनमा कसैले चिनी हालिदिएछ । त्यसपछि गाडीको इन्जिन नै जल्यो । काम लागेन । कम्पनीले छानबिन गर्‍यो केही पत्ता लगाएन ।

    मेरो गएको जुलाई २५ तारिख नेपाल फर्किने समय थियो । नेपालीले छाडेर यही कम्पनीमा नफर्किने भएकोले मलाई पनि जना दिइरहेको थिएन । जानेहरुलाई ३५ सय रियाल धरौटी राखेर मात्रै पठाउँथे । गत हप्ता छानबिनको लागि भन्दै मदिनाबाट दमाम बोलायो । त्यसपछि हामीलाई दमामको हापुक सिटी नजिकै उदलिया भन्ने स्थानमा ल्याएर राख्यो । यो मालिक बस्ने घर नजिकै हो ।

    मालिकले हामी बसिरहेको ठाउँमा चिनेको प्रहरीलाई लिएर आयो । कोठामा मोरङका २८ वर्षीय हिक्मत श्रेष्ठ, पाल्पाका २८ वर्षीय नारयणमल्ल ठकुरी, प्युठानका २८ वर्षीय हिमाल मगर र एक पाकिस्तानी थियो । पाकिस्तानीलाई थोरै हिर्काएर साइड लगायो । मालिकले पाकिस्तानीलाई धेरै पिट्यो भने अरु पाकिस्तानीले बबाल गर्छ भन्दै थप पिटेन । त्यसलाई हामी चार जनालाई भने निर्घात पिट्यो । म सहित सबै साथीहरुको जिऊमा डामैडाम छ ।

    त्यसपछि हाम्रो लाइसेन्स, अकामा (परिचयपत्र), मेडिकल कार्ड सबै खोसेर लिएर गयो । मालिकले एक जनालाई जिम्मेवारी लिन भनेर सात दिनको समय दिएको छ । ५ दिन बितिसकेको छ । दुई दिन अब बाँकी छ । जिम्मेवारी नलिए फेरी प्रहरी बोलाएर ल्याउने र केही मुद्दा लगाएर जेल पठाउने धम्की दिएको छ । हामीले दमाममा रहेको दूतावासका प्रतिनिधि हरिप्रसाद घिमिरेलाई पनि आएर उद्धार गर्न भनेको छु । उहाँले मालिकसँग कुरा भइरहेको जनाउँदै हामीलाई राखेको ठाउँमै आउने भनिराख्नुभएको छ ।

    हामी चाहन्छौं कि हामी माथि थप कुटपिट नहोस् । सकुशल उद्धार भएर स्वदेश फिर्ने वातावरण बनोस् । बाँकी साथीहरु पनि नेपाल फिर्ता हुन चाहिरहेका छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, भदौ १८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.