भाद्र १६, २०७३- न्युजिल्यान्डमा नेपाली समय अनुसार १० बजेर २२ मिनेट जाँदा ७.१ रेक्टर स्केलको भूकम्प गएको बीबीसीले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु गिस्ब्रोनबाट १६९ किमि उत्तर-पूर्वमा समुद्रमा रहेको छ । भूकम्पपछि उत्तर-पूर्वी समुद्र किनारमा पर्ने वस्ती तथा टापुका बासिन्दालाई घर छाडेर सुरक्षित स्थानमा जान भनिएको छ ।
भूकम्पका कारण भएको क्षतिको विवरण प्राप्त हुने बाँकी नै भएको पनि बीबीसीले बताएको छ ।
BBC




















