×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

आजबाट कतारमा आममाफी प्रक्रिया सुरु

  •  
  • बिहिबार, भदौ १६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भाद्र १६, २०७३- कतार सरकारले १२ वर्षपछि गैरकानुनी हैसियत (खल्लीबल्ली) भएका कामदारलाई स्वदेश फिर्न दिएको आममाफी प्रक्रियामा सहभागी हुने क्रम बिहीबार स्थानीय समय अनुसार २ बजे (नेपालको ५ बजे) बाट सुरु भएको छ ।

    कतारस्थित नेपाली दूतावासले यो प्रक्रियामा सहभागी हुन सम्पूर्ण त्यस्ता कामदारलाई अनुरोध गरेको छ । दूतावासले कतारमा क्रियाशील संघसस्थालाई यो प्रक्रियामा सहभागी गराउन आफ्नो भूमिका खेल्न समेत आग्रह गरेको छ ।

    कतारको आन्तरिक मन्त्रालयका अनुसार बिहीबार (१, सेप्टेम्बर) बाट यो आममाफी आउँदो १ डिसेम्बरसम्म लागू हुनेछ । मन्त्रालयले आममाफी प्रक्रियामा सहभागी भएर जाने कामदारलाई वैध राहदानी, राहदानी नभएकालाई दूतावासद्वारा जारी ‘ट्राभल डकुमेन्ट’, मिति उल्लेख नभएको टिकट र आइडी (पतका) वा आइडीको फोटोकपी लिएर आउन अनुरोध गरेको छ ।

    ती कामदार आइतबारदेखि बिहीबारसम्म स्थानीय समय अनुसार दिउँसो २ बजेदेखि राति ८ बजेसम्म निवेदन लिनेछ ।  मन्त्रालयले सनैया-२ स्थित खोज तथा अनुसन्धान विभाग (नेपालीले सिआइडी भनेर चिन्छन्)मा गएर आवेदन दिन अनुरोध गरेको छ । उसले आवश्यक प्रक्रिया पुरा गरी तीन दिनभित्र कतारबाट निस्कन ‘एक्जिट परमिट’ दिने जनाएको छ । त्यसरी स्वदेश फिरेका कामदारले दुई वर्षअघि फेरि कतारमै रोजगारका लागि आउन पाउनेछन् ।

    यसरी हुन्छ काम
    खल्ली भएका कामदारहरु सिधैं खोज तथा अनुमगन विभागमा जान पाउछन् । आफ्नो भनाई राख्न असहज हुने कामदार सब्जी मार्केट नजिक रहेको नेपाली दूतावासमा गए सहज हुन्छ । दूतावासले ती कामदारलाई सहजीकरण गर्न छुट्टै डेस्कको व्यवस्था गरेको छ । कामदारको सबै विवरण बनाएर अरबी भाषामा एउटा पेपर बनाइदिन्छ । त्यो पेपर लिएर सिआइडीमा गए सजिलो हुन्छ ।

    राहदानी नभएका कामदारलाई सिआइडीले छानबिन गरेर स्वदेश पठाउने निश्चित भएपछि मात्रै ट्राभल डकुमेन्ट बनाउन दूतावासमा पठाउँछ । सिआइडीले लेखेको कागज दूतावासमा देखाएपछि दूतावासले ट्राभल डकुमेन्ट बनाइदिन्छ । त्यो डकुमेन्ट लिएर पुन सिआइडी गएपछि उसले हवाई टिकटको मिति निश्चित गर्न लगाउँछ । त्यसपछि स्वदेश फिर्ने टुंङ्गो लाग्छ । नेपाली दूतावासले खल्लीबल्ली कामदारलाई यो प्रक्रियामा सहभागी गराउन आवश्यक सहजीकरण गर्ने जनाएको छ ।

    बोक्नुपर्ने कागजात

    •     वैध राहदानी
    •     राहदानी हराएका वा कम्पनीले दिएको अवस्थामा दूतावासद्वारा जारी ट्राभल डकुमेन्ट बोक्ने
    •     आवेदन जारी गरेको तीन दिनपछि ‘ओपन टिकट’ वा आरक्षित टिकट बोक्ने । सकभर ओपन टिकट लिएर निवेदन दिँदा राम्रो हुन्छ ।
    •     आइडी कार्ड वा यसको फोटोकपी

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, भदौ १६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.