×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गृहमन्त्री निधि र एमाले उपाध्यक्ष रावलवीच चर्काचर्कीपछि तीन दलको बैठक निष्कर्ष विहीन

  •  
  • मङ्गलबार, भदौ १४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    प्रधानमन्त्री दाहालको निमन्त्रणामा मंगलबार बिहान भइरहेको प्रमुख ३ दलको बैठक।
    दुर्गा खनाल

    भाद्र १४, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्धारण र संविधान संशोधनका सम्बन्धमा छलफलका लागि बोलाएको तीन दलको बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र एमाले उपाध्यक्ष भीम रावलबीच चर्काचर्की भएपछि विना निष्कर्ष टुङ्गिएको छ ।

    दुई जनाबीच संविधान संशोधनका विषयमा विदेशीसंग छलफल गरेको विषयलाई लिएर चर्काचर्की भएको हो । नयाँ सरकार बनेपछि एमालेले सत्तारुढ दलका नेताहरुसंग छलफल गरेको यो पहिलो पटक हो ।

    ‘संविधान संशोधनको विषयमा कुरा उठेपछि मैले आन्तरिक मामिलामा विदेशीसंग पहिले छलफल गर्नु उपयुक्त थिएन भनेर कुरा उठाएको हुँ’ रावलले कान्तिपुरसंग भने, ‘यसमा निधिजीले जावफ दिनु भएको हो, त्यही क्रममा सवालजवाफ भएको हो, त्यस्तो नराम्रो केही होइन ।’

    रावलका अनुसार आफ्नो प्रश्नमा हालै प्रधानमन्त्रीको दूतको रुपमा भारत भ्रमण गरेका निधिले सरकारले गर्न लागेको विषयमा अरुलाई पनि जानकारी दिन सकिने उल्लेख गर्दै विगतमा संविधान निर्माणका क्रममा कति दलले विदेशबाट संविधानको मस्यौदा नै ल्याएको, कति पार्टी, संस्था र व्यक्तिले संविधान बनाउने भनेर ‘फण्डिङ’ ल्याएको बताएका थिए ।

    ‘यसमा मैले कुन पार्टी, कुन संस्था र कुन व्यक्तिले संविधानको मस्यौदा र  फण्डिल ल्याएको प्रमाणसहित सार्वजनिक गर्न भनेको हुँ’ रावलले भने । रावल र निधिबिचको सवालजवाफ चर्काचर्कीमा वदलिन थालेपछि प्रधानमन्त्री दाहालले हस्ताक्षेप गरेको बताइएको छ ।

    रावलका अनुसार सुरुमा प्रधानमन्त्री दाहालले स्थानीय निकायको निर्धारण र संविधान संशोधनमा सबै जना मिलेर जानु आवश्यक हुने भन्दै संवादको सुरुवात गरेका थिए । एमालेका नेताहरुले भने यसअघि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले स्थानीय निकाय निर्धारण आयोगलाई दिएको मापदण्ड फेर्न खोजेको हो की भन्ने आशंका व्यक्त गरेका थिए । साथै आयोगलाई काम गर्न दिनु पर्ने अडान राखेका थिए ।

    संविधान संशोधनको सम्बन्धमा पनि किन, कस्कालागि र के संशोधन गर्ने हो त्यो स्पष्ट हुनुपर्ने एमाले नेताहरुको भनाई थियो । त्यसैगरी सत्तारुढ दलको तर्फबाट आर्थिक विधेयकहरु निर्माण तथा पारितका लागि पूर्व अर्थमन्त्रीसमेत रहेको समिति बनाउने प्रस्ताव गरेको थियो । त्यसको जवाफमा एमाले नेताहरुले यअघि सरकार निर्माणको क्रममा ति विधेयकहरु संसदमा अस्वीकृत गरिएकाले पहिला त्यसको जवाफ दिनुपर्ने, गल्ती भएको महशुस भएको होभने गल्ती भयो भनेर स्वीकार गर्नुपर्ने अन्यथा आफ्नो पार्टीको तर्फबाट कोही पनि समितिमा नबस्ने बताएका थिए ।

    बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष तथा प्रधानमन्त्री दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ र उपप्रधान एवं अर्थ मन्त्री कृष्णबहादुर महरा, कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु रामशरण महत, पूर्णबहादुर खड्का, उपप्रधान एवं गृह मन्त्री निधि र सहरी विकास मन्त्री अर्जुननरसिंह केसी सहभागी थिएभने एमालेका कार्यवाहक अध्यक्ष वामदेव गौतम, उपाध्यक्ष रावल, महासचिव इश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदीप ज्ञवाली सहभागी थिए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, भदौ १४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.