×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

इटालीमा गएकाे शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेकाे स‌ंख्या २४७ पुग्याे

  •  
  • बिहिबार, भदौ ०९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भाद्र ८, २०७३- इटालीको मध्यक्षेत्रमा ६ दशमलव २ रेक्टर स्केलको भूकम्प जाँदा बुधबार कम्तीमा २४७ जना मारिएका छन् । उद्धारकर्ताहरूले खोजी गरिरहँदा दर्जनौ मानिस हराइरहेको सूचना प्राप्त भएको छ ।

    केन्द्रविन्दु एक्युमोली वरपर धेरैजना मारिएका हुन् । उक्त क्षेत्र लगभग भग्नावेशषमा परिणत भएको छ । त्यहाँको पेस्कारा डेल ट्रोन्टो पुरै ध्वस्त छ । त्यहाँ मृतक संख्या बढ्न सक्ने अनुमान छ । स्थानीय समय बिहान साढे ३ बजे भूकम्प गएको थियो । केन्द्रविन्दु राजधानी रोमबाट सय किलोमिटर दूरीमा पर्छ ।

    भूकम्प १० किमिको सानो गहिराइमा गएको हो । यसअघि सन् २००९ मा यस्तै खालको भूकम्प जाँदा ३ सय ९ जना मारिएका थए । भूकम्पको धक्का राजधानी रोममा करिब २० सेकेन्ड महसुस गरिएको थियो । मुख्य धक्कापछि लगातार ८० पटक परकम्पन गइसकेको छ ।

    अधिकारीहरूले क्षति र हताहतीको खबर आउनै बाँकी रहेको बताएका छन् । अति प्रभावित अरक्वाटा डेल ट्रोन्टो गाउँका मेयर एलियान्द्रो पेट्रोसीले भने, ‘अब गाउँमा कुनै कुरा सग्ला छैनन् ।’

    अधिकारीहरूका अनुसार केन्द्रविन्दु नजिकको एमाट्रिस भन्ने ठाउँमा कम्तीमा १७ जना मारिएका छन् । ‘हाम्रो गाउँका बाटाघाटा भत्किएका छन् । मानिसहरू पुरिएका छन् । लगत्तै ठूलो पहिरो गयो । एउटा पुल भाँचिन सक्छ,’ मेयर सर्गेई पिरोजीले भने । एक्युमोलीमा चार जनाको सिंगो परिवारै भग्नावशेषमा पुरिएका ठानिएको छ । एक्युमोली पर्यटकीय गाउँ हो । त्यहाँ करिब २ हजार ५ सय पर्यटक अलपत्र परेका छन् ।

    इटालियाली राष्ट्रपति सर्जियो माटारेलाले यो विपत्ति ठूलो शोकको क्षण भएकाले सबैले मिलेर उत्तरदायित्व निर्वाह गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री माटियो रेन्जीले रातारात प्रभावित स्थलमा पुगेर खाली हात उद्धारमा जुट्ने स्वयंसेवक र सुरक्षाकर्मीको प्रशंसा गरेका छन् ।

    म्यानमारमा पनि ६.८को धक्का
    मध्य म्यानमारमा ६.८ म्याग्निच्युडको भूकम्पमा परी पाकोक्कु नगरमा एक जनाको ज्यान गएको छ । बगन नगरको पुरातत्त्व विभागका एक प्रवक्ताका अनुसार भूकम्पका कारण त्यहाँका ६० भन्दा बढी बौद्ध चैत्यहरूमा क्षति पुगेको छ । राजधानी न्यापिडमा पनि संसद् भवनमा क्षति पुगेको छ । भूकम्पको झटका छिमेकी थाइल्यान्ड, बंगलादेश र भारतमा समेत महसुस गरिएका विवरणहरू प्राप्त भएका छन् ।

    भूकम्पको केन्द्रविन्दु चौकदेखि २५ किलोमिटर पश्चिममा करिब ८४ किलोमिटर गहिराइमा रहेको यूएस जियोलिजिकल सर्भेले जनाएको छ । भूकम्पका बेला म्यान्मारको सबैभन्दा ठूलो सहर यांगुन र थाइल्यान्डको राजधानी बैंककका भवनहरूसमेत हल्लिएका थिए । धक्का बंगलादेश र भारतका गुवाहाटी, राँची र पटनामा समेत महसुस गरिएको थियो । भूकम्पपछि भारतको कोलकातामा भूमिगत रेल सेवा केहीबेर स्थगित गरिएको थियो । बंगलादेशको ढाकामा भूकम्पका बेला भाग्ने क्रममा करिब २० जना घाइते भएका छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, भदौ ०९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.