भदौ ९ – इटालीमा भूकम्पमा परि ज्यान जानेको संख्या एक सय ५९ पुगेको छ । बुधबार बिहान भएको ६ दशमलव २ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण तीन सय ६८ जना घाइते भएको इटालीको नागरिक सुरक्षा अधिकारीले बताएका छन् । राजधानी रोमबाट एक सय किलोमिटर उत्तर–पूर्वमा रहेको पेरुगिए शहर केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
भूकम्पका कारण मध्य इटालीको पहाडी क्षेत्र बढी प्रभावित भएको छ । ऐतिहासिक शहर एमाट्रिसेमा सबै भन्दा बढी क्षति भएको छ । त्यहाँ कम्तिमा ८६ जनाको ज्यान गएको छ ।
एमाट्रिसेमाका झण्डै ७५ प्रतिशत भवन ध्वस्त भएको त्यहाँका मेयरले बताएका छन् । अझै पनि धेरै मानिस भत्किएका भवनको भग्नावशेषमा पुरिएको आशंका छ ।
खोजी तथा उद्धार र राहत वितरणको काम भइरहेको सरकारी अधिकारीले बताएका छन् । राजभरी पनि भूकम्पमा परि बाँचेका खोजी तथा उद्धारको काम गरिएको छ ।पेशकारा डेल ट्रोन्टो गाउँमा भत्नावशेषमा पुरिएका ८ वर्षकी बालिकाको १७ घण्टापछि जिवितै उद्धार गरिएको छ । भूकम्पपछि धेरै परकम्प आएका छन् ।
ज्यान जानेको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारले बताएका छन् । इटालीमा सन् २००९ मा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प जाँदा तीन सय जनाको ज्यान गएको थियो ।
इटाली भूकम्प : १५९ जनाको मृत्यु, ऐतिहासिक शहर लगभग ध्वस्त
इटाली भूकम्प : १५९ जनाको मृत्यु, ऐतिहासिक शहर लगभग ध्वस्त
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















