×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

१२ बर्षपछि कतारले आममाफी खोल्यो

  •  
  • बिहिबार, भदौ ०९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    होम कार्की, काठमाडौं
    खल्लीबल्ली कामदार : कतारको जमेलियामा गैरकानुनी हैसियतमा लुकेर काम गर्दै आएका नेपाली कामदार । उनीहरु खेतीपातीको काम गर्छन् । त्यस्ता कामदारको दायित्व मालिकले लिनु नपर्ने भएकोले काममा लगाउने कम्पनी वा मालिकले फाइदा लिने गरेको छ । तस्वीर : होम कार्की/कान्तिपुर

    भाद्र ९, २०७३- कतार सरकारले कम्पनी छाडेर भागेर काम गर्दै आएका आप्रबासी कामदारको लागि आममाफी खोलेको छ । यस्ता कामदारहरु अब बिनासजाय आफ्नो देश जान पाउने भएका छन् ।

    कतारको आन्तरिक मन्त्रालयले बुधबार सूचना जारी गर्दै गैरकानुनी ढंगले कतारमा बस्दै आएका आप्रबासीहरु कामदारलाई स्वदेश फिर्ने बाताबरण बनाएको जनाएको छ । यो १२ बर्षपछि खुलेको हो । आममाफी आउदो सेप्टेम्बर १ देखि डिसेम्बर १ सम्म लागू हुनेछ ।

    कतारमा गैरकानुनीरुपमा बसेर काम गर्दै आएका नेपालीसहित आप्रबासी कामदार आफमाफीको प्रतिक्षामा बसिरहेका थिए । एसियाली देशका दूताबासहरुले कतार सरकारलाई आममाफी दिनको लागि सुझाब दिंदै आएका थिए ।

    कतार सरकारले  सन् २००९ को कानुन नं ४ को प्रबेश, गमन, आबासीय र स्पोन्सरसीप सम्बन्धी कानुन उलंघन गरेर बस्ने आप्रबासी कामदारको हकमा आममाफी आकर्षित हुने जनाएको छ । आममाफीमा स्वदेश फर्कनेलाई कामदारलाई दुई बर्षपछि कतारमा काम गर्न आउन पाउने ब्यबस्था गरेको आन्तरिक मन्त्रालयले जनाएको छ ।

    ‘आममाफीको खबरलाई म निकै खुसी छु । म यसकैको प्रतिक्षामा थिएँ’, झन्डै १६ बर्षदेखि घर नफिरेका रुपन्देहीका यमनाथ चापागाईँले भने,‘म कतारमै काम गर्न चाहन्थें । त्यतिकै घर फिरे यहाँ आउन पाउने अबस्था थिएन ।’

    आन्तरिक मन्त्रालयले आममाफीको सुबिधा लिएर घर फिर्न चाहनेलाई कतारको सल्वारोडस्थित खोज तथा अनुगमन बिभाग (सर्च एण्ड फलोअप डिर्पाटमेन्ट, जसलाई नेपालीले सिआइडी भनेर चिन्ने गर्छन) मा सम्पर्क गर्न भनेको छ । यो बिभागमा कम्पनीले एक्जिट पेपर (खु्रज पेपर) नदिएर स्वदेश फिर्न नपाएकाहरुलाई सहजीकरण गरिदिन पुग्ने गरेको छ । मन्त्रालयका अनुसार दैनिक दुई सय भन्दा बढी कामदार पुग्ने गरेका छन् ।

    कतारमा झन्डै चार लाख नेपाली कार्यरत रहेकोमा करिब ३ लाख ७५ हजार जना नेपालीले आबासीय अनुमति लिएर बसेका छन् । गैरकानुनी कामदाकारे संख्या एकिन नभए करिब १५ देखि २० हजार नेपाली रहेको अनुमान गरिएको छ ।

    नेपाली दुताबासका अनुसार त्यस हैसियतमा भएकाहरु स्वदेश फिर्नका लागि दैनिक २० देखि ३० जना सहजीकरणको लागि दुताबास आउने गरेक छन् ।

    नेपालमा म्यानपावर कम्पनीसँग गरेको सम्झौताअनुसार कम्पनी, तबल, काम र सेवासुबिधा नभएपछि नेपालीहरु गैरकानुनी भएर बाहिर काम गर्ने गरेका छन् । त्यस्ता कामदारहरु बिशेष गरी प्रहरीबाट बच्नको लागि भरुभुमिमा भेडा चराउने, खेतीपातीको काम गर्ने र बिभिन्न कम्पनीमा गएर लुकेर काम गर्ने गरेका छन् । ‘म यतिखेर उँट चराउने काम गरिरहेको छु । कम्पनीले नियममित तलब दिएको भए भागेर यस्तो कठिन जीबन जीउनपर्ने अबस्था थिएन’, सिन्धुलीका श्याम परियारले कान्तिपुरलाई भने ।

    कतार सरकारले यसअघि सन् २००४ मा  मार्च २१ देखि जुन २० सम्मको लागि आममाफी दिएको थियो । त्यस बेला समयअबधी थप गरिएको थिएन । त्यस बेला ६ हजार गैरकानुनी हैसियत भएका आप्रबासी कामदार स्वदेश फर्किएका थिए । त्यस बेला कतारमा ६ लाख ५० हजार जनंसख्या थियो । अहिले कतारको जनसंख्या करिब २५ लाख पुगिसकेको छ । लामो समयमा आममाफी खुलेकोले धेरै गैरकानुनी कामदारले यस अभियानमा सहभागी हुने अपेक्षा गरिएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, भदौ ०९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.