×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

लेबनानमा फेरि नेपाली कामदार प्रतिबन्ध, अवैतनिक दूत खारेज

  •  
  • मङ्गलबार, भदौ ०७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गतबर्ष लेवनानबाट रेस्क्यु गरेर ल्याउँदै गरेको अवस्थामा नेपाली महिला । फाइल फोटो ।

    लेबनानमा १० हजारमध्ये ९ हजार महिला कामदार छन्

    – देवेन्द्र भट्टराई, काठमाडौं

    भाद्र ६, २०७३- वैदेशिक रोजगारीमा जान चाहने घरेलु कामदारका लागि तय गरेको कार्यविधी र निर्देशिकप्रति असहमति जनाउँदै लेबनानले नेपाली कामदार लिन प्रतिबन्ध लगाएको छ ।

    श्रम मन्त्रालयले घरेलु कामदारका लागि ‘अनिवार्य शर्त’का रुपमा अघि सारेको कार्यविधी आफ्नो मुलुकको श्रम कानूनका बिपरित रहेको भन्दै लेबनान सरकारले नेपाली कामदारलाई श्रम अनुमति दिन नसकिने जनाएको हो । लेबनानको श्रम मन्त्रालयले आफ्नो वेवसाइटमा शुक्रबार मात्रै यो सूचना राख्दै ‘अर्को व्यवस्था नहोइन्जेल कामदार अनुमति नदिइने’ जानकारी गराएको हो । यो सूचनाबारे लेबनान मामला हेर्ने इजिप्टस्थित नेपाली नियोगले परराष्ट्र मन्त्रालयलाई आइतबार जानकारी गराइसकेको छ । लेबनानमा झण्डै १० हजार नेपाली कामदार रहेकोमा ९ हजार महिला कामदार छन् ।

    सरकारले तय गरेको कार्यविधीमा कामदार मगाउने एजेन्सीले दश हजार डलर एकमुष्ट धरौटी राख्नु पर्ने  र कामदार ल्याउँद जनही १ हजार डलर थप धरौटी राख्नुपर्ने, बिमा सुरक्षा तथा अन्य सेवा–सुविधाका हकमा करार सुविधाको शर्तमा उल्लेख गर्नुपर्नेलगायतका नियम तय गरिएको छ । नेपाल सरकारले लेबनानसँग श्रम सम्झौता गर्ने बहानामा पटकपटक प्रतिबन्ध लगाउादै र खोल्दै आएको छ ।

    ‘घरेलु कामदारको हकहितमा इजराइल, हङकङजस्ता मुलुकलाई केही प्राथमिकतामा राखिएपनि लेबनानका बारेमा श्रम मन्त्रालयले आफूखुशी निर्णयहरु गर्ने गरेको छ,’परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने—‘कुनै प्रकृया र कारणबिनै कहिले श्रम अनुमति दिने र कहिले बन्द गर्ने स्थितिले बढी अन्यौल उब्जिएको हो ।’

    लेबनानमा रहेका नेपालीको कानूनी र कागजी काम गर्न नेपाल सरकारले नियुक्त गरेका अवैतनिक दूत जोए इसा अल–खौरीलाई गत मे २४ देखि पदमुक्त गरिएपछि बेरुतमा रहेको सम्पर्क कार्यालय पनि बन्द गरिएको छ । बिगत ३४ बर्षयता अवैतनिक दूत रहेका ८१ बर्षिय अल–खौरी उमेर तथा आफ्नै कार्यव्यस्तताका कारण निष्क्रिय बन्दै गएपछि लेबनान मामला हेर्ने इजिप्टस्थित नियोगको सिफारिशमा पदमुक्त गरिएको हो । दूतलाई हटाइएको भएपनि दूतको कार्यालय, कुटनीतिक सेवाको गाडी तथा कार्यालय प्रयोजनमा उपलब्ध नेपालको भिसा/कागजात भने फिर्ता भैनसकेको बेरुतस्थित गैरआवासीय नेपाली संघका एक प्रतिनिधिले बताए । लेबनानमा कागजातहीन अवस्थामा रहेका अथवा भगौडा हैसियतमा रहेका नेपाली युवतीलाई घर फर्कनु पर्दा तत्काल कारितास, आइओमजस्ता संस्थाले आश्रयस्थल तथा अन्य परामर्शको सहयोग दिने गरेकोमा नेपाली कामदारमाथि प्रतिबन्ध लगाइएपछि थप अन्यौल छाएको ती प्रतिनिधिले बताए ।

    लेबनानमा रहेकामध्ये बिचल्ली अवस्थामा रहेका र घरफिर्तीका लागि आश्रय लिइरहेका झण्डै २ सय युवतीलाई गत दुई बर्षमा नेपाल फर्काइएको थियो । अहिले पनि १ सय जति नेपाली युवती घरफिर्तीका लागि प्रतीक्षारत छन् ।
    यसअघि, कामदार हकहितमा सुरक्षित प्रकृया अपनाउने मुलुकका रुपमा चिनिएको फिलिपिन्सले समझदारी पत्रमा हस्ताक्षर(एमओयु) नगरी आफ्ना कामदार लेबनान नपठाउने भन्दै आफैं श्रम अनुमतीमा रोक्का गरेको थियो । श्रीलंका र इथियोपियाले पनि श्रम सम्झौता नगरी कामदार पठाउन नसकिने भन्दै लेबनानका लागि आफैं श्रम अनुमती रोक्का गरेका छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, भदौ ०७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.