×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोर्खाल्याण्ड आन्दोलन पुनः ब्युँतिने खतरा

  •  
  • मङ्गलबार, भदौ ०७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाइल फोटो: विगतको गोर्खाल्याण्ड आन्दोलनमा सहभागीहरु ।

     उमाकान्त खनाल/तोयानाथ भट्टराई

    दार्जिलिङ: भारत पश्चिम बंगालको दार्जिलिङमा पुनः गोर्खाल्याण्ड आन्दोलन चर्किने सम्भावना बढेको छ।

    गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिष्ट्रेसनको नेतृत्व गरिरहेको दल गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले गोर्खाल्याण्ड आन्दोलनका लागि तयार रहन सर्वसाधारणलाई आह्वान गरेपछि दार्जीलिङमा पुनः गोर्खाल्याण्ड आन्दोलन चर्किने सम्भावना बढेर गएको हो।

    गुरुङले ‘ब्याक टु एजिटेसन’ भन्दै दार्जिलिङका नेपाली भाषी गोर्खालीहरुलाई आन्दोलनमा उत्रनका लागि तयार रहन आग्रह गरेका छन्। गत असोजमा भारतका प्रधान मन्त्री नरेन्द्र मोदीले गोर्खाल्याण्ड मुद्दालाई सहानुभूतिपूर्वक हेर्ने आश्वासन पाएपछि स्वायत्त राज्य गोर्खाल्याण्डको माग गर्दै दुई महिनादेखि जारी पदयात्रा रोकेर चुपचाप बसेको थियो।

    तर, गोर्खा जनमुक्ति मोर्चाका अध्यक्षले अन्दोलनका लागि तयार हुन आव्हान गरेपछि दार्जिलिङमा हलचल नै मच्चिएको छ। लडाई दिल्लीसँग मात्र हो भन्दै गत वर्ष असोज १५ बाट गोर्खाल्याण्ड जनजागरण पदयात्र थालेको गोर्खा जनमुक्ति मोर्चाले प्रधानमन्त्री नरेन्द्र मोदीसंगको भेटपछि धर्ना र पदयात्रा स्थगन गर्ने निर्णय गरेको थियो।

    सहानुभूतिको आश्वासन पाएको मोर्चालाई पश्चिम बंगाल राज्य सरकारले जातीय रुपमा विभाजन गर्ने र गोर्खा टेरिटोरियल एडमिनिष्ट्रेसन (जिटिए)को अधिकार क्षेत्र मिच्ने काम भएको भन्दै गुरुङले डेढ महिनाभित्र जिटिए छोडेर आन्दोलनमा जाने बताएपछि गोर्खाल्याण्ड आन्दोलन सुरु हुन लागेको त्यहाँका सर्वसाधारणले बताएका छन्।

    आइतबार दार्जिलिङमा भएको एउटा कार्यक्रममा गोजमुमोका अध्यक्ष गुरुङले पश्चिम बंगाल राज्य सरकारकी मुख्यमन्त्री ममता बेनर्जीलाई भारतको केन्द्र सरकारलाई नटेर्ने ‘अटेरी’ मुख्य मन्त्रीको संज्ञा दिए। उनले भने, ‘म महाकाल बाबाको कसम खाएर पुनः गोर्खाल्याण्ड आन्दोलनका लागि उत्रिएको छु। तपाईंहरु तयार भएर बस्नुहोस्।’

    आफ्नो दलको सर्मथनबाट दार्जिलिङबाट लोकसभा सांसद बनेका भाजपा नेता एसएस आहलुवालियालाई पनि गोर्खाल्याण्डको राज्य दिने सर्तमा उनलाई दार्जीलिङका जनताले भोट दिएर सांसद बनाएको उनले बताए। उनले नेपालमा रहेका भुटानी शरणार्थी जस्तो हालत दार्जिलिङका नेपाली भाषीहरुलाई बनाउने षड्यन्त्रमा राज्य लागेको आरोप लगाए।

    एक वर्ष अघि दार्जिलिङका नेपालीहरुले भारतको इतिहासमै लामो पदयात्रा तय गरेर भारत सरकारलाई नै नैतिक दवाव दिएका थिए। सन् १९०७ देखि आजसम्म आश्वासन मात्र पाएको त्यहाँका नेपाली भाषी गोर्खालीको भनाइ छ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, भदौ ०७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.