×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

फेसबुकमा कमेन्ट गरेको भरमै देश निकाला !

  •  
  • सोमबार, भदौ ०६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भाद्र ५, २०७३- कतार सरकारले गोरखाका ३२ वर्षीय दीपक लामिछानेलाई डिपोर्ट (देश निकाला) गर्ने तयारी गरेको छ । देश निकालाको लागि कतार सरकारले लामिछानेलाई लागि पक्राउ गरिसकेको छ । उनलाई घरफिर्ती केन्द्र (डिपोर्टटेशन सेन्टर) मा राखिएको छ ।

    अष्ट्रेलियामा कार्यरत गैरआवासीय नेपाली संघको पूर्व अन्तर्राष्ट्रिय सदस्य दीपा राईले लामिछाने विरुद्ध दिएको उजुरी उपर छानबिन गरी कतार सरकारले आफ्नो देशमा रोजगार गर्न नपाउने गरी लामिछानेलाई डिपोर्ट गर्न लागेको हो । राई विदेशमा कार्यरत नेपालीको हितको लागि काम गर्ने एनआरएनको बैदेशिक रोजगार तथा आप्रवासन कल्याण समितिमा अष्ट्रेलियाबाट प्रतिनिधित्व गर्छन् ।

    लामिछानेलाई गत मंगलबारमा पक्राउ गरि घर फिर्ती केन्द्र (डिपोर्टटेशन सेन्टर) मा राखिएको छ । त्यसअघि पनि उनलाई कतारको खोज तथा अनुसन्धान केन्द्र (एसएफडी)ले पक्राउ गरिसकेको थियो । उनलाई एक जना नेपाली कामदारले आफू जमानतमा बसेर आफ्नो राहदानी केन्द्रमा बुझाएपछि सेन्टरबाट बाहिर निकालेका थिए।

    अष्ट्रेलियाको स्थायी बसोबासको अनुमति पाएकी राईले ‘लामिछानेले आफ्नो फेसबुक स्ट्याटसमाथि गालीगलौज गरेर कमेन्ट पोष्ट गरेको र कतारमा बसेर राजनीति गरेको’ भन्दै उजुरी गरेकी थिइन् । गत जुनको अन्तिम सातामा अष्ट्रेलिया भ्रमणमा जान लागेका नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध राईले आफ्नो फेसबुकमा स्टाट्स पोष्ट गरेकी थिइन् । त्यसउपर लामिछानेले प्रचण्डको बचाउ गर्दै राईको आलोचना गरेका थिए ।

    ११ वर्षदेखि कतारको एक कम्पनीमा प्रशासकीय विभागमा काम गर्दै आएका लामिछानेलाई डिपोर्ट नगर्न नेपाल सरकारले कतारलाई आग्रह गरेको छ ।

    कतारस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयका अधिकारीहरुलाई भेटेर एउटा सामान्य कामदारलाई डिपोर्ट नगर्न अनुरोध गरेको हो । ‘हामी नेपाली नगरिकको हितको लागि गर्नुपर्ने सबै पहल गरेका छौं,’ कतारका लागि कार्यबाहक राजदूत मणिरत्न शर्माले भने,‘दूतावासले आवश्यक समन्वय काम भइरहेको छ ।’

    कतारी प्रहरीले उनलाई स्वदेश पठाउन बिहीबार नै फिङ्गरीङ’ (औंला र हत्केलाको छाप) गरिसकेको छ । प्रहरीको आग्रहमा कम्पनीले शनिबारको हवाई टिकट समेत दिइसकेको थियो । दूतावासले आग्रह गरेपछि लामिछानेलाई तत्काल पठाउने काम रोकिएको छ ।

    लामिछानेले आफूबाट कतारको नियम कानुन उंलघन हुने कार्य नगरेको भन्दै कतारमै रहेर काम गर्न पाउनुपर्ने बयान दिएका छन् ।

    ekantipur

     

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, भदौ ०६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.